शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

चुरे वि नासले सिन्धुलीका दर्जनौं बस्ती खानेपानीको समस्या झेल्दै

सोमवार , मंसिर १५, २०७७

सिन्धुली,१५ मंसिर – सिन्धुली जिल्लामा बर्सेनि हुने चुरे दोहन र महाभारत क्षेत्रका वन फ डानीका कारण मुहान सुक्न थालेपछि दर्जनौ बस्तिमा खानेपानीको स मस्या हुदै गएको छ ।

२०७२ साल वैशाख १२ गतेको भू कम्प र तीव्ररुपमा हुदै आएको वन फ डानी, ढुंगा गिट्टी बालुवा उत्खनन्ले वन क्षेत्र उजाड हुदै जाँदा जिल्लाका अधिकांश बस्तीमा खानेपानीको अ भाव हुन थालेको स्थानीयको भनाइ पाईन्छ ।

मुहानमै पानी सुकेपछि जिल्लाको महाभारत तथा कमालाखुँज र सुनकोसी गढतिर क्षेत्रमा बर्सेनि गर्मीयाममा खानेपानीको चरम अभाव सुरु हुने स्थानीयले जनाएका छन् । कमलामाई नगरपालिका –१३ रानीबास निवासी शिक्षक पुजन बख्रेल अवैद्य चुरे जंगलको फडानी र क्रसर उद्योगका कारण पनि मुहानमा पानी बर्सेनि घट्दै गएको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “जंगल फडानीकै कारण मुहानमा पानीको क्षमता बर्सेनि घट्दै गएको छ । केही वर्षअघिसम्म बाह्रै महिना घरको आँगनमै खानेपानीको धारो झर्दथ्यो । अहिले गर्मी मौसम सु क्ने गरेको छ ।”

चुरे दो हनका कारण पानीको मुहान सुक्दै जाँदा रानीबासका दुई वटा वडामा गरी झण्डै एक हजार परिवार प्रभावित बनेको उहाँको अनुमान् छ । “पहिला चुरेका हरेक खोल्सामा पनि हुन्थ्यो । पाइप प्रयोग गरेर घरै पिच्छे पानीको धारा जडान गरिएको थियो । तर, पछिल्लो समय दिनदिनै चुरे फडानी बढ्दै जाँदा त्यस्ता पानीका मुहाननै सुख्खा भएपछि गाउँभरीका धारमा बाह्रै महिना पानी आउन छाडेको छ,” उहाँले थप्नुभयो ।

त्यसो त, चुरे बिनास गर्नेलाई राजनीतिक संरक्षण भई रहेकाले समस्या जस्ताको तस्तै रहेको स्थानीय बासिन्दा बताउछन् । डिभिजन वन कार्यालयको तथ्यांकमा कुल क्षेत्रफलको ६५ प्रतिशत वन क्षेत्र भएको र त्यसमध्ये आधाभन्दा बढी चुरे क्षेत्रमै रहेको छ । त्यसको ९० प्रतिशत साल जातका रुख भएकाले पनि तस्करहरुको आँखा त्यसतर्फ लागेको छ ।

कार्यालयका अनुसार विगत २० वर्षयता चुरे क्षेत्रको विनास ज्यामितिय दरमा बृद्धि भई रहेको छ । यस्तै अवस्था रहने हो भने चुरे क्षेत्रको वन त सखाप नै हुने छ । जिल्ला भरिमा करिब आठ हजार हेक्टर वन अतिक्रमण भई बिनास भई सकेको छ ।

स्थानीयका अनुसार कमला नदीमा सडकका नाममा दर्जनौं क्रसर स्थापना भएका छन् । क्रसरले खोला खोतल्न थालेपछि कमला नदीमा पनि पानीको सतह भासिएको छ । खोलका किनारामा जडान गरिएका ट्युबेल र इनारमा पनि पानी घट्दै गएको छ । पानी अभावका कारण घण्टौंको दूरीबाट पानीको जोहो गर्नुपर्ने बाध्यता सिर्जना हुदै गएको छ ।

कमला नदीमा जस्तै जिल्लाका मरिण, गवाङखोला जस्ता नदीमा पनि पानीको सतह घटेको छ । वन फडानी, ढुंगा गिट्टी बालुवा उत्खननले पानीको स्रोत सुक्दै जाँदा जिल्लाको ठूलो जनसङख्यामा खानेपानीको समस्याबाट प्रताडित बनेको बताईएको छ । खानेपानी तथा सरसफाई डिभिजन नम्बर ४ रामेछाप, फिल्ड कार्यालय सिन्धुलीका ईन्जिनियर अभिराम मिश्र पनि वन फडानी र जथाभावि ढुंगा, गिटी बालुवा उत्खननले पानीको मुहान सुक्ने बताउनुहुन्छ ।

जमिन माथि बग्ने पानीको मुहान सुक्दै जाँदा जिल्लाको ठूलो जनसंख्या रहेको कमलाखुँज क्षेत्रमा जमिन मुनिको पानी बोरिङ र लिफ्ट गरी बितरण गरिएको सुनाउनुहुन्छ । सुनकोसी गाउँपालिकामा पनि ७ वटै वडामा खानेपानीको अभाव छ । त्यस क्षेत्रमा पानीका मुहान पुरै सुकेपछि सुनकोसी नदीको पानी बोरीङ र लिफ्ट गरेर खुवाउन थालिएको उक्त गाँउपालिकाले जनाएको छ ।

गाँउपालिकाका अनुसार केही वडा बाहेक अधिकांशमा खानेपानीको श्रोतनै छैन । वरीपरी सुख्खा क्षेत्र मात्र छ । पानीको मुहाननै नहुदा गाउँपालिकाले बजेटको व्यवस्थापन गरेर सुनकोसीबाट लिफ्ट गराएर सङकलन गरिएको पानी स्थानीयलाई वितरण गर्न थालेको छ ।

महाभारत क्षेत्रका जंगल सडक निर्माणका निहुमा जथाभावी भत्काउदा पानीको मुहान सुक्दै गएको स्थानीयको गुनासो छ । जिल्लाका अधिकांश क्षेत्रका पानीको मुहान जोगाउन सकिएन भने जिल्लामा खानेपानीको थप सं कट आउनेमा कुनै दुईमत छैन । यसका लागि प्राकृतिक श्रोतसाधनको समुचित व्यवस्थापन र संरक्षण गर्नु जरुरी भएको स्थानीयको भनाई छ ।

प्रतिक्रिया