सिन्धुली, २७ माघ – कमलामाई नगरपालिका–३ भञ्ज्याङ पोखरीमा बृहत सांस्कृतिक कार्यक्रम हुने भएको छ ।
कला घर सिन्धुलीको आयोजनामा यहि माघ ३० गतेका दिन तामाङ् समुदायको महान पर्ब सोनाम ल्होसारको शुभ अबसर पारेर उक्त सांस्कृतिक कार्यक्रम हुन लागेको हो । कला घर सिन्धुलीको आयोजनामा हुन लागेको बृहत सांस्कृतिक कार्यक्रमको प्रबर्दक नेपाल तामाङ् घेदुङ् मलेसिया, सिन्धुली सेवा समाज दोहा कतार रहेको छ भने नेपाल तामाङ् बिद्यार्थी घेदुङ सिन्धुली, सांस्कृतिक घेदुङ् सिन्धुलीको समन्वय रहेको छ ।
लामा सप्लायर्स र रक्तमाला प्राबि भन्ज्याङ् पोखरीको सहकार्य, आत्रेय निर्माण सेवा प्राली र केडी एण्ड ब्रदर्श कन्ट्रक्सन निर्माण प्रालिको प्रायोजन तथा कमलामाई नगरपालिका ३ नम्बर वडाको सहयोगमा उक्त कार्यक्रम हुन लागेको हो ।
“ल्होसार पर्ब तामाङ् संस्कृती हाम्रो सान हाम्रो पहिचान, संस्कृती संरक्षण प्रचार प्रबद्र्धनको लागी हाम्रो अभियान” भन्ने मुल नारा सहित हुन लागेको कार्यक्रमा शुभकामना आदान प्रदान, राष्ट्रिय तथा स्थानिय कलाकारहरुको बेजोड प्रस्तुती, सेलो जुवारी तथा डम्फु नाच, बिद्यालय स्तरिय नृत्य प्रस्तुती, तामाङ् खाना तथा संस्कृती सामग्रीहरुको प्रदर्सनी रहने छ ।
कार्यक्रमा हास्य कलाकार दिनेश काफ्ले, गायक सोनाम बजु, कबिता श्रेष्ठ, निकेश तामाङ्, मिनाश्री लुङ्गेली लगायतको गायन प्रस्तुती रहने छ भने वरिवर डानन्स सेन्टर र कलाघर सिन्धुलीको नेपाली मौलिक नाच तथा आईटम डान्सको बेजोड प्रस्तुती रहने छ ।
ऐ लानी जग्गाको लगत संकलनमा तीब्रता
सिन्धुली,२७ माघ – जिल्लाका विभन्न भागमा ऐ लानी जग्गाको लगत लिने कार्यमा ती ब्रता ल्याइएको छ । आईतबारदेखि वडा न २ मा पनि ऐ लानी जग्गाको नापी कार्य सुरु गरिएको छ ।
कमलामाई नगरपालिका वडा न २ का वडा अध्यक्ष नवराज थिङको अध्यक्षता, नगर उप प्रमुख मञ्जु देवकोटाको प्रमुख अतिथ्यता, ऐ लानी जग्गा अभिलेखिकरणको जग्गा सर्वेक्षण कार्यका संयोजक तथा वडा नं. ९ का वडा अध्यक्ष देवराज पौडेलको अतिथ्यतामा संञ्चालन एक कार्यक्रमका बिच ऐ लानी जग्गाको नापी कार्य सुरुवात गरिएको नगर सुचना अधिकारी निर्मल लामाले जानकारी दिनु भएको छ ।
उहाँका अनुसार कमलामाई नगरपालिका भित्र रहेको ऐ लानी जग्गाको विवरण संकलन तथा अभिलेखिकरण कार्य ७५ प्रतिशत भन्दा बढी कार्य ऐलानि जग्गाको अभिलेखिकरण संकलन केन्द्र भिमान मार्फत सकिएको छ ।
हाल आएर भूमि सम्बन्धि स मस्या स माधान आयोगको गत माघ ९ को ३५ दिने सूचना अनुसार यस नगरपालिका भित्रका भू मिहिन द लित, भ ूमिहीन सु कुम्वासी र अ ब्यवस्थित ब सोबासीको लगत संकलन कार्य भईरहेको नगरपालिकाले जनाएको छ ।
कमलामाई नगरपालिकाले भने विभिन्न वडामा भूमिहिनको लगत संकलन कार्य गरि रहेको जनाएको छ । कमलामाई नगरपालिकाका मेयर खड्गबहादुर खत्रीले भन्नुभयो, “गत बर्ष पुसदेखि नै हामीले भू मिहिनको लगत संकलन सुरु गरेका थियौ । को रोनाका कारण बीचमा रोकिएको थियो । भू मिहिनको लगत संकलनमा यो बर्ष प्रदेश सरकारको छनौटमा पनि परेको छ ।”
वडा नं. १, ८, ९, १०, ११, १३ र १४ नम्बरमा ऐ लानी जग्गा नापजाँच कार्य भई रहेको मेयर खड्गबहादुर खत्रीले जानकारी दिनुभयो । ऐ लानी जग्गा सबै नापी सकेपछि त्यसको अभिलेख राखेर कमलामाई नगरपालिकामा रहेका सुकुम्बासीहरुलाई लालपुर्जा दिने योजना रहेको उहाँको भनाई छ ।
कमलामाई नगरपालिकाले नगर क्षेत्रमा रहेका सरकारी ऐ लानी जग्गाको अभिलेखिकरण तथा व्यवस्थापन कार्य गरि रहेको उहाँले बताउनुभयो । उहाँका अनुसार नगर क्षेत्रका १४ वटै वडामा ऐ लानी जग्गा पत्ता लगाई त्यसको अभिलेख राखी व्यवस्थापन कार्य भई रहेको छ । अहिले पाँच वटा प्राविधिक टोली फिल्डमा खटाएर ऐ लानी जग्गाको नापजाँच कार्य भई रहेको छ । आगामी जेठ महिनासम्म उक्त कार्य सक्ने योजना रहेको छ ।
