शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

सिन्धुलीमा कृषिमा आधुनिक प्रविधिको प्रयोग बढ्दै

शुक्रवार , मंसिर १२, २०७७

 

सिन्धुली,१२ मंसिर – सिन्धुली जिल्लामा पछिल्लो समय कृषिका क्षेत्रमा आधुनिक प्रविधिको प्रयोग बढ्दै गएको छ ।

आधुनिक प्रविधिको प्रयोग बढेसँगै लागत घट्दा किसान लाभान्वित भएका छन् । विशेष गरी धान रोप्न, का ट्न र झा ट्न यन्त्रीकरणको प्रयोग बढ्दै गएको हो । अर्काेतर्फ यस्ता यन्त्र महँगा हुने र प्रयोग कम हुने हुँदा सरकारको अधिकतम अनुदानविना किसानले खरिद गर्न क ठिन हुने गरेको छ ।

बर्षौदेखी जिल्लाका सुगम क्षेत्रमा मात्रै सिमित आधुनिक कृषि प्रविधि यतिखेर जिल्लाका दु र्गम क्षेत्रमा समेत सहजताका साथ प्रयोग हुन थालेका छन् । कृषि सडकको निर्माणसंगै अहिले दुर्गम क्षेत्रहरुमा पनि आधुनिक प्रविधिका कृषि औ जारहरु प्रयोग हुन थालेका छन् । कतिपय उपकरण गहुँ र मकैलगायत बालीमा पनि प्रयोग हुने गर्दछन् । कतिपय भने एउटा बालीमा मात्रै प्रयोग हुने गर्दछ ।

ट्रयाक्टर नजाने ठाउँमा मात्र गोरुले जोत्ने तथा दाइँ हाल्ने गरिए पनि अधिकांश किसानले खेतीपातीमा ट्रयाक्टर तथा हाते ट्रयाक्टरको प्रयोग गर्न थालेका स्थानीय बासिन्दा बताउछन् । “ग्रामिण तथा माहाभारत क्षेत्रमा पनि खेत वारीमा ट्रयाक्टरको माध्यमबाट अहिले जोत्ने काम भई रहेको छ,” गोलान्जोर गाँउपालिका–३ वडा अध्यक्ष पुष्कर बरालले भन्नुभयो, “सुगम क्षेत्रमा त कुरै छाडौ, दु र्गम क्षेत्रमा समेत आधुनिक कृषि प्रविधिको प्रयोग पछिल्लो समयमा बढ्दो देखिन्छ ।”

विगतका बर्षहरुमा महिना दिन लगाएर खेत जोतेर बालिनाली लगाउने किसान यतिखेर ट्रयाक्टरको प्रयोगले अव एकै दिनमा वालिनाली लगाउन थालेका उहाँले सुनाउनुभयो ।

पछिल्लो समयमा जिल्लामा ठूला तथा साना आधुनिक कृषि औजार भित्रिएसँगै किसानहरु त्यसलाई उपयोग गरि आफ्नो जीवनयापनलाई सहज बनाउन थालेका हुन् । गाँउ घरमा कृषि मज्दुरको अ भाव हुदै जानु र आधुनिक कृषि प्रविधिको प्रयोगले समय तथा खर्च समेत बचत हुने हुदा किसानहरु त्यसप्रति आकर्षित भएका हुन् ।

फिकल गाउँपालीका–४ खाङसाङ निवासी किसान केदार माझी कृषि ज्ञान केन्द्रबाट अनुदानमा हाते ट्रयाक्टर गाउँमा ल्याएपछि अहिले आफुले रोजगारी पाएको बताउनुहुन्छ । पहिला खेत जोत्न गोरु प्रयोग गर्दा गोरु घस्याउनु पर्ने चलन रहेकोमा अव ट्रयाक्टरले खेत जोत्नु पर्दा किसानले तेल किन्नु पर्ने उहाँको भनाई छ । हाते ट्रया क्टरले खेतबारी जोत्दा तेल बाहेक प्रति घण्टा तीन सय रुपैयाँ ज्याला लिने गरेको माझीले सुनाउनुभयो ।

खेतीपातीको सिजनमा दैनिक २५ सय देखी तीन हजार रुपैयासम्म कमाई हुने गरेको माझीको भनाई छ । उहाँका अनुसार गाउँपाखा पखेरामा अहिले पावर टिलर तथा मिनि टिलरका साथमा खेत बारी जोत्ने काममा किसान लाग्ने गरेका छन् । धानबाली भित्र्याएसँगै खेत जोतेर किसान यतिखेर गँहु बाली लगाउने चटारोमा छन् ।

खेतीका साथै धान थन्क्याउनका लागि थ्रे सरको प्रयोग पनि बढ्दै जान थालेको दुधौली नगरपालिका–२ का किसान नरनाथ पहाडी बताउनुहुन्छ । उहाँले भन्नुभयो, “गोरुले दाइँ हाल्ने गरेकोमा थ्रेसर भित्रिएसँगै दाइँ हाल्न गोरुको प्रयोगमा पनि कमी आइसकेको छ । थ्रेसर र ट्रयाक्टरले गर्दा किसानले गोरु पाल्न समेत छा्ड्दै गएका छन् ।”

 

धान पराल छुट््याइ दिने थ्रेसरको प्रयोगसँगै धान भित्र्याउनका लागि जनशक्ति पनि कम लाग्ने गरेको उहाँको भनाइ छ । थ्रेसरको प्रयोग गरेबापत प्रतिघण्टा तीन हजार रुपैयाँसम्म बुझाउनु पर्ने किसानले बताएका छन् । एकै दिनमा खेत जोती बाली लगाउन सकिदा खेतीमा लाग्ने जनशक्तिमा समेत कमी आएको किसानहरु बताउछन् ।

सिन्धुलीको कमलामाई नगरपालीका, दुधौली र मरिण क्षेत्रमा किसान आफैले ट्रयाक्टर खरिद गरि खेत जोत्ने गरेका छन् । जिल्लामा आधुनिक कृषि प्रविधि भित्र्याउन कार्यालयले साना कृषि यन्त्र ७५ प्रतिशत र ठूला कृषि यन्त्र ५० प्रतिशत अनुदानमा किसानलाई बितरण गर्दै आएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

कमलामाई नगरपाकिाले पनि पछिल्लो समयमा किसानहरु आधुनिक कृषि औजारप्रति आकर्षित हुदै गएपछि मिनी ट्रेलर (जोत्ने हलो) बितरण गर्दै आएको जनाएको छ । कमलामाई नगरपालिकाले गत बर्ष वडा नं. १, ४, ५, १०, ११ र १२ का एक÷एक जना तथा वडा नं. २ र ७ का दुई÷दुई जना गरी १० जनालाई मिनी ट्रेलर बितरण गरेको जनाएको छ ।

नगरपालिका कृषि शाखाका प्राविधिक देबीप्रसाद सापकोटा यो बर्षपनि किसानलाई आधुनिक कृषि यान्त्रीकरण बितरण गर्ने कार्यक्रम रहेको बताउनुहुन्छ ।

प्रतिक्रिया