शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

सिन्धुलीमा १२ जना सं क्रमित थपिए

शुक्रवार , मंसिर १२, २०७७

सिन्धुली,१२ मंसिर – सिन्धुली जिल्लामा बिहिबार कोरोना सं क्रमित थपिएका छन् ।

२१ जनाको पिसिआर परिक्षण गर्दा १२ जनामा कोरोना सं क्रमण देखिएको सिन्धुली अस्पतालले जनाएको छ । सं क्रमितमध्य १० जना कमलामाई नगरपालिकाका र २ जना गोलन्जोर गाउँपालिकाका रहेका छन् । उनीहरु उपचारका लागि होम आईसोलेसनमा बसेका छन् ।

अहिले जिल्लामा सक्रिय कोरोना सं क्रमितको संख्या २६ रहेको छ । हालसम्म जिल्लामा ३४५ जना कोरोना सं क्रमण पुष्ठी भएको स्वास्थ्य कार्यालय सिन्धुलीले जनाएको छ ।

आज सिन्धुलीमा सार्बजनिक बिदा

दुधौली नगरपालिका सिन्धुलीले आज सार्वजनीक विदा दिइएको छ । दनुवार जातीको बिशेष पर्व हरिवोधनी एकादशी (बरकी एकादशी)को अवसरमा विदा दिइएको हो । दुधौली नगरपालिकामा दनुवार समुदायको बाहुल्यता छ । यहाँका दनुवार जातिले बरकी एकादशी पर्वलाई धुमधामसाथ मनाउँने गर्छन् ।

दुधौली नगरपालिकाको वार्षिक क्यालेन्डरमा बुधवार सार्वजनीक विदा उल्लेख भएपनि दनुवार जागरण समिति सिन्धुलीको अनुरोध अनुसार बिहिवार बरकी एकादशी पर्ने भनी सो दिन सार्वजनीक विदाको माग भएकाले आज(विहिबार) सार्वजनीक विदा दिइने निर्णय गरिएको दुधौली नगरप्रमुख घनश्याम राउतले बताउनुभयो । स्थानीय संस्कृति,परम्पराको संवद्र्धन एवं प्रवद्र्धनका लागि बरकी एकादशीका दिन नगरले बर्षेनी सार्वजनीक बिदा दिइने निर्णय गरेको उहाँको भनाई छ ।

जिल्लाका दनुवार समुदायले विगत केहि बर्षदेखि बरकी एकादशी पर्व खुल्ला कार्यक्रमको आयोजना गरि भव्य रुपमा मनाउँदै आएपनि यसबर्ष कोभिड–१९ का कारण आ–आफ्नो घरमा सुरक्षित तरिकाले मनाउने निर्णय भएको दनुवार जागरण समिति सिन्धुलीले जनाएको छ ।

का ेभिडको कारण नेपाल सरकारले भेला,समारोह,खुल्ला मञ्चका कार्यक्रमहरु गर्न रोक लगाएकाले यसबर्षको बरकी एकादशी पर्वको कार्यक्रम आ–आफ्नो घरमा मात्रै सिमित राखेर स्वास्थ्य मापदण्डको पुर्ण पालना गदैँ सुरक्षितसंग मनाउने निर्णय भएको दनुवार जागरण समिति सिन्धुलीका अध्यक्ष नारायण अधिकारी दनुवारले बताउनुभयो ।

बरकी एकादशीमा महिला पुरुष सबैले ब्रत बसेर महादेवको आरधनासहित जेष्ठ नागरिकहरुको उपस्थितिमा नाचगान गरी मीठा परिकार बनाएर खाइने गरिन्छ ।

सिन्धुलीको जंगलमै लु के बम्जन, प्रहरीजस्तै बम्जनका सु राकी पनि स क्रिय !

