शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

सिन्धुलीमा लकडाउन नहुने

आइतवार , बैशाख १२, २०७८

सिन्धुली१२ बैशाख - जिल्ला कोभिड व्यवस्थापन समिति सिन्धुलीको आज बसेको बैठकले तत्कालै जिल्लामा बन्दाबन्दी (लकडाउन) नगर्ने निर्णय गरेको छ । प्रमुख जिल्ला अधिकारी शुरेश न्यौपानेको अध्यक्षतामा बसेको बैठकले अहिलेको अबस्थामा लकडाउन नगरेपनि जिल्ला प्रवेशमा कडाई गर्ने निर्याण गरेको थाहा लागेको छ ।

सिन्धुली जिल्लामा दैनिक रुपमा कोरोना संक्रमणका बिरामीहरु बढेसँगै स्थानीय व्यापारी र सर्वसाधारणहरुले भने आज बस्ने बैठकले लकडाउन गर्ने आशंका गरेका बेला जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकले सो निर्णय गरेको हो । बैठकले शनिवार र बुधवार लाग्ने हाट बजारभने बन्द गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया