शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

लागू औषध र गाँजा सहित सिन्धुलीमा पाचँ जना पक्राउ

बिहिवार , बैशाख ९, २०७८

सिन्धुली – सिन्धुली जिल्लाको कमलामाइ्र्र नगरपालिका–९ भिमानस्थित सुकेखोला निवासी एक युवकलाई लागू औषध सहित प्रहरीले बुधबार पक्राउ गरेको छ ।

गोप्य सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय भिमानबाट खटिएको टोलीले सुकेखोला निवासी ३४ बर्षिय प्रभात देवकोटालाई पक्राउ गरेको हो । निजको घरमा खान्तलासि गर्दा सात वटा भरि बोतल र १बोतल खाली गरि जम्मा आठ बोतल लागू औषध सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

पक्राउ परेका अभियुक्तलाई हाल जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा ल्याई अनुसन्धान कार्य भई रहेको पनि उक्त कार्यालयले जनाएको छ ।

गाँजा सहित चार जना नियन्त्रणमा

यसैगरीलागू औषध गाँजा सहित चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । लागू औषध गाँजासहित ती व्यक्तिलाई हरिहरपुरगढी गाँउपालिका १ बागमती खोला नजिकबाट बिषेश सुराकीको आधारमा नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

कार्यालयका अनुसार पक्राउ पर्नेहरुमा सोही वडा निवासी गुर्जी निवासी आसामान मोक्तान, गंगे भोलन, पूर्णमान बम्जन र सानु बम्जन रहेका छन् । उनीहरुबाट प्लाष्टिकमा प्याक गरेको अन्दाजी ४३ केजी गाँजा बरामद भएको प्रहरीले जनाएको छ ।

अभियक्तहरुले प्रयोग गरेको बा २५ प ४०७४ र बा ८८ प ७८९ नम्बरको मोटर साईकल पनि बरामद भएको प्रहरी नायब उपरिक्षक मनोज लामाले जानकारी दिनुभयो ।

 

प्रतिक्रिया