सिन्धुली – पालिकामा कोरोना संक्रमित व्यक्तिको संख्या बढ्दै गएपछि सिन्धुलीको गोलन्जोर र घ्याङलेख गाउँपालिकाले यस अघि घ ोषणा गरेको ब न्दा ब न्दिलाई सात दिन ल म्ब्याएका छन् ।
गोलन्जोर गाउँपालिकाले यसअघि एक साताका लागि घोषणा गरेको ब न्दाब न्दि शनिबार राती १२ बजे सकिएपछि जेठ २ गते दिउसो १२ बजेदेखि जेठ ८ गतेराती १२ बजेसम्म बन्द रहने जनाएको छ ।
उक्त अवधिभर गाउँपालिका कार्यालय र गाउँपालिकाभित्रका सबै निकाय तथा कार्यालयबाट प्र वाह हुने अ त्यावश्यक बाहेकका सम्पूर्ण सेवाहरु ब न्द रहने गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत प्रेमबहादुर श्रेष्ठद्वारा आईतबार जारी सूचनामा उल्लेख गरिएको छ ।
गाउँपालिकाका अनुसार उक्त अवधिभर औषधि पसल, क्लिनिक, एम्बुलेन्स, अस्पताल लगायत अन्य स्वास्थ्य सम्बन्धि सेवा जुससुकै समय सञ्चालनमा रहने छन् । फलफुल, तरकारी, खाद्यान्न पसल, दुग्ध डेरी भौतिक दुरी कायम गरी बिहान ६ बजेदेखि ९ बजेसम्म तीन घण्टा खुल्ने छन् ।
बैैक तथा बित्तिय संस्थाहरु हप्ताको तिन दिन स्वा स्थ्य मन्त्रालयबाट निर्देशित स्वा स्थ्य मा पदण्ड अपनाई सञ्चालन गराउने र गाउँ प्र हरी सेवा २४ सैं घण्टा सञ्चालन हुने गाउँपालिकाले जनाएको छ ।
त्यस्तै घ्याङलेख गाउँपालिकाले पनि विपद व्यवस्थापन समितिको बैशाख २६ गतेको बैठकको निर्णयलाई निरन्तरता दिदै जेठ १ गतेराती १२ बजेदेखि जेठ ८ गते राती १२ बजेसम्म गाउँपालिका भरी ब न्दा ब न्दि घो षणा गरेको जनाएको छ ।
गाउँपालिकाले शनिबार जारी गरेको सूचनामा उक्त अवधिभर गाउँपालिका भित्रका बजार क्षेत्रका अ त्यावश्यक सेवा बाहेक गाउँपालिका कार्यालय र गाउँपालिकाभित्रका सबै निकाय तथा कार्यालयबाट प्रवाह हुने अ त्यावश्यक बाहेकका सम्पूर्ण सेवाहरु ब न्द रहने जनाईएको छ ।
गाउँपालिकाभरी अत्यावश्यक सेवा बाहेक शैक्षिक संस्था, सरकारी तथा गैर सरकारी संस्थाहरु, वडा कार्यालयहरु, बजार, होटेल, यातायात सेवा र अन्य व्यववसाय पूर्ण रुपमा बन्द गर्ने निर्णय गरेको गाउँपालिका अध्यक्ष जगतबहादुर भोलनले जानकारी दिनुभयो ।
गाउँपालिका भरी वैवाहिक कार्यक्रम र धार्मिक कार्यक्रमहरु नेपाल सरकारले तोकेको स्वा स्थ्य सुरक्षाको मापदण्ड अनुसार १५ जनाभन्दा बढी मानिस सहभागि नगराई सामाजिक दुरी कायम गरेर गर्ने गाउँपालिकाले जनाएको छ । स्वा स्थ्य सेवाका कर्मचारीहरु आफ्नो कार्य क्षेत्रमा उपस्थित भई थप सक्रियताका साथ सेवा प्रवाह गर्ने, बैक तथा बित्तिय संस्थाहरु नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम स्वास्थ्य सु रक्षाको मापदण्ड अपनाई सेवा प्रवाह गर्ने सूचनामा जनाईएको छ ।