सिन्धुली, ९ जेष्ठ - अस्पतालमा उ पचारको क्रममा सर्लाही कि कल्पना राउतको कोरोना सं क्रमण बाट मृ त्यु भएको छ ।
शनिवार साँझ उपचारको क्रममा २७ वर्षकी कल्पनाको सिन्धुली अस्पतालको आ इसोलेसन वार्डमा मृ त्यु भएको सिन्धुली अस्पतालका प्रवक्ता डा. सागर देवकोटा ले जानकारी दिए।
डा. देवकोटा का अनुसार राउत मु र्छा पर्ने र बे होस हुने भन्दै परिवारले उपचारको लागि सर्लाहीमा बेड नपाए पछि सिन्धुली अ स्पताल ल्याएका थिए ।
शनिवार दिउँसो ४ बजे सिन्धुली अस्पतालको आ इसोलेसन वार्डमा उनको भ र्ना गरिएको थियो ।ज्व रो आएको बताए पछि हामी ले दिउँसो नै उनको श्वा ब परिक्षणको लागि ल्याब पठाएका थियौँ तर उनको मृ त्यु भइसकेपछि कोभिड १९- पोजेटिभ आएको डा. देवकोटाको भनाइ रहेको छ ।
यो पनि हेर्नुस
२०७८ साल जेठ ०९ गते आईतबारको राशिफल र मौसम
वि.सं.२०७८ साल जेठ ०९ गते आईतबार । ईश्वी सन् २०२१ मे २३ तारिख । नेपाल संवत् ११४१ । राक्षस संवत्सर । उत्तरायण । ग्रीष्म ऋतु । श्रीशाके १९४२ । बैसाख शुक्लपक्ष । तिथि–द्वादशी,४८ घडी ३३ पला, रातको ०२ बजेर ३८ मिनेट उप्रान्त त्रयोदशी । नक्षत्र– हस्त,०९ घडी ३४ पला, बिहान ०९ बजेर ०३ मिनेट उप्रान्त चित्रा । योग– सिद्धि, १७ घडी ५६ पला, दिउसो ०२ बजेर २४ मिनेट उप्रान्त व्यातिपात । करण– बव, दिउसो ०१ बजेर ४४ मिनेट उप्रान्त बालव,रातको १२ बजेर ३८ मिनेट उप्रान्त कौलव । आनन्दादिमा–मानस योग । चन्द्रराशि–कन्या,बेलुकी ०८ बजेर २२ मिनेट उप्रान्त तुला । काठमाडौंमा सूर्योदय बिहान ०५ बजेर १३ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ४९ मिनेट । दिनमान ३३ घडी ५९ पला । वैष्णवहरुको मोहिनीएकादशीव्रत, कोकाकौशिकी सङगममा मत्स्यदर्शन ।
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) :- कृषि तथा पशुपालनमा फाइदा हुनेछ । पढाइ र सन्तानको बारेमा चिन्ता बढ्न सक्छ । प्रतिस्पर्धीलाई कमजोर ठान्दा हानि हुन सक्छ । कामको सन्दर्भमा विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ । कला, साहित्य, मनोरञ्जन आदि क्षेत्रमा रुचि बढ्नेछ । स्वास्थ्यगत समस्याले सताउने देखिन्छ । उपचारमा खर्च हुने योग छ ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) :- अप्ठ्यारो काम बन्नेछ । प्रेम र मित्रताको बन्धन कसिने सम्भावना छ । रमाइला ठाउँको भ्रमण गर्ने अवसर प्राप्त हुनेछ । व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा होला । रुचिका विषयमा लगानी बढाउने समय छ । समयमा होसियार बन्न नसक्दा काममा बाधा हुने र खर्च बढ्ने देखिन्छ । मेहनत अनुसार फाइदा कमै होला ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) :- शुभचिन्तकहरूले साथ दिनेछन् र विभिन्न अवसर पाइनेछ । तर, आफ्नै कमजोरीले चिताएको काममा व्यवधान आउने देखिन्छ । आम्दानी तथा आयआर्जनका स्रोत समेत बढ्ने समय छ । व्यापारमा मनग्य फाइदा हुनेछ । विद्यामा कमजोरी र लेनदेनमा विवाद होला । विगतका समस्या बल्झिन सक्छन् ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) :- आज हातमा आएको अवसर गुम्ने सम्भावना देखिन्छ । सहयोगी वा हितैसीले कमजोरी प्रति टिप्पणी वा गुनासो गर्न सक्छन् । आँटेका काम तत्काल सम्पादन हुनेछन् । पछिसम्म लाभ हुने काममा लगानी गर्ने अवसर प्राप्त हुनेछ । भौतिक साधन जुट्नाले आयआर्जन राम्रै हुनेछ । अतिथिका रूपमा सम्मान समेत पाइएला ।
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) :- मेहनतले धेरैको विश्वास जित्न सकिनेछ । अरूको दबाबमा परिए पनि कामको सन्दर्भमा विशिष्ट व्यक्तित्वहरूसँग निकटता बढ्नेछ । अस्वस्थताका बाबजुद कामको दायित्व बढ्नेछ । सानातिना काममा महत्वपूर्ण समय बित्न सक्छ । शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइनेछ । अरूले फसाउन सक्छन् ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) :- आमाको माध्यमबाट काम बनाउन सकिनेछ । महत्वाकांक्षी योजना गोप्य राख्नुहोला । धन जनको पनि बृद्दी हुने देखिन्छ । समयमा होसियार बन्न नसक्दा काममा बाधा हुने र खर्च बढ्ने देखिन्छ । मेहनत अनुसार फाइदा कमै होला । सुख दुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् । काममा उत्साह जगाउनेछ ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) :- सानो प्रयत्नले पनि राम्रो फाइदा उठाउन सकिनेछ । कृषि कर्म र व्यावसायिक काममा केही लगानी पछि फाइदा हुनेछ । आज नसोचेको ठाँउबाट धनको लाभ हुने देखिन्छ । साथै, ब्यापार ब्यवसायमा पनि प्रशस्तै लाभ हुने देखिन्छ । विभिन्न अवसरले पछ्याउनेछन् । भविष्यका लागि विशेष काममा जग बसाउने मौका छ ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) :- बोलीको गलत अर्थ लाग्नाले आत्मसम्मानमा चोट पुग्न सक्छ । विचारलाई तौलेर व्यक्त गर्नु बुद्धिमानी हुनेछ । ठूलो प्रयत्न गर्दा पनि उपलब्धि उठाउन मुस्किल पर्नेछ । शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइनेछ । रमाइलो यात्रा गर्ने अवसर जुट्नेछ । कामको चापबाट पनि फुर्सद पाइनेछ ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) :- प्रयत्न गर्दा विगतका कमजोरीलाई सच्याउन सकिनेछ । टाढिएका आफन्तहरू नजिकिन सक्छन् । मसलाजन्य खानबाट आज एकदमै सावधान रहनु होला, साथै भौतिक साधनको क्षतिले रुपैँया पैसाको हानि हुने देखिन्छ । अरूका काममा समय बित्न सक्छ । उपलब्धि प्राप्त गर्न निकै मिहिनेत गर्नुपर्नेछ ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) :- प्रतिस्पर्धी परास्त होलान् । सहयोगीहरूले राम्रै साथ दिनेछन् र काममा सोचे जस्तै सफलता मिल्नेछ । परिवारजनबाट टाढिनुपर्ला । आफ्नै कमजोरीले विवादमा परिनेछ भने सद्विचारले अभिप्रेरित हुनेहरूलाई फाइदा हुनेछ । सानातिना काम र घरेलु समस्यामा पनि अल्झनु पर्ने देखिन्छ । अनावश्यक भ्रमणमा समय बित्न सक्छ ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) :- प्रशस्त धन आर्जन गर्ने मौका छ । पराक्रम र उत्साह बढ्नेछ । उद्योग र व्यापारमा विशेष फाइदाको योग छ । भौतिक साधन जुट्नाले दिगो योजना प्रारम्भ हुन सक्छ । साझेदारीमा फाइदा हुनेछ । मौकाको फाइदा उठाउन नसकिएला । सवारी साधन चलाउँदा सावधानी अपनाउनुहोला ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) :- आज तपाइले सोचेको काममा सफलता प्राप्त हुने देखिन्छ । द्रब्य प्राप्तिको पनि योग रहेको छ । लाभ हुने काम प्रारम्भ गर्ने समय छ । गरिएका कामको राम्रै मूल्यांकन हुनेछ । व्यावसायिक काममा खर्च बढ्नेछ । धर्म कर्म र सेवामूलक कामबाट प्रतिष्ठा मिल्नेछ । प्रयत्न गर्दा सफलता हात लाग्ला ।
तपार्ईँको दिन शुभ रहोस् ।
२०७८ साल जेठ ०९ गते आईतबारको मौसम
मौसम पूर्वानुमान महाशाखाको मौसम पूर्वानुमान प्रकाशित बुलेटिन अनुसार
आईतबार दिउँसो :– प्रदेश १, बाग्मती तथा गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली र बाकी भु-भागमा आंशिक बदली रहने छ। प्रदेश १ का पहाडी भू-भागका थोरै स्थान र बाकी प्रदेशका पहाडी भू-भागका एक दुइ स्थानमा मे घगर्जन/च ट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।
आईतबार राती :– प्रदेश १, बाग्मती तथा गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली र बाकी भु-भागमा आंशिक बदली रहने छ। प्रदेश १ का पहाडी भू-भागका थोरै स्थानहरूमा मे घग र्जन/च ट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।