“अहिलेसम्म सात सय बिघा जति ऐ लानी जग्गा नापजाँच भईसकेको छ,” मेयर खत्रीले भन्नुभयो, “नगरपालिकाभित्र बास्तविक सु कुम्बासी कति छन्, त्यसको पनि रेकर्ड छैन । सुकुम्बासीको पनि रेकर्ड सगै ल्याउन लगाएको छु ।” नगरक्षेत्रमा रहेको सरकारी ऐ लानी जग्गा अतिक्रमण गर्ने क्रम बढेकोले त्यसलाई नियन्त्रण गरी व्यवस्थित गर्न लागिएको नगरपालिकाले जनाएको छ । नगरपालिकाका अनुसार अहिलेसम्म ऐ लानी जग्गा नापजाँच वडा नं. १, २ र ११ मा भर्खर सुरु भएको छ । वडा नं. ८ र १४ मा ७० प्रतिशत, वडा नं. ९, १०, १४ मा ८० प्रतिशत ऐ लानी जग्गा नापजाँच सकिएको छ ।
त्यस्तै हरिहरपुरगढी गाँउपालिकामा भूमिहिन व्यक्तिको लगत लिन सुरु गरिएको छ । हरिहरपुरगढी गाँउपालिकाको वडा नं. ७ बाट ऐ लानी जग्गा तथा अव्यवस्थित बसोबास गरेकाको लगत लिन सुरु गरिएको उक्त गाँउपालिकाले जनाएको छ । उक्त वडाका अध्यक्ष बालकृष्ण नेपालले वडा नं. ७ मा मात्रै चार सय जनाले सु कुम्बासी भनेर फर्म भरेका र उनीहरुको अहिले लगत लिन सुरु गरिएको जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, ‘भु मिहिन तथा अ व्यवस्थित रुपमा बसोबास गर्दै आएकाको तथ्यांक संकलन गरी लालपुर्जा दिने उद्देश्यले लगत लिन सुरु गरिएको छ । त्यसका लागि प्राविधिकको एउटा टोली खटिएको छ ।” चालु आर्थिक बर्षभित्र सबै वडामा काम सक्ने गरी भू मिहिनको लगत लिन सुरु गरिएको उहाँको भनाई छ ।
वडा अध्यक्ष नेपालका अनुसार बाग्मती प्रदेश भूमि व्यवस्था मन्त्रालयले भूमिहिनको लगत लिन एक सय वटा स्थानीय तह छनौट गरेको र ती मध्ये सिन्धुली जिल्लामा हरिहरपुरगढी गाँउपालिका, घ्याङलेख गाँउपालिका र कमलामाई नगरपालिका छनौटमा परेका छन् ।
उता घ्याङलेख गाँउपालिकाले भू मिहिनको लगत संकलन गर्न बाँकी रहेको जनाएको छ । गाँउपालिका अध्यक्ष जगतबहादुर भोलनले लगत संकलनका लागि प्राविधिक (अमिन) छनौट गर्न सूचना निकालेको र शुक्रबारसम्म म्याद रहेको सुनाउनुभयो ।
उहाँले भन्नुभयो, “घ्याङलेख गाँउपालिकामा सु कुम्बासी र अ व्यवस्थित ब सोबासको समस्या त्यती धेरै छैन । मैले वडा अध्यक्षमार्फत बुझ्दा कुनै वडामा त सु कुम्बासीको समस्या शु न्य नै पाएको छु ।” अब चाँडै नै प्राविधिकहरु भर्ना गरी भू मिहिनको लगत संकलन सुरु गर्ने र चालु आर्थिक बर्षभित्रै काम सकिने उहाँले बताउनुभयो ।
जुनार कि सानलाई औ षा कि रा व्य वस्थापनमा ध्या न दिन आ ग्रह
सिन्धुली,२७ माघ – ला मो स मयदेखि वि क राल स मस्याको रु पमा दे खिएको फल कु हाउने कि रको प्र कोप केहि बर्ष यता देखि नि यन्त्रण उ न्मुख हुन थालेपछि जुनार किसानलाई यस बर्षपनि समयमै ध्या न दिन आ ग्रह ग रिएको छ । प्रधानमन्त्री कृषि आ धुनिकीकरण परियोजना कार्यन्वयन इकाई सिन्धुलीले जुनार तथा सुन्तलाजातको औ षा कि रा व्य वस्थापन सम्बन्धि एक दिने गो ष्ठी कार्यक्रम गर्दै किसानलाई स मयमै ध्या न दिन आ ग्रह गरेको हो ।
