शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

घ्याङलेख गाउँपालिकामा धुम्रपान मध्यपान सेवन गर्न बन्द

सोमवार , चैत्र ९, २०७७

सिन्धुली,०९ चैत – सिन्धुलीको घ्याङलेख गाउँपालिकाले जनप्रतिनिधि तथा कर्मचारीलाई मदिरा तथा सुर्तिजन्य बस्तु सेवनमा निषेध गरेको छ ।

मदिरा तथा सुर्तिजन्य बस्तुको सेवनले समाजका युवापंक्तिमा विकृति आउन थालेपछि स्थानिय सरकारले त्यसलाई नियन्त्रण गर्न आफैबाट सुरु गरेको गाउँपालिकाले जनाएको छ । “गाउँपालिकाको कार्यपालिकाको बैठकले सुरुमा जनप्रतिनिधि नै तोकेर निर्णय गरेका छौं”, गाउँपालिका अध्यक्ष जगतबहादुर भोलनले भन्नुभयो, “गाउँपालिकाले धुमपान तथा मद्यपान निधेष गरि समाज सुधारको अभियान थालेको हो ।”

गाउँ कार्यपालिकाको बैठकले गाउँपालिकाका जनप्रतिनिधि तथा कर्मचारीलाई धुमपान तथा मध्यपान पुर्ण रुपमा निषेध गरेपछि पालिकाको कार्यालय आसपासका क्षेत्र यतिखेर मदिरा तथा सुर्तिजन्य पदार्थ सेवन मुक्त रहेको उहाँले सुनाउनुभयो । गाउँपालिका कार्यालय वरपर रहेका व्यापारी एक खिली चुरोट पनि बिक्री नभएको गुनासो गर्न थालेको गाउँपालिका अध्यक्ष भोलनको भनाई छ ।

जनप्रतिनिधि र कर्मचारीले मदिरा तथा सुर्तिजन्य पदार्थ कार्यालय समयमा सेवन गरेको पाईएमा पटकै पिच्छे पाँच सय रुपैयाका दरल जरिवाना गर्ने व्यवस्था गरिएको गाउँपालिकाले जनाएको छ ।

“हाम्रो गाउँपालिका भित्रका कर्मचारी तथा जनप्रतिनिधिले सुर्ति, खैनि, मद्यपान परित्याग गर्ने निर्णय भएको छ,” गाउँपालिकाका प्रवक्ता एवं. वडा नं. २ का अध्यक्ष एकबहादुर खड्काले भन्नुभयो, “यो सम्भवत स्थानीय तहले गरेको समाज सुधारका लागि दुर्लभ निर्णय हो । कर्मचारी तथा जनप्रतिनिधिले कार्यालय समयमा मात्रै नभएर पुर्ण रुपमा त्यस्तो बस्तु सेवन नगर्ने निर्णय गरेका हुन् ।”

समाज सुधार गर्न पहिले आफुहरुबाटै सुरु गर्नुपर्ने भएकाले जनप्रतिनिधिहरुले यस्तो निर्णय गरेको उनिहरुले बताएका छन् । गाउँपालिकाले जनप्रतिनिधि र कर्मचारीले सेवन नगर्ने निर्णय भएसँगै गाउँपालिका कार्यालय आसपासका पसल तथा खुल्ला स्थानमा धुम्रपान सेवन बन्द भइसकेको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत रामकुमार कार्कीले बताउनुभयो । “कसैले ट्वाइलेटमा वा अन्य स्थानमा बसेर खान्छ भने हाम्रो केहि लाग्दैन तर खुल्ला स्थानमा र घरपरिवारमा अब कर्मचारीले र जनप्रतिनिधिले नखाने निर्णय भएको छ,” उहाँले भन्नुभयो, “गाउँपालिकाले गरेको उक्त निर्णयलाई कडाईका साथ लागू गरिएको छ, अहिलेसम्म पालना भ्रएको पनि पाईएको छ ।”

उहाँले गाउँपालिकाले पालिकामा आउने सेवाग्राहीलाई सेवा लिन सहज होस् भन्ने उदेश्यले टोकन प्रणाली समेत लागु गरेको बताउनुभयो । घ्याङलेख गाउँपालिकाले सेवाग्राहीलाई मध्यनजर राख्दै फाल्गुण ११ गतेबाट टोकन प्रणाली मार्फत सेवा प्रवाह गर्न सुरु गरेको उहाँको भनाई छ ।

प्रतिक्रिया