शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

कोरोना संक्रमणबाट सिन्धुलीमा तीनजनाको मृत्यु

बुधवार , आषाढ २३, २०७८

सिन्धुली – सिन्धुलीमा मंगलवार ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । उनीहरुको कोभिड अस्पताल सिन्धुलीमा उपचारका क्रममा मृत्यु भएको हो ।

मृतकहरु मरिण गाउँपालिका ६ र ७ नम्बर वार्डका क्रमश ७० र ८२ बर्षका पुरुष छन । यस्तै दुधौली नगर ३ का ५५ बर्षकी महिलाको पनि कोरोना संक्रमणकै कारण मृत्यु भएको छ ।

योसँगै मृत्यु हुनेको संख्या सिन्धुलीभित्र ३७ पुगेको जनस्वास्थ्य कार्यालय सिन्धुलीले जनाएको छ । ती मृतकहरुमा १५ महिला र २२ पुरुष छन ।

सिन्धुलीमा संक्रमित थपिए

सिन्धुली – सिन्धुलीमा मंगलबार एकै दिन ६२ जनामा कोरोना पोजेटिभ देखिएको छ ।

२ सय १५ जनाको पिसिआर तथा एन्टिजेण्ट मार्फत परिक्षण गर्दा २८ महिला र ३४ पुरुष गरि ६२ जनामा कोरोना पोजेटिभ देखिएको हो । यो संगै सिन्धुलीमा कोरोना भाईरसको दोस्रो लहर सुरुभए पश्चात कोरोना संक्रमित हुनेको संख्या २ हजार ३ सय २४ पुगेको स्वास्थ्य कार्यलय सिन्धुलीले जनाएको छ । अहिलेसम्म पिसिआर बिधिमाफत परिक्षण गरिएको मध्ये १ हजार ७ सय ५६ र एन्टिजेण्ट मार्फत परिक्षण गरिएको मध्ये ५ सय ६८ जनामा संक्रमण पुष्टि भएको छ ।

जिल्लामा अहिले सक्रिय कोरोना संक्रमितको संख्या ४ सय ८६ रहेको छ । मंगलबार १९ जना संस्थागत आइसोलेसनमा उपचाररथ छन भने ४ सय ६७ जना होम आइसोलेसनमा रहेका छन ।

सिन्धुलीमा हालसम्म ३ हजार ४ सय ९९ जनाको पिसिआर बिधि मार्फत कोरोना परिक्षण गरिएको छ भने २ हजार ८२ जनाको एन्टिजेन्ट मार्फत कोरोना परिक्षण गरिएको स्वास्थ्य कार्यलय सिन्धुलीले जनाएको छ ।

जिल्लामा अहिलेसम्म १ हजार ८ सय १ जना कोरोना संक्रमण भइसकेका छन भने ४० जनाको संक्रमणको कारण ज्यान गएको छ ।

प्रतिक्रिया