लामो समयदेखि जुनारको दा नामा फल कु हाउने तथा औ षा पार्ने झि गा चा इनिज सि ट्रस फ्लाई ब्या क्ट्रोसेरा मि न्याक्सको प्र कोप ब ढेसँगै जुनारमा स मस्या भएकाले किसान चि न्ति त भएका थिए । जुनार किसान चि न्ति त भएसँगै कार्यालयले जुनार क्षेत्रमा न मुनाको रुपमा प्र योग गरिएको क्षे त्रगत कि रा नि यन्त्रण कार्यक्रम प्र भावकारी देखिएपछि विगतका बर्षझै यस बर्ष पनि सिन्धुली र रामेछाप जिल्लाका विभिन्न स्था नका थप ब गैचामा प्रो टिनबेट(औ षधि) छर्दै कि राको व्य वस्थापनमा समयमै जुट्न किसानलाई आ ग्रह गरिएको परियोजना कार्यन्वयन इकाई सिन्धुलीका प्रमुख देवराज अधिकारीले जानकारी दिनु भयो । परियोजना कार्यन्वयन इकाई सिन्धुलीले जुनारमा ला गेको कि रा नि यन्त्रण गर्नका लागि अ भियानकै रु पमा क्षे त्रगत कि रा नि यन्त्रण कार्यक्रम गरि स्प्रे कर्ताहरुलाई पा रि श्रमिक दिएर समयमै औ षधि छ र्नका लागि प्रे रित गरेसँगै किसानले औ षधि छरेपछि वि गतको बर्षभन्दा यस बर्ष कि राको प्र कोप समेत घ टेको थियो । सोही कार्यक्रमलाई नि रन्तरता दिनका लागि कार्यालयले आ ग्रह ग रेको छ ।
यहि चैत्र बैशाखमै जमिनबाट ब यस्क झि गाहरु नि स्कने र फलको दाना ला ग्ने स मयमा कि राले फललाई आ क्र मण गर्ने भ एकाले समयमै ध्या न दि नुपर्ने नेपाल कृषि अ नुसन्धान परिषद्का पुर्व मुख्य बै ज्ञानिक डाक्टर समुन्द्रलाला जोशिले बताउनु भयो । उक्त कि राको प्रमुख रु चिकर आ हारानै जुनार भएकाले जुनारमा बढी क्ष ति कि राले गरेको अधिकारीको भनाई छ ।
जुनार किसानले कि राको दिगो नि यन्त्रण खोज्नुपर्ने भन्दै उक्त कि राले जुनारमात्रै न भएर निवुवामा समेत क्ष ति गर्न थालेको गु नासो गरेका थिए । पहिलो बर्ष यहाँको गोलञ्जोर गाँउपालिका ४ तिनकन्यामा नमुनाको रुपमा करिब ८ सय रोपनी क्षेत्रफलको जुनारमा गरिएको क्षेत्रगत कि रा नि यन्त्रण कार्यक्रमको न मुना परिक्षणनै प्रभावकारी भएपछि जिल्लाभर एउटै प्रविधिको प्रयोग गरि कि रा नियन्त्रण गर्ने अ भियान सुरु गरिएको परियोजनाको सिन्धुली कार्यालयले जनाएको छ । क्षेत्रगत कि रा नि यन्त्रण कार्यक्रममा फलमा कि रा देखिएको जुनारको बोटमा प्रो टिन बेट नामक औ षधिको प्र योग गरिएको थियो । औ षधिको प्र योग गरेसँगै कि रा नि यन्त्रणतर्फ आएको जुनार कृषक बताउछन् ।
कार्यालयको पचास प्रतिशत अ नुदानमा उक्त ग्रे ट फ्रु ट फ्लाई बे ट(हा ईड्रोलाइज प्रोटिन) उपलब्ध गराउनका लागि किसानको तर्फबाट पचास प्रतिश रकम जम्मा भएपछि कार्यालयले थप पचास प्रतिशत बजेटबाट उक्त औ षधि ख रिद गरि स्प्रे कर्तामार्फत बगैचामा पु र्याउदै आएको छ । जुनारको फल कु हाउने औ षा पा र्ने कि राको पो थी झि गाले फु ल पार्नका लागि प्रोटिनको आ वश्यकता पर्ने र त त्कालिन सि जनमा कि रा ले प्रोटिनकै खोजि गर्ने भएकाले प्रो टिन बेट फल दिने जुनारमा स्प्रे गर्दा बोटमै कि रा आएर म र्ने भएकाले वि षादी प्र भावकारी भएको प्रा विधिक जहानसिंह कार्कीले जनाउनु भयो ।
प्रधानमन्त्री ओली र गृहमन्त्री थापा बीच ख ट प टको सं केत
काठमाडौं, २७ माघ – नेकपा वि भाजनपछि प्रधानमन्त्री केपी शर्मा ओलीको प क्षमा लागेका गृ हमन्त्री रामबहादुर थापा र सो स मूहका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीबीच ख टपटको सं केत देखिएको छ । ओली नि कट राष्ट्रिय युवा संघले आयोजना गरेको केन्द्रीय समिति भेलालाई बा दल प क्षका युवाहरुले ब हिष्कार ग रेपछि य स्तो सं के त दे खिएको हो ।
आइतबार र सोमबार दुई दि न च लेको सो भे लामा पू र्व मा ओवादीका कुनै पनि के न्द्रीय सदस्य स हभागी भ एका छैनन् । ओली प क्षले ए कता प्र क्रिया नै न टुंगिँदै ए कलौटी रु पमा भे ला राखेको बा दल प क्षको दा बी छ ।
गृ हमन्त्री थापाले पार्टीभित्रका आफूनिकट केन्द्रीय सदस्यहरुलाई ओली स मूहमा प्र वेश गराउन नसके पनि पूर्व वाइ सिएलमार्फत आफ्नो प्र भाव ज माउन ला गेको बु झिएको छ ।
त त्कालीन एमालेनिकट युवा संघ र माओवादी केन्द्रनिकट वाइसिएलबीच म र्जर गरी बनेको युवा संघमा रहेका ३ सय ३५ सदस्यमध्ये पूर्वएमालेतर्फ १ सय ९२ जना र पूर्वमाओवादी केन्द्रतर्फ १ सय ४३ जना स दस्य थिए ।