प्रहरीको सर्वाधिक खोजीमा रहेका व्यक्ति हुन् लिटिल बुद्धका नामले चिनिँदै आएका तपस्वी रामबहादुर बम्जन । लामो समयदेखि प्र हरीको खो जीमा रहेका बम्जन फे ला पर्न नसकेपछि प्रहरीले खो जीका लागि विशेष टोली नै परिचालन गरेको छ । केन्द्रीय अ नुसन्धान ब्‍युरो (सीआईबी) को विशेष टोली उनकै खोजीमा छ ।

ब ला त्का र र आनी बे पत्ता गरेको आ रोप लागेका बम्जनसहित जिल्ला अदालत, सर्लाहीमा तीन जनालाई प्रतिवादी बनाउँदै मु द्दा दा यर भइसकेको छ । मु द्दा दा यर भइसकेपछि अदालतमा बम्जन उपस्थित हुने कतिपयको अनुमान थियो । तर उनी उपस्थित भएनन् ।

उनको बाराको हल्खोरिया जंगल, सिन्धुली, नुवाकोटमा आश्रम रहेको बताइएको छ । तर प्रहरी बम्जन सिन्धुलीकै जंगलमा रहेको दा बी गर्छ । केन्द्रीय अनुसन्धान ब्युरो प्रमुख (डीआईजी) सहकुल थापा भन्छन्, “निकै ध ना जंगल छ । उनी सोही जंगलमा लु केको सूचना हामीसँग छ । खोजी कार्यमा हामी नि रन्तर लागेका छौं ।”

यसअघि प्रहरीले पटक-पटक सिन्धुलीस्थित उनको आश्रममा छा पा हानिसकेको छ । यसअघि बम्जनको सिन्धुपाल्चोक आश्रममा पनि प्रहरीले छा पा मा रेको थियो ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) कै टोलीले सिन्धुपाल्चोकस्थित आश्रममा पनि खा नतलासी गरेको थियो । सो क्रममा बम्जनको आश्रमबाट श व ग लाउन प्रयोग गरिएका नुनका ढिका भने फेला परेको थियो । बम्जनमाथि सर्लाहीकी रीता बोट, नुवाकोटकी कर्मा तामाङ र मकवानपुरकी फूलमाया तामाङको ह त्या गरेको आ रोप पनि लाग्दै आएको छ । उनका अनुयायीहरु तथा समर्थकहरुले भने आ रोपको खण्डन गर्दै आएका छन् ।

तर त्यसयता बम्जन देखिएका छैनन् । प्रहरीले बम्जन रहेको भनिएको उनको आश्रम र जंगल सिन्धुलीस्थित कमलामाई नगरपालिका ८ स्थित जंगलमा रहेको क्षेत्रमा मैत्री धर्म आश्रमले चर्चेको स्थानमा पर्छ । आश्रमको मूलगेटबाट चार सय मिटर अगाडि १० रोपनीमा बम्जन बस्ने घर छ ।

बम्जनको आश्रम रहेको जंगलमा अ त्याधुनिक भवनसमेत छन् । जंगलमै रहेको आश्रममा जि म हाउस पनि छ ।

बम्जनले ठाउँ-ठाउँमा सेन्ट्री पोस्ट निर्माण गरेका छन् । जसले नयाँ मान्छे वा प्रहरी आश्रम क्षेत्रमा प्रवेश गर्दा भित्र सूचना प्रवाह गर्छन् । झन्डै ३५ बिघाको घना जंगलमा बम्जनको आश्रम फैलिएको छ । बम्जन सोही जंगलमा रहेको र जंगलमै रहेका उनका सु राकी हरेक नयाँ मान्छेका गतिविधिको सूक्ष्म निगरानी गर्दै आएका छन् ।

सुराकीबाहेक करातेलगायत तालिमप्राप्त खेलाडी पनि बम्जनको सुरक्षामा रहेको बताइन्छ । बम्जनलाई भेट्न सीमित व्यक्तिमात्रै जान पाउने गरेको प्रहरी दाबी छ । उनलाई केही स्थानीय जनप्रतिनिधिले समेत सहयोग गर्दै आएको अ नुसन्धानबाट खुलेको प्रहरी बताउँछ ।

बाह्रखरीबाट साभार

सिन्धुलीको भिमानमा नापी हुदै

सिन्धुलीको कमलामाई नगरपालिका–९ मा एक हजार ३३ परिवार पचास वर्षदेखि लालपुर्जावि हिन अवस्थामा रहेको पाईएको छ ।

जिल्लाको दोस्रो ठूलो व्यापारीक केन्द्र भीमान बजारको अधिकांस जग्गाको लालपूर्जा नभएको स्थानीयको गु नासो छ । उक्त वडाका वडाध्यक्ष देवराज पौडेलले भीमान बजारका साथै पन्नेसी, सुकेखोला, बथानचौडी, कोरुङखोला लगायत आधा दर्जन बस्तीमा बसोबास गर्नेको लालपुर्जा नभएको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “भिमान क्षेत्रको बस्ति २०२३ सालतिर जङगल फडानी गरी बसेको हो । २०२८ साल र २०३८ सालमा नापी विभागले नापी गर्दा जग्गा दर्ता भएपछि तिरो तीर्नु पर्ने डरले कसैले पनि नापेनन् । त्यतीबेला छुटेपछि अहिले अधिकांस नै लालपुर्जा विहिन अवस्थामा रहेका छन् ।”

अहिले बास्तबिक सु कुम्बासी पहिचान गरी लालपुर्जा बितरण गर्न नगरपालिकाले भिमान क्षेत्रको वडा नं. ८, ९, १०, १३ र १४ मा तीन महिनाअघिदेखि नापी कार्य सुरु गरेको उहाँले सुनाउनुभयो । उहाँका अनुसार आगामी जेठसम्ममा सक्ने गरी चार वटा टोली परिचालन गरी नापी कार्य भई रहेको छ । अहिलेसम्म वडा नं. ८, ९ र १३ मा ८० प्रतिशत र वडा नं. १४ मा ७० प्रतिशत नापी कार्य सकिएको छ । वडा नं. १० मा तीहार पछिबाट नापी कार्य भर्खर सुरु गरिएको छ ।

नापी कार्य सकिएपछि बास्तविक सु कुम्बासीलाई पहिलो चरणमा र अन्यत्र पनि जग्गा भई जो पहिलेदेखि नै बस्दै आएका छन्, त्यस्तालाई दोस्रो चरणमा लालपुर्जा बितरण गर्ने योजना रहेको वडा अध्यक्ष पौडेलले जानकारी दिनुभयो । उहाँका उक्त वडामा करिब १३ सय घरधुरी छन्, ती मध्ये ८५ प्रतिशत ऐलानी जग्गामा वर्षौंदेखि बसोबास गर्दै आएका छन् । भीमान बजारमा मात्र झण्डै चार सयबढी ठूला पक्की घर निर्माण भइसकेका छन् ।

करिब १३ सय घरधुरी रहेको उक्त वडाका एक हजार ३३ परिवारले आफु बसोबास गर्दै आएको घर जग्गा नापी गरि दिन वडा कार्यालयमा निवेदन दिएको वडा सचिव मुकेश तामाङले जानकारी दिनुभयो । करोडौं रुपैयाँको लागतमा बनाएका आवास स्थानीयले आफ्नो हो भनेर दावी गर्ने आधार समेत नभएको उनीहरुको भनाई छ । स्थानीयले त्यो जग्गा कसरी लिए, बस्ने आधार र अधिकार के हो ? भन्ने कुराको पनि खोजी भएको छैन ।

“२०२८ सालको नापीमा छुटेपछि वडाको आधा दर्जन बढी बस्ती लालपूर्जाविहिन भएको हो”, अर्का स्थानीय बासिन्दा झलकबहादुर माझीले भन्नुभयो, “त्यति बेला जिल्लाको दुर्गम क्षेत्र थियो भिमान क्षेत्र । जग्गाको महत्व पनि थिएन, जग्गा दर्ता गराउदा तिरो तिर्नु पर्ने डरले जग्गा धनीले आफ्नो जग्गा नापी नगराएको हुन सक्छ । अहिले जिल्लाकै ब्यापारीक केन्द्र बनेको छ, तर लालपूर्जा छैन ।”

२०२८ सालमा नापी टोली आउदा कमला नदी किनारको खेत नपाएका स्थानीय २०४१ र २०५१ सालको बाढीले उक्त खेत बगाएपछि ऐ लानी ठाउँमा सरेका उहाँले बताउनुभयो । स्थानीयका अनुसार नापी, नक्सा र लालपूर्जा भएका खेत कमला नदीले बगाएर बगरमा परिणत भएको छ । यहाँको चुरेबाट बगेर आउने खहरे कमला नदीमा मिसिएर धेरै खेती योग्य जमिन कटान गरेको छ ।

स्थानीय जानकार शालिग्रामप्रसाद पौडेलका अनुसार भिमान बजार हुदै अधिकांस बस्ती छोएर बीपी राजमार्ग बनेको छ । सडक खुल्नुअघि सिन्धुलीबाट कमलाखोंच क्षेत्र प्रबेश गर्ने नाका भीमान बजार भएकाले यहाँ पहिले देखिनै व्यापारीक चहलपहल थियो । “वर्षौदेखि घर गृहस्थी गरेर बस्नेलाई समस्या भएन तर, घर जग्गा विक्री गर्न र व्यापार व्यवसायीका लागि लालपूर्जा नहुदा समस्या भएको छ”, उहाँले भन्नुभयो ।

तत्कालीन समयमा नापी हुँदा बजार मुनिको जग्गालाई मात्र सिमाना बनाएर डिभर्केशन (पोल गाड्ने) गरिएको थियो । वन कार्यालयले उक्त बस्ती बसेको जग्गा गाउँ पञ्चायतको हुने व्यवस्था गरेको थियो । बर्षौंदेखि घर जग्गाको नापी नक्सा नहुदा सरकारले बस्ती उठाउने होकी भन्ने चिन्ताले दिनरात सताउने गरेको स्थानीयको भनाइ छ ।

 

हिउद मौसमसँगै चकमकेमा खानेपानीको हा हाकार

सिन्धुली– तीनपाटन गाँउपालिकाको सदरमुकाम चकमके बजारमा हिउद मौसम सुरुसँगै खानेपानीको हा हाकार म च्चिएको छ ।

झण्डै पाँच सय घरधुरी रहेको चकमके बजारभरी एउटा मात्र धारा हुदा खानेपानीको स मस्या भएको स्थानीय बासिन्दाको गु नासो छ । उक्त वडाका अध्यक्ष हितलाल श्रेष्ठ हिउद मौसमको सुरुसँगै चकमके बजारमा खानेपानीको स मस्या हुदै गएको बताउनुहुन्छ । “चकमकेमा खानेपानीको हा हाकार हुदै गएको छ,’ उहाँले भन्नुभयो, ‘भएको पा नी सु क्दै गएको छ । त्यही पानी पनि आधा बेल्टार लगिएको छ । भएको पानी पनि सफा आउदैन ।”

चकमके बजारमा खानेपानीको स मस्या बढ्दै गएपछि आफुले वडाको बजेटबाट दुई वटा ईनार खनिदिएको उहाँले सुनाउनुभयो । प्रत्यके दिन उज्यालो हुनासाथ बिहानभरी खानेपानीको जोहो गर्दै बित्ने गरेको स्थानीयको गुनासो छ ।

“सिंगो बजारमै एउटा धारा छ, त्यो पनि अर्को वडामा,” चकमके बजार उद्योग बाणिज्य संघका अध्यक्ष आनन्द कार्कीले भन्नुभयो, “बस्ति बाक्लो छ । उज्यालो हुनासाथ के महिला, के पुरुष ! सबैजसोका हातमा रित्ता गाग्री तथा बोतल हुन्छ । उज्यालो हुनासाथ पहिलो काम भनेको खानेपानीको जोहो गर्नु हुन्छ ।”

उहाँका अनुसार चकमके बजार वडा नं. ११ मा पर्छ भने खानेपानीको धारा भएको ठाँउ वडा नं. ४ मा पर्छ । सुख्खा मौसममा घण्टौं लाइन बसेर खानेपानीको जोहो गर्नु पर्ने बाध्यता छ । बर्षादको मौसम सुरु भएपनि अहिलेसम्म खडेरीकै च टारो छ । बर्षादको मौसममा भने खोला बाधक भएर समस्या हुने गरेको छ । बजार नजिकैको हाडीखोला तरेर खानेपानी ओसार्नु पर्ने भएकाले महिलाहरुलाई भने वर्षायाम सुरु भएपछि समस्या हुने गरेको छ ।

बजार खोला वारि र खानेपानीको एकमात्र धारा खोला पारी भएपछि पानी ओर्सान समस्या हुने गरेको स्थानीय महिलाहरु बताउछन् । बर्षादको मौसममा पुरुषको सहायतामा खोला तरेर पानी बोक्ने गरेका गरेको स्थानीय महिला पार्बती मगरले बताउनुभयो । उहाँले भन्नुभयो, ‘खोलामा बाढी आउदा भने धमिलो पानी नै पीउन बाध्यता छ । ठाडो खोला भएकाले बाढी आउ“दा पार गर्न कठिन हुने गरेको छ ।’

धेरै बर्ष अगाडी निर्माण भएका खानेपानी धारा हाल सु ख्खा छन् । भूकम्प पछि तीरतीर आउने धाराको पानीको मुहान पुरै सु केको छ । मुहान ध सिने तथा पुर्ण रुपमा सु केपछि लाखौ खर्चेर बनाएका खानेपानीका योजनाबाट समेत पानीको स मस्या समाधान हुन नसकेको स्थानीय बताउ“छन् । चकमके बजारमा होटल सञ्चालन गर्दै आएका शंकर श्रेष्ठ धारा भएपनि पानी नआउने गरेको बताउनुहुन्छ ।

‘बजारमा धारा छन्, तर पानी छैन,’ उहाँले थप्नुभयो, ‘पानीको अ भाव धेरै छ । होटलका लागि आवश्यक पानी नजिकैको सामुहिक इनारबाट पैसा तिरेर ल्याउने गरेका छौं । मासिक तीन सय रुपैया“मा आवश्यक पानी पाइने भएपनि त्यो पीउन योग्य छैन् । खानेपानी खोलापारी कै धारामा गएर ल्याउने गरेका छौं ।’

चकमके बजार सहित आसपासका क्षेत्रमा खानेपानी ल्याउन डिभिजन खानेपानी कार्यालयले काम गरि रहेकाले अबको केहि मनिापछि खानेपानीको समस्या समाधान हुने गाँउपालिका अध्यक्ष कर्णबहादुर थापामगरले बताउनुभयो । उहाँले भन्नुभयो, “गाउपालिकाले पनि सोही स्थानको खानेपानीमा लगानी गर्दा दोहोरो लगानी पर्ने भएकोल हामीले लगानी नगरेका हौं ।”

नेपालमा कोरोना खोप परीक्षणको बाटो खुल्यो

— अरू मुलुकले बनाएको कोरोना भाइरसविरुद्धको भ्याक्सिन नेपालमा पनि परीक्षण गर्ने कानुनी बाटो खुलेको छ । आपत्कालीन औषधि र खोप प्रयोगलाई सहज बनाउन सरकारले सिफारिस गरेको औषधि (तेस्रो संशोधन) अध्यादेश राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार जारी गरेसँगै अन्य मुलुकमा अनुमति पाएको खोपको क्लिनिकल ट्रायल यहाँ पनि गर्ने कानुनी आधार तयार भएको हो ।

औषधि ऐन २०३५ मा नयाँ औषधिको क्लिनिकल ट्रायल गर्न औषधि व्यवस्था विभागबाट अनुमति लिनुपर्ने व्यवस्था थियो । अध्यादेशमा भने खोपको पनि क्लिनिकल ट्रायल गर्न सकिने व्यवस्था गरिएको छ । त्यस्तै नियामक निकायले अनुमति दिएको खोपलाई नेपालमा पनि प्रयोग गर्न सकिने प्रावधान राखिएको छ । ‘कुनै पनि विदेशी मुलुकको सरकार वा सम्बन्धित नियामक निकायको अनुमतिबमोजिम क्लिनिकल ट्रायलमा रहेको खोप विकास गर्ने संस्था वा कम्पनीले त्यस्तो खोपको नेपालमा क्लिनिक ट्रायल गर्न चाहेमा नेपाल सरकारले अनुमति दिन सक्नेछ,’ अध्यादेशमा भनिएको छ ।कान्तिपुर दैनिकमा खबर छ ।

क्लिनिकल ट्रायल भन्नाले नयाँ औषधि तथा खोप प्रयोगमा ल्याउन उचित छ/छैन भन्ने यकिन गर्न रोगी वा अन्य व्यक्तिको सहमतिमा प्रयोग गरी परीक्षण गर्नु हो । औषधि व्यवस्था विभागका महानिर्देशक भरत भट्टराईले औषधि ऐनको दफा ३१ संशोधन गरी अन्य मुलुकमा अनुमति प्राप्त खोपको क्लिनिकल ट्रायल यहाँ पनि गर्न सकिने गरी अध्यादेश जारी भएको बताए । ‘यसअघि यो व्यवस्था थिएन,’ उनले भने ।

