शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

सिन्धुलीका जुझारु, दुरदर्शि एवं राजनैतिक संस्कार भएका युवा नेतासँगको त्यो भेट....

शनिवार , चैत्र १४, २०७७

लेखकः रमेश कार्की

पारिवारिक पृष्ठभुमि जति बलियो हुन्छ त्यहिअनुसार भावि पुस्ताको जिवन पनि मजबुत हुन्छ भन्न सकिन्न । पिताले पछ्याएको बाटो छोराछोरीले नपछ्याउन पनि सक्छन् । तर, पारिवारिक संस्कारले छोराछोरीमा महत्वपुर्ण भुमिका खेल्दछ । पिताको सामाजिक एवं व्यवसायीक गुण भावि सन्तानमा कहिनकतै देखिन्छ नै । पारिवारिक पृष्ठभुमि र सन्तानको वर्तमान अवस्थाका बारेमा बुझन् पंक्तिकारले त्यस्तै एक पात्रको खोजी गरिरहेको थियो । असिम जंग थापासँगको भेटले पंक्तिकारको त्यो हुटहुटि मेटाइदिएको छ । नेपाली काँग्रेसको जिल्ला कार्यसमिति सदस्य समेत रहनुभएको असिमजंग थापा जिल्लाका पुर्व सभापति तथा राष्ट्रिय पञ्यातको सदस्य विकासप्रेमि, परराष्ट्र मामलाका विशेषज्ञ एवं सफल राजनितिज्ञ टिकाजंग थापाको छोरा हुनुहुन्छ । नेपाली जिल्ला पञ्चायत सिन्धुलीको दुई कार्यकाल सभापतिका रुपमा व्यतित गर्नुभएको टिकाजंग जनताद्वारा निर्वाचित पुर्व सभासद् पनि हुनुहुन्छ । उहाँले जिल्लामा विद्यालय, अस्पताल लगायत थुप्रै विकासका पुर्वाधार निर्माणमा महत्वपुर्ण भुमिका खेल्नु भएको छ । सिन्धुलीमा पुर्वाधार निर्माणकालागि महत्वपुर्ण भुमिका खेल्ने राजनितिज्ञमध्ये उहाँ अग्रस्थानमा हुनुहुन्छ । नेपालको तर्फबाट संयुक्त राष्ट्रसंघको सम्मेलमा समेत भाग लिएर उहाँले अन्तर्राष्ट्रिय प्लेटफर्मबाट आफ्ना अभिव्यक्तिहरु दुनियाँसामु व्यक्त गर्नुभएको थियो । आज उहाँको उमेर ढल्किदै गएको छ । तर, उहाँ हिँडेको त्यो बाटो सन्तानले पछ्याइरहेको पंक्तिाकारले महशुश गरेको छ । [caption id="attachment_108550" align="alignnone" width="960"] असिमजंग थापा[/caption] राजनितितर्फ पारिवारिक पृष्ठभूमि बलियो देखिएको थापा परिवारमा त्यस्तै एक जुझारु, दुरदर्शि, उत्कृष्ठ वक्ता एवं राजनैतिक संस्कार बोकेको सन्तानको रुपमा असिमजंग थापा जनताको सामु स्थापित हुदैँ जानुभएको छ । उहाँसँगको भेटले पारिवािरक राजनैतिक पृष्ठभुमि र सन्तानको अवस्थाका बारेमा बुझ्ने पंक्तिकारको हुटहुटिमात्र मेटाएन, उहाँलाई चिन्ने मौका समेत मिल्यो । असिमले ल्याबोरेटरी उच्च माध्यमिक विद्यालयबाट एसएलसि दिनुभएको थियो । त्यसपछि भने उहाँको वैदेशिक यात्रा शुरु भयो । थापाले भारतको नयाँ दिल्लीमा रहेको कर्नल सत्संगिस किरण मेमोरियल पब्लिक स्कूलबाट १२ कक्षा उत्तिर्ण गर्नुभयो । उच्च शिक्षाकालागि अष्टे«लियामा उहाँले छ वर्ष बिताउनुभयो । त्यसपछि नेपाल फर्किएर व्यवसायमा संलग्न हुनुभएको थापाले नेपाल विश्व सम्बन्ध परिषदमा महासचिवका रुपमा कार्य सम्हाल्नुभयो । परिषदमा देशको महत्वपूर्ण पदमा काम गरिसकेका प्रतिष्ठित र प्राज्ञिक ब्यक्तिहरु सदस्य रहने गर्दछन् । नेपालको बैदेशिक सम्बन्ध र अन्तर्राष्ट्रिय सम्बन्ध सुदृढ गराउनका लागि आवश्यक सहयोग गर्ने कार्य परिषदले गर्दैआएको छ । शान्ति र विकास सम्बन्धी काममा सघाउ पुर्‍याउने जस्ता काम परिषदले गर्दछ । परिषदको कार्यभार सम्हालेपछि उहाँ राजनितिमा होमिनुभएको