पूर्वमाओवादी केन्द्रतर्फका १ सय ४३ जना सदस्यमध्ये ३८ जना आफ्नो प क्षमा रहेको बा दल प क्षको दा बी छ । बा दलले उनीहरुलाई युवा संघमा स म्मानजनक रुपमा पुन एकता गराउन चाहेको बुझिएको छ । नेता बादलले पू र्व ल डाकुहरुलाई पनि आ फ्नो प क्षमा ता न्न प्र यास ग रिरहेका छन् ।
युवा संघ र वाइसिएल एकतापछिको दोस्रो पूर्ण बैठक आयोजना गर्दा आफूहरुसँग ओली प क्षले छ लफल न गरेपछि ब हिष्कार गरेको बा दल प क्षले ब ताएको छ ।
आफूहरुले स म्मानजनक ए कता चाहेको, तर ओली प क्षले पे लेर जा ने नीति लि एको बा दल प क्षको बु झाइ छ । अन्तिमसम्म सम्मानजनक ए कताको प्र यास गर्ने, कुरा नमिले वाइसिएललाई युवासंघको स मानान्तर सं गठन बनाउने बा दलको तयारी छ ।
आज माघ २७ गते मंगलबारको राशिफल र मौसम
वि.सं.२०७७ साल माघ २७ गते मंगलबार । ईश्वी सन् २०२१ फेब्रुवरी ०९ तारिख । नेपाल संवत् ११४१ । प्रमादी संवत्सर । उत्तरायण । शिशिर ऋतु । श्रीशाके १९४२ । माघ कृष्णपक्ष । तिथि–त्रयोदशी,४७ घडी १४ पला,रातको ०१ बजेर ४१ मिनेट उप्रान्त चतुर्दशी । नक्षत्र–पूर्वाषाढा,१९ घडी ३१ पला,दिउसो ०२ बजेर ३६ मिनेट उप्रान्त उत्तराषाढा । योग–बज्र,०६ घडी ३४ पला,बिहान ०९ बजेर ३६ मिनेट उप्रान्त सिद्धि । करण–गर,दिउसो ०२ बजेर २० मिनेट उप्रान्त वणिज,रातको ०१ बजेर ४१ मिनेट उप्रान्त भद्रा । आनन्दादिमा–मित्र योग । चन्द्रराशि–धनु ,बेलुकी ०८ बजेर २६ मिनेट उप्रान्त मकर । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर ४७ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर ४९ मिनेट । दिनमान २७ घडी ३४ पला ।
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) :– व्यावसायिक काममा खर्च बढ्नेछ । अरूका काममा म हत्वपूर्ण समय बित्न सक्छ । तापनि, सेवामूलक कामले प्रतिष्ठा दिलाउनेछ । अवसर आए पनि नयाँ काममा हात हाल्नुअघि विचार पुर्याउनुहोला । समय मध्यम नै रहेको छ । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) :– आज आयआर्जन राम्रै हुनेछ । अतिथिका रूपमा सम्मान प्राप्त हुन सक्छ । स्वास्थ्यमा ध्यान पुर्याउनु होला । उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ । शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ । मनोरन्जनमा समय ब्यतित भएर जाने दिन छ । टाढाको यात्रा पनि हुन सक्ने देखिन्छ ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) :– पढाइ लेखाइमा समय दिन नसकिएला । सहयोगीहरूको भरपर्दा सबै काम नबन्न सक्छन्, तर पनि वित्तादि लाभ हुने देखिन्छ । कृषि चौपायामा केही समस्या देखिए पनि प्रशस्त धन आर्जन गर्ने मौका छ । बिना प्रतिस्पर्धा फाइदा हुने योग छ । ब्यापार ब्यावसायमा फाइदा नै होला ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) :– स्वास्थ्य कमजोर रहनाले काम सम्पादन गर्न नसकिएला । समयमा काम पूरा नहुनाले अवसर गुम्न सक्छ । आज छर छिमेकमा झैझगडा हुन सक्छ, सावधान रहनु होला । रुपैँया पैसा हराउन सक्छ । श्रमको समुचित मूल्यांकन नहुन सक्छ । आम्दानीमा पनि बाधा पुग्ने देखिन्छ ।
