शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

मेटिँदै सिन्धुलीगढीको अस्तित्व

मंगलवार , कार्तिक २५, २०७७

काठमाडौंदेखि १ सय ५० किलोमिटर दूरीमा रहेको सिन्धुलीगढी नेपाली स्वाभिमानको प्रतीकमात्र नभइ आधुनिक नेपालका लागि गर्विलो इतिहास बोकेको स्थल पनि हो ।

अर्थात सिन्धुलीगढी नेपाल–अग्रेज यु द्धको जीवित दस्तावेज हो । नेपालको ऐतिहासिक राष्ट्रिय पहिचान बोकेको तथा विदेशी ह मलालाई प रास्त गराई राष्ट्रिय स्वाभिमानलाई सधैँ उँचो बनाएको सिन्धुलीगढीले आधुनिक नेपालको निर्माणमा उत्तिकै महत्वपूर्ण योगदान बोकेको छ । वि.सं. १८२४ मा इष्ट इन्डिया कम्पनिका कप्तान किनलोकको नेतृत्वमा नेपाल क ब्जा गर्न आएको २४०० अंग्रेज फौ जलाई सिन्धुलीगढीमा गोर्खाली सेनाले घ रायसी ह तियारबाटै प राजित गरेका थिए । जबकी बेलायती से नासँग अत्याधