सिन्धुली – सिन्धुली जिल्लामा यस पटक नेपाली काँग्रेसको क्रियासिल सदस्य नयाँ चार हजार ५५३ जना थपिएका छन् ।
यो सहित जिल्लामा नेपाली काँग्रेसको कुल क्रियासिल सदस्य संख्या आठ हजार ५९९ जना पुगेको नेपाली काँग्रेस सिन्धुलीका सचिब कृष्णप्रसाद दाहालले जानकारी दिनुभयो ।
उहाँका अनुसार ति मध्ये पुरानो नबिकरण गरिएको क्रियासिल सदस्य चार हजार ४६ जना रहेका छन् । नयाँ क्रियासिल सदस्यमध्ये निर्बाचन क्षेत्र नं. १ मा दुई हजार ५६० जना र निर्बाचन क्षेत्र नं. २ मा एक हजार ९९३ जना रहेका छन् ।
नेपाली काँग्रेसको आसन्न १४ औं महाधिवेशनलाई लक्षित गरी नया क्रियासिल सदस्य बितरण तथा पराना क्रियासिल सदस्य नबिकरण गरिएको उहाँले सुनाउनुभयो ।