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) :– व्यापार ब्यावसायमा बढी नै फाइदा हुने समय छ । आम्दानी बढ्नेछ भने परिवारजनका आवश्यकता पूरा हुनेछन् । काम बिग्रने डरले सताइरहनेछ । बेसुरमा बचन दिनाले दुःख पाइनेछ । मान सम्मानमा पनि ठेस पुग्ने देखिन्छ । सानातिना काममा समय बित्ने दिन रहेका छ ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) :– प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । विभिन्न सहयोग र उपहार पाइनेछ । सजिलै काम बन्नाले उत्साह जाग्नेछ । सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ । परोपकारजन्य क्रियाकलापमा समय बित्नेछ । मंगलमय कृत्य सम्पादन गर्ने समय छ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) :– सुख दुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् । परिवारजनको साथले नयाँ आशा पलाउनेछ । महत्वाकांक्षी योजना गोप्य राख्नुहोला । पशु र कृषिबाट सोचेको लाभ नउठ्न सकिन्छ । सामाजिक उत्तरदायित्व बहन गर्ने समय छ । रोकिएका काम समेत सम्पादन हुनेछन् ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) :– मुख्य काममा बाधा हुने देखिन्छ । सानातिना घरेलु काममै अल्झनु पर्दा मन खिन्न रहनेछ । भौतिक साधन बिग्रनाले पनि लक्ष्य प्राप्त गर्न नसकिएला । स्वास्थ्य कमजोर रहला । आँटेको काम समयमा पूरा नहुन सक्छ । धेरै लगानीपछि कम प्रतिफल पाइन सकिन्छ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) :– समस्या प्रति गम्भीर नबन्दा अवसर गुम्न सक्छ । आफ्नै कमजोरीले इष्टमित्र टाढिन सक्छन् । आज तपाइलाई सहयोगीहरूले राम्रो साथ दिनेछन् । रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । काम बिग्रने डरले सताउन सक्छ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) :– लाभ हुने काम प्रारम्भ गर्ने समय छ । साझेदारीमा राम्रो फाइदा हुनेछ । आयआर्जनका स्रोत बढ्नेछन् । आमाको माध्यमबाट काम बनाउन सकिनेछ । नसोचेको ठाँउबाट धन आर्जन हुने देखिन्छ । अरूका विषयमा चासो लिँदा विवादमा परिनेछ । असावधानीले धन खर्च हुन सक्छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) :– बाध्यताले अप्ठ्यारोमा पार्न सक्छ । सहयोगको आशा देखाउनेहरूबाटै धोका पाइने सम्भावना छ । लामो यात्राको प्रक्रिया अघि बढ्नेछ । परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहनेछ । पेटको खराबीले सताउला । आफ्ना विषयवस्तुमा अरूले अधिकार जमाउन सक्छन् ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) :– सवारीमा सावधानी अपनाउनु होला । लेनदेनको विवादले अप्ठ्यारो पर्न सक्छ । अरूका लागि बुद्धि र श्रम खर्चनु पर्ने देखिन्छ । आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन् । विद्यामा कमजोरी र लेनदेनमा विवाद होला । व्यावसायिक काममा पनि समस्या आउन सक्छ ।
तपाईको दिन शुभ रहोस् ।
आजको मौसम
मौसम पूर्वानुमान महाशाखाको मौसम पूर्वानुमान प्रकाशित बुलेटिन अनुसार
मौसम विश्लेषण :- हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणाली छैन ।
हालको मौसमको अवस्था :- हाल सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भू-भागमा आँ शिक ब दली रही वाँकी स्थानहरुमा मौसम सामान्यतया सफा रहेको छ ।
आज दिउँसो :– सुदूर पश्चिम, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा आँशिक बदली रही वाँकी स्थानहरुमा मौसम सामान्यतया सफा रहनेछ
आज राती :– सुदूर पश्चिम, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा आँशिक देखि सामान्य बदली रही वाँकी स्थानहरुमा मौसम सामान्यतया सफा रहनेछ । पश्चिमी उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना रहेको छ ।
माघ २५ गते आईतबारदेखी फाल्गुन ०१ गते शनिबार सम्मको साप्ताहिक राशिफल
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) :- प्रेम तथा मित्रताको बन्धन कसिलो भएर जाने तथा दाम्पत्य जीवन सुखि रहनेछ । पढाई लेखाईमा प्रतिश्पर्धिहरुलाई हराउँदै अगाडि बढ्न सकिनेछ । बिभिन्न अवसरले पछ्याउँनेछन् भने चाहेको समयमा कामहरु सम्पन्न हुँने हुँदा आफन्तहरु खुसि हुँनेछन् । सुन्दर तथा बिलाशि बस्तुहरुको प्रयोग मार्फत अरुको मन आफुतिर लोभ्याउँन सकिनेछ । उत्तम बस्त्र, मनपर्ने भोजन तथा बिशेष उपाहार प्राप्तिको योग रहेकोछ । हप्ताको अन्त अथवा शुक्रबार र शनिबारको समय मध्ययम रहेकोले आमा तथा आफन्त सँग साना साना कुरामा राय बाजिनेछ भने साथिभाई सँग मनमुटाब सिर्जना हुने योग रहेकोछ । समयमा काम नबन्ने हुनाले आर्थिक क्षेत्र कमजोर रहनेछ । घर जग्गाको कारेबार गर्दा वा सवारि साधनको प्रयोग गर्दा ध्यान दिनुहोला समय मध्ययम रहेकोछ ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वा) :- मंगलबार सम्मको समय मध्यमय रहेकोले स्वदेशि सामानको उत्पादन तथा बिक्रि घट्न सक्छ भने बिदेशि सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ । स्वास्थ्य सम्बन्धि सामान्य समस्या देखापर्न सक्ने तथा उपचार खर्च बढ्ने योग रहेको छ । अल्छि गर्नेबानिले कामहरु बिग्रन सक्छ । अनाबस्यक खर्च बढ्ने हुँदा दैनिक खर्च बढेर जानेछ । बुधबार देखि समय उत्तम रहेकोले समयमा कामहरु सम्पन्न हुँने तथा अरुको काम गरि नाम तथा दाम दुवै कमाउँन सकिनेछ । अध्ययन तथा अध्यापनको क्षेत्रमा थोरै समय लगानि गर्दापनि सकारात्मक नतिजा हात लागि हुँने ग्रहयोग रहेकोछ । तपाईको लुवाई ख्वाई देखेर सबैजना मोहित हुनेछन् । माया प्रेममा आफ्नो मान्छेलाई आफ्नै वरिपरि देख्न पाउँदा मन प्रशन्न हुनेछ ।
मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) :- हप्ताको पहिलो दिन अर्थात आईतबारको समय राम्रो रहेकोले व्यापार व्यावसाय फस्टाएर जानेछ भने नयाँ काम पाउँने तथा नोकरिमा पदोन्नति हुँने समय रहेको छ । साथिभाई सँग रमाईलो भेटघाट हुँने तथा मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुँनेछ । पैत्रिक सम्पतिको प्रयोग गरि आम्दानिका स्रोतहरु बढाउँन सकिनेछ । सोमबारबाट समय मध्ययम रहेकोले काम गर्दा कानुनको पालना राम्रोसँग गर्नुहोला राज्यबाट दण्ड तथा जरिवान हुँन सक्छ । माया प्रेमको दुरि बढ्ने हुँनाले मनमा नरामाईलो महशुस हुँनेछ । यात्राको क्रममा रुपैया पैसाको सहि परिचालन गर्न नसक्दा खर्च बढ्नेछ । बैदेशिक यात्राको तय हुँनेछ भने बिदेशि सामान तथा रुपैया पैसा हातलागी हुँने योग रहेको छ । बिदेशमा बसेर अध्ययन तथा काम गर्नेहरुले आजको दिन आफ्नो कामदेखि सन्तुुष्ट हुँनेछन् ।
कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) :- व्यापार व्यावसाय फस्टाएर जानेछ भने धनआगमनको गतिलो योग रहेकोछ । बैक तथा बित्तिय क्षेत्र सँग सम्बन्धित कारोबारहरु बढेर जानेछ । तरल पदार्थ तथा खनिज पदार्थको व्यापार व्यावसाय फस्टाएर जानेछ । प्रेममा रमाउन चाहनेहरुका लागि समय राम्रो रहेकोछ । पैत्रिक धन तथा सम्पतिको प्रयोग मार्फत मनग्गे आम्दानि हुनेछ । आर्थिक अवस्था राम्रो हुने हुनाले दैनिक फेरिनेछ । बुधबार र बिहीबारको समय मध्ययम रहेकोले नयाँ काममा हात हाल्न केही समय पर्खंदा राम्रो हुनेछ। स्वास्थ्य सम्बन्धि समस्याले सताउन सक्छ ध्यान दिनुहोला । लामो दुरिको यात्राको तय गर्न सकिने भएपनि यात्राका क्रममा ध्यान दिनुहोला । रुपैया पैसा फस्ने योग रहेकोछ ख्याल गर्नुहोला ।
