शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

नेपाली काँग्रेस सिन्धुली क्षेत्र नं. १ कोे अधिवेशनको तालिका सार्वजनिक

सोमवार , आषाढ १४, २०७८

सिन्धुली,– सिन्धुली जिल्लामा नेपाली काँग्रेस निर्बाचन क्षेत्र नं. १ ले पार्टीको आसन्न १४ औं महाधिवेशनलाई लक्षित गर्दै उक्त क्षेत्रको अधिवेशनको तालिका सार्बजनिक गरेको छ ।

नेपाली काँग्रेस निर्बाचन क्षेत्र नं. १ को सम्पन्न क्षेत्रीय समितिको बैठकले वडा, गाउँ/नगर, प्रदेशसभा क्षेत्र, सङघिय क्षेत्र र जिल्ला अधिवेशनको कार्यतालिका सार्वजनिक गरेको हो ।

त्यसो त सिन्धुली जिल्लामा दुई वटा संघिय निर्बाचन क्षेत्र, चार वटा प्रदेश निर्बाचन क्षेत्र, नौँ वटा स्थानीय तह र ७९ वटा वडा रहेका छन् । क्षेत्र नं. १ को क्षेत्रिय समितिका सभापति कर्ण थापामगरका अनुसार आगामी साउन १२ गते वडाबाट अधिवेशन सुरु हुने छ ।

गाउ“पालिका र नगरपालिकाको अधिवेशन साउन १६ गते, प्रदेससभाको अधिवेशन २० गते गोलन्जोरको ग्वाल्टार र दुधौलीको डकाहामा र प्रतिनिधिसभा क्षेत्रिय अधिवेशन साउन २३ गते कमलामाई नगरपालिका–९ को भिमानमा सम्पन्न हुने सभापति थापामगरले जानकारी दिनुभयो ।

केन्द्रकै तालिकाअनुसार साउन २६ गते जिल्ला अधिवेशन सम्पन्न हुने काँग्रेस सिन्धुलीका सभापति उज्ज्वल बरालले बताउनुभयो । सभापति बरालका अनुसार हालसम्म सङघिय निर्बाचन क्षेत्र नं १ मा चार हजार ९७६ क्रियाशिल सदस्यता इन्ट्रि भएको छ । सङघिय निर्बाचन क्षेत्र नं. २ मा भने पा“च हजारको हाराहारीमा क्रियाशिल सदस्य रहेका छन् ।

गएको अधिवेशनमा सिन्धुली जिल्लामा पाच हजार तीन सय क्रियाशिल सदस्यहरु रहेको उक्त पार्टीले जनाएको छ ।

प्रतिक्रिया