स्वास्थ्य अनुसन्धान परिषद्का सदस्य सचिव डा. प्रदीप ज्ञवालीले अध्यादेशमा राखिएको व्यवस्थापछि खोप उत्पादन गर्ने कम्पनी वा मुलुकलाई नेपालमा पनि क्लिनिकल ट्रायलका लागि प्रस्ताव गर्न सकिने बताए । ‘कानुनी अड्चनले अहिलेसम्म कोही आउनै चाहेका थिएनन्,’ उनले भने, ‘अब आउन चाहनेलाई सरकारले स्वीकृत दिन सक्ने भयो ।’ नेपालमा क्लिनिकल ट्रायल सफल भए औषधि वा खोप चाँडै भित्र्याउन सहज हुने उनले बताए ।

महामारीका बेला आकस्मिक रूपमा प्रयोग गर्नुपर्ने औषधि तथा खोप ल्याउने बाटो पनि सहज बनाइएको छ । अध्यादेशमा कोरोनालगायत अन्य महामारीका बेला आवश्यक पर्ने औषधि र खोप सहजै आयात गर्न मिल्ने व्यवस्था राखिएको हो । संघीय संसद् सञ्चालन नभएकाले औषधि र खोप उत्पादन हुनेबित्तिकै सहजै ल्याउन कानुन संशोधनका लागि सरकारले अध्यादेशको प्रस्ताव गरेको थियो । राष्ट्रपति भण्डारीले संविधानको धारा ११४ (१) बमोजिम अध्यादेश जारी गरेकी हुन् ।

महानिर्देशक भट्टराईले अध्यादेशमार्फत औषधि ऐन २०३५ को दफा ९ मा ‘क’ अन्य मुलुकमा आपत्कालीन प्रयोग गर्न अनुमति पाएको औषधि र खोपलाई नेपालमा पनि सहजै ल्याउन सकिने व्यवस्था गरिएको जानकारी दिए । ‘महामारीका रूपमा फैलिएको संक्रामक रोगको रोकथाम र नियन्त्रण निर्मूल गर्न विश्व स्वास्थ्य संगठनमा स्वीकृत भएका वा सम्बन्धित मुलुकको औषधि नियामक निकायले दर्ता गरेका वा त्यस्ता नियामक निकायले आपत्कालीन प्रयोगको अनुमति प्रदान गरेका औषधि तथा खोपलाई नेपालमा आपत्कालीन प्रयोगका लागि औषधि सल्लाहकार समितिको सिफारिसमा विभागले दर्ता गर्नेछ,’ अध्यादेशमा भनिएको छ ।

यसरी प्रयोग गरेको औषधि वा खोपबाट कुनै असर देखिए रोक लगाउन सकिने प्रावधान पनि राखिएको छ । यसबाहेक औषधि प्रयोग गर्न अनुमति दिने निकाय विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) र अन्य मुलुकले अनुमतिमा रोक लगाए नेपालमा पनि प्रयोग गर्न रोक लगाउने व्यवस्था गरिएको छ । आपत्कालीन अवस्थामा आम जनताका लागि औषधि र खोप सहज होस् भनेर कानुन संशोधन गरिएको महानिर्देशक भट्टराईले बताए ।

यो अध्यादेशअनुसार नयाँ भ्याक्सिन ल्याउन चाहने कम्पनीले अनुमतिका लागि स्वास्थ्य सेवा विभागमा निवेदन दिनुपर्नेछ । विभागले औषधि सल्लाहकार समितिको बैठकबाट स्वीकृत गरेर अनुमति दिने निर्णय गर्छ । यसअघि आपत्कालीन प्रयोजनका लागि औषधि आयात गर्ने प्रावधान थिएन ।

केही हप्तामै वितरण गरिने को रोना खो पको प्र भावकारिता झण्डै ९५ प्रतिशत !

