शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

सिन्धुलीमा आगलागीबाट धनमाल जलेर नष्ट

शनिवार , बैशाख १८, २०७८

सिन्धुली – तीनपाटन गाँउपालिका–१ बेल्घारी स्थित नेपालेशिखरमा शनिबारे विद्युत सर्ट भएर दिलबहादुर आलेको घर आगलागि भएको छ ।

उक्त आगलागिबाट आलेको करिब १३ लाख मूल्य बराबरको धनमाल जलेर नष्ट भएको वडा अध्यक्ष गोविन्दबहादुर राउतले जानकारी दिनुभयो । उहाँका अनुसार नेपाल बिद्युत प्राधिकरणले जडान गरेको बिजुलीको तार सर्ट भएर आगलागी हुँदा एउटा घर र एउटा गोठ जल्नुका साथै गरगहना, अन्नपात, लत्ताकपडा पूर्णरुपमा क्षति भएको छ ।

विद्युत सर्ट हुनुको कारण खुल्न सकेको छैन ।

प्रतिक्रिया