शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

सिन्धुलीमा आज हेलिकप्टर आउनुको कारण यस्तो

बुधवार , चैत्र २५, २०७७

सिन्धुली– सिन्धुलीको दुधौली नगरपालिका– ३ कि एक महिला घरको छतबाट खसेपछि हेलिकप्टर मार्फत उद्धार गरिएको छ । ६० वर्षिया गायत्रि बोगटि बुधबार घरको छतबाट खसेपछि सिन्धुली अस्पतालमा उपचारकालागि ल्याइएको थियो । उनको जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि हेलिकप्टर मार्फत काठमाडौँ लगिएको छ । उनको टाउकोमा चोट लागेको कारण काठमाडौँस्थित मेडिसिटि अस्पताल रिफर गरिएको सिन्धुली अस्पतालका व्यवस्थापक विमल श्रेष्ठले सिन्धुली सौगातलाई जानकारी दिनुभयो ।

सम्बन्धित विषय:

प्रतिक्रिया