वासिङटन : कोभिड १९ विरुद्ध तयार पारिएको खो पको प्र भावकारिता झण्डै ९५ प्रतिशत रहेको बताइएको छ ।अमेरिकी कम्पनी मो डेर्नाका अनुसार सा र्वजनिक गरिने तयारीमा रहेको पा इजर भ्या क्सिनको प्र भावकारिता ९५ प्रतिशत नजिक रहेको त थ्य बाहिर आएको छ । साथै उक्त खो पले कोरोना म हा मा री अन्त्य गर्नेमा आ त्मविश्वास उत्पन्न भएको पनि कम्पनीले जनाएको छ । मोडेर्नाले यो तथ्य आउनुलाई ‘म हान दिन’को रुपमा व्या ख्या गरेको छ । साथै यसैलाई लिएर केही हप्ताभित्रै खोपको स्वीकृति लिनका लागि आवेदन दिने पनि कम्पनीले जनाएको छ ।अन्नपुर्ण पोष्टमा खवर छ ।

यद्यपि उक्त खो पको प रीक्षणमा अमेरिकामा जम्मा ३० हजार मानिस सहभागी थिए । जसमध्ये आधालाई चार हप्ताको अन्तरमा दुई डोज खोप दिइएको थियो । र बाँकी खोप ‘ड मी’को रुपमा थिए ।

र खोपको प्रभावकारिता भने पहिलो ९५ मा आधारित रहेर व्याख्या गरिएको हो । कम्पनीका अनुसार अनुसन्धानको क्रममा खोपले ९४ दशमलब ५ प्रतिशत काम गरेको थियो ।

यस्तै ११ जना गम्भीर प्रकृतिका सं क्रमितहरुमाथि पनि खोप लगाउँदा उनीहरुलाई निको भएको र पछि स मस्या नदेखिएको अनुसन्धानले देखाएको छ ।

‘समग्र प्रभावकारिता उल्लेखनीय छ । यो एक महान दिन हो,’ मोडेर्नाका प्रमुख मेडिकल अधिकृत ताल जाक्सले बीबीसीलाई बताएका छन् । मोडेर्नाका अध्यक्ष डा. स्टेफन होगले भने जब यसको नतिजा आयो अ पत्यारिलो जस्तै लागेको प्रतिक्रिया दिए । उनले भनेका छन्, ‘हामीमध्ये कसैले पनि को भिडलाई रोक्न यो खोप ९४ प्रतिशत प्रभावकारी होला भन्ने आशा गरेका थिएनौँ, यो वास्तवमै आ श्चर्यजनक जानकारी हो ।’

खोप कहिले पाइन्छ त ?

खोप कहिले उपलब्ध हुन्छ भन्ने कुरा तपाईँ कहाँ हुनुहुन्छ र कति वर्षको हुनुभयो भन्ने कुराले निर्धारण गर्ने मोडेर्नाले जनाएको छ । साथै यो आगामी हप्ताहरुमै अमेरिकामा सुरु भने हुनेछ । र देशभर २ करोड डोज उपलब्ध गराउने पनि बताइएको छ ।

यस्तै आगामी वर्षसम्ममा विश्वभर १ अर्ब डोज प्रयोगका लागि उपलब्ध गराउने आशा राखेको कम्पनीले जनाएको छ । बेलायत सरकारले पनि कम्पनीसँग अझै सहकार्य गरिरहेको छ । जब कि, बेलायती खोप छिट्टो आउने ६ खोपमध्ये परेको छैन ।

सु रक्षित छ त ?

खोप कहिले आउला भन्ने जति चासोको कुरा हो, त्यत्तिकै मात्रामा यो सु रक्षित छ त ? भन्ने जिज्ञासा बढी छ । यस खोपबारे प्रमुख सु रक्षा चि न्ता प्रकट गरिएको छैन । तर पारासिटामोल वाहेक अरु औषधि सतप्रतिशत सु रक्षित हुँदैनन् ।

जस्तै कि, केही बिरामीलाई खोपपछि पनि टा उको दु ख्ने, अरु दुखाइ र थ कान जस्ता समस्या छोटो समयका लागि देखिनसक्ने सम्भावना रहन्छ । तर विज्ञहरु के भन्छन् भने यस खोपबाट रोग प्रतिरोधी क्षमता र अरु जे अपेक्षा गरिएको हो त्यसका लागि चाहिँ यसले काम गर्नेछ ।

प्रतिक्रिया