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) :- प्रशासनिक क्षेत्रमा तपाईको बर्चश्व रहनेछ भने सामाजिक उत्तरदायित्व बहन गर्ने समय रहेकोछ । धार्मिक प्रतिष्ठान तथा मन्दिरतिरको यात्रा गरि टिका तथा प्रसाद ग्रहण गर्ने अवसर जुर्नेछ भने लामो दुरिको शैक्षिक तथा धार्मिक यात्राको प्रवला सम्भावना रहेकोछ । साथिभाई तथा आफन्तको सहयोगमा नयाँ योजना बनाई कार्यान्वयनको चरणमा लान सकिनेछ । खोज तथा अनुशन्धानको क्षेत्रमा राम्रो प्रगति हुँने योग रहेकोछ । भाग्यले साथ दिने हुँदा थोरै लगानिबाट पनि प्रशस्त रुपैया पैसा कमाउँन सकिने तथा आर्थिक रुपमा सवल हुँने ग्रहयोग रहेकोछ । सरकारि सम्पति तथा पृत्रिक सम्पति हात लागि हुँने प्रसस्त सम्भावना रहेको छ । दाजुभाई वा अग्रजहरुको सुझाव तथा सल्लाह मानेर अगाडि बढ्दा सफलता पाउँन सकिनेछ ।
कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पा) :- हप्ताको पहिलो दिन अर्थात आईतबारको समय मध्ययम रहेकोले सवारि साधनको प्रयोग गर्दा वा चलाउँदा ध्यान दिनुहोला नराम्रो घट्ना घट्न सक्छ । आफन्त तथा साथिभाई बिच बैमनस्यता बढ्ने ग्रहयोग रहेकोछ सचेत रहनुहोला । सोमबारबाट समय राम्रो रहेकोले कल्याणकारि तथा तारिफयोग्ग काम गरि चर्चामा आउन सकिनेछ । भाग्य तथा समयले साथ दिने हुदा सानो प्रयत्नले ठुला कामहरु बन्नेछन् । धर्म तथा अध्यात्मिक क्षेत्रमा ध्यान जाने हुनाले धार्मिक प्रतिष्ठान वा मन्दिर तिरको यात्रा हुनेछ । दाजुभाई तथा जीवन साथि सँगको सम्बन्ध थप सुदृड हुनेछ । लेखन कलाको माध्ययबाट आफ्ना बिचारहरु मनमानसमा लैजान सकिनेछ । बुधबार तथा बिहिबार नयाँ काम गर्नुभन्दा पनि गरिरहेको कामलाई निरन्तरता दिनुहोला समयले साथ दिनेछ ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,त) :- आर्थिक पक्ष बलियो रहने हुनाले जिवन शैलि बिलाशि रहनेछ । नया काम गरि आम्दानि बढाउन सकिनेछ भने भौतिक सम्पति तथा स्थाई सम्पति जोड्न सकिनेछ । माया प्रेममा नजिक हुने तथा आफन्त तथा प्रियजन भेटिने हुदा मन प्रशन्न रहनेछ । रमाईलो यात्राको तय गर्न सकिनेछ । परिवार सँगै बसेर स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर जुर्ने हुनाले मन खुसि रहनेछ । पढाई लेखाईमा राम्रो नतिजा ल्याउदै अगि बढ्न सकिनेछ । सोमबार र मंगलबारको समय मध्ययम रहेकोले सवारि साधनको प्रयोग गर्दा वा चलाउँदा ध्यान दिनुहोला अप्रिय घटना नघट्ला भन्न सकिन्न । दिनभर व्यास्त भएपनि न्यून पारिश्रमिकमा चित्त बुझाउँनु पर्दा मन खिन्न हुँनेछ । व्यापार व्यावसायमा समय दिन नसक्दा घाटा लाग्ने योग रहेको छ भने आम्दानिका स्रोतहरु साघुरिनेछन् ।
बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) :– बृश्चिक राशि भएकाहरुलाई यो हप्ताको समय मध्ययम रहेकोले भौतिक सम्पति तथा सवारि साधनको प्रयोग गर्दा ध्यान दिनुहोला अप्रिर्य घट्ना नघट्ला भन्न सकिन्न । पढाई लेखाईमा समय दिन नसस्दा अरुभन्दा पछि परिनेछ । आफन्त तथा दिदि बहिनि सँग बिवाद सिर्जना हुनेछ । व्यापार व्यावसायमा आम्दानि बढाउन निकै नै समय खर्चनु पर्नेछ । खानपान तथा बाहिरी बाताबरणको ख्याल गर्नुहोला स्वास्थ्य सम्बन्धि समस्या आउन सक्छ । माया प्रेममा एक अर्कालाई शंकाको दृष्टिले हेदा मनमुटाब सिर्जना हुनेछ भने दाम्पत्य जीवनमा चिसोपनाको बिकास हुन सक्छ ध्यान दिनुहोला । यात्रामा सोचेजस्तो सफलता पाउँन कठिन रहेकोछ । साझेदारि व्यावसाय सकभर सुरु नगर्नु होला । बिलाशि बस्तुको प्रयोग गर्न पाईने भएपनि बढिनै उत्साहित हुदा नकारात्मक परिणाम देखा पर्नेछ ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) :- आफन्त तथा मामा माईजुबाट हरेक क्षेत्रमा सहयोग तथा समर्थन पाईने हुँदा अगाडि बढ्न सहज हुँनेछ । बिवादित बिषयहरुबाट निचोड तपाईकै पक्षमा आउँने हुँनाले खुसिले उचाई नाघ्नेछ । पढ्ने लेख्ने काममा अरुलाई पछाडि छोड्दै नतिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ । तपाईसँग मनमुटावको भावना राख्ने तथा सत्रुता साध्नेहरु आफै कमजोर हुँनेछन् । काम गर्न रकम तथा आर्थिक स्रोतहरु जुट्ने हुँनाले व्यापार व्यावसायमा प्रशस्त आम्दानि हुँनेछ । स्वास्थ्य आफ्नै काबुमा हुँने हुँनाले नयाँ नयाँ काम गर्न सकिनेछ । हप्ताको अन्त अथवा शुक्रबार तथा शनिबारको समय मध्ययम रहेकोले समय तथा परिस्थिति अनुशार नचल्नाले दुख पाईनेछ । सामान्य स्वास्थमा समस्या आई उपचार खर्च बढेर जानेछ । पढाई लेखाईमा अलि बढि ध्यान दिनुहोला ।
मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) :- राजनिति तथा समाजसेवामा जनताको आलोचनात्मक समर्थन पाईने योग रहेकोछ । आमा तथा अग्रजहरुको आशिर्वाद लिएर अगाडि बढ्न सके साता फलदायि रहनेछ । उपहार तथा चिठ्ठा प्राप्तिको प्रशस्त सम्भावना रहेकोछ भने भौतिक सम्पति हरु लाभ हुँनेछन् । शिक्षा क्षेत्रसँग सम्बन्धित क्षेत्रमा लगानि बढाउँदा मनग्गे धन कमाउँन सकिनेछ । घर परिवारमा नयाँ मानिसको आगमान हुँनेछ भने सन्तान तथा छोराछोरिको प्रगति देख्न पाईनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने परिवारमा आत्मियता झल्कनेछ । पढाई लेखाईमा साथिहरुभन्दा अग्र स्थानमा तपाईको नाम आउँदा मन प्रशन्न हुँनेछ । बुधबार र बिहिबारको समय मध्ययम रहेकोले मौषमि रोगको प्रकोपले समस्या निम्त्याउनेछ भने हाड जोर्निहरुमा समस्या आउन सक्छ ध्यान दिनुहोला । सवारि चलाउदा ख्याल गनुहोला चोटपटक तथा दुर्घटना हुने योग रहेकोछ । कुनै पनि विवादित बिषयमा सामेल नहुनु नै राम्रो रहेकोछ भने न्ययिक निर्णयहरु तपाईको पक्षमा आउने छैनन् ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) :- मंगलबार सम्मको समय मध्ययम रहेकोले तपाईको व्यावहारले मान्यजन तथा आमाको मन दुख्नेछ ध्यान दिनुहोला । अरुकै काममा समय बित्ने हुदा आफ्नो काम थाति रहनेछ । बिभिन्न योजनाहरु छलफलका लागि ल्याउन सकिने भएपनि सहकर्मिहरुबाटनै बिरोध हुनेछ । अध्ययनमा भनेजस्तो सफलता हात लगाउन निकै मेहनेतको जरुरी पर्नेछ । बुधबारदेखि समय राम्रो रहेकोले सबैको सहयोग पाईने हुँनाले काम गर्न जोस जागर आउँनेछ । सामाजिक काममा दिन बित्ने हुँदा मन प्रशन्न रहनेछ भने सबैले तपाईको क्षमताको कदर गर्नेछन् । व्यापार व्यावसायमा लगानि गरि सोचेजस्तो आम्दानि गर्न सकिनेछ । पढाई लेखाई अन्य दिन भन्दा सुधार हुने हुँनाले आफन्त हरु खुसि हुनेछन् । माया प्रेममा सामिप्यता बढेर जानेछ भने परिवार तथा आत्मिय मित्रमा साथ रमाईलो यात्रा हुँनेछ ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) :- व्यापार व्यापार फस्टाएर जानेहुँनाले थप लगानि गर्ने वाताबरण बनेर जानेछ । कार्यक्षेत्रमा तपाईको निर्णयको उच्च सम्मान गरिनेछ भने बिशिष्ट व्याक्ति मार्फत सम्मान पाउँने योग रहेकोछ । कुटुम्बसँग मिलेर गरिने व्यापार व्यावसाय फस्टाएर जानेछ । बिद्या तथा प्रतिष्पर्धामा प्रतिश्पर्धिहरुलाई हराउँदै हराउँदै अगाडि बढ्न सकिनेछ । माया प्रेममा सामिप्यत बढ्नेछ भने पति पत्निबिच मायाको डोरो कसिलो भएर जानेछ । साथिभाई संगको रमाईलो बसाईमा स्वादिष्ट भोजनका साथ समय ब्यातित गर्न सकिनेछ । बुधबारबाट समय मध्ययम रहेकोले समाजसेवामा जनताको काम गर्न नसक्दा तपाईको आलोचना हुनेछ । अरुलाई दिएको बचन पुरा गर्न नसक्दा व्यार्थै दुख पाईनेछ । नया काम गर्नको लागि केहि समय पर्खनुनै राम्रो रहेकोछ । धन तथा सम्पति अरुले नै लाने तथा उठ्नु पर्ने रकम नआउनाले खर्च अभाव हुनेछ । नया ज्ञान तथा प्रवृधिको प्रयोग गर्दा ध्यान दिनुहोला समय मध्ययम रहेकोछ । माया प्रेममा मनमुटाब बढ्नेछ भने दाम्पत्य जीवनमा उतार चडाब आउनेछ ।
तपाईको दिन शुभ रहोस ।