छ । हालसम्म अमेरिका, चिन, सिंगापुर लगायत २५ वटा भन्दा बढि देश घुमिसक्नुभएको थापाले अन्य क्षेत्र भन्दा राजनितिमै होमिदा युवाहरुकालागि प्रेरणाको श्रोत बन्नु भएको छ । राजनिति फोहोरी खेल हो भन्दै बुद्धिमानि युवापुस्ता यस क्षेत्रमा आउन खोज्दैनन् । तर, थापाले भने सुखसयल जिन्दगी त्यागेर आफ्नो अनुभव र विवेक यसै क्षेत्रमा लगाउनतर्फ उन्मुख भइरहनुभएको छ । राजनितिमा संस्कार हुनुपर्छ भन्ने उहाँको मान्यता छ । हरेक पार्टीमा राजनितिक संस्कार भयो भने त्यसले देश र जनताको हित गर्ने उहाँ बताउनुहुन्छ । उहाँसँग हरेक क्षेत्रको ज्ञान छ । प्रहरी, प्रशासन, सरकारी कार्यालय, , सेवाग्राहीको अवस्था, राजनैतिक दल लगायत जनताको हरेक कुरामा उहाँले चासो राख्नुहुन्छ । [caption id="attachment_108552" align="alignnone" width="960"] भरतिय प्रधानमन्त्री नरेन्द्र मोदी संग असिमजंग थापा[/caption] पंक्तिकारले राखेको हरेक जिज्ञासमा उहाँले शालिन ढंगमा आफ्ना तर्कहरु प्रस्तुत गर्नुभयो । संयोगले भएको भेटमा उहाँले प्रस्तुत गर्नुभएको विचार युवापुस्ताकालागि उत्प्रेरणा हुने हेतुले पंक्तिकारले लेख मार्फत पाठकवर्गमा पुगाउन खोजेको हो । उहाँ सबै नेताले राजनैतिक चरित्र राख्नुपर्नेमा जोड दिनुहुन्छ । पेशा र राजनिति सँगसँगै लग्दा त्यसले राजनितिक जिवनमा अवरोध पु¥याउने हुँदा आफूले आगामी जिवन राजनितिमै समर्पित गरेको उहाँेको अभिव्यक्ति छ । कुशल राजनितिज्ञमा हुनुपर्ने गुण उहाँमा स्पष्ट देखिन्छ । जनतासँग उहाँको झुकावले गर्दा पनि उहाँको भविष्य थप उज्जवल हुने अनुमान लगाउन सकिन्छ । पिताको सफल राजनैतिक जिवन र स्वयं उहाँको निष्ठा र वैचारिक राजनितिले राजनैतिक जिवनवृत्ति सुखद र सफल हुने सहजै अनुमान लगाउन सकिन्छ । नेपाली काँग्रेसको १४ औँ अधिवेशनका बारेमा पनि उहाँको छुट्टै तर्क छ । उहाँ गुठबाट पार्टी परिचालित हुनुहुदैँन भन्ने विचार राख्नुहुन्छ । गुठले पार्टीलाई मात्र नभएर देशलाई नै नोक्सान पुर्‍याउने उहाँको भनाई छ । सक्षम व्यक्तिले नेतृत्व लिनुपर्ने उहाँको अडान छ । नेतृत्वकर्ताले आफ्नो हैसियतलाई कहिले पनि कमजोर बनाउन नहुने उहाँ बताउनुहुन्छ । संस्थागत तरिकाले विधान अनुसार पार्टी चल्नुपर्ने हरेक सदस्यको आवाज छ । उहाँ त्यसैमा जोड दिदैँ संगठनलाई मजबुत बनाउनतर्फ नेतृत्वको ध्यान जानुपर्ने विचार राख्नुहुन्छ । संगठन बलियो बनाउन उहाँ अहिले जिल्लामा दौडधुप गरिरहनुभएको छ । ऐतिहासिक विरासत बोकेको पार्टीलाई जनतासामु पु¥याई पार्टी विस्तारमा उहाँ लागिपर्नु भएको कार्यकर्ताहरुले पंक्तिकारलाई बताएका छन् । जुझारु र पारदर्शिता उहाँको गुण हो । जिल्लामा नेपाली काँग्रेसलाई कसरी मजबुत बनाउने र जनताको मुद्धालाई कसरी पार्टीले उठान गर्ने भन्ने दुरदर्शिता उहाँमा देखिन्छ । [caption id="attachment_108553" align="alignnone" width="960"] असिमजंग थापा[/caption] युवापुस्ताकालागि उहाँ एउटा प्रेरणाका श्रोत हुनुहुन्छ । सिन्धुलीका जुझारु, दुरदर्शि एवं राजनैतिक संस्कार भएका युवा नेतासँगको भेटले पंक्तिकारको राजनितितर्फ थप झुकाव बढेको छ । उहाँको राजनैतिक जिवन सफल बनोस्, शुभकामना !  

प्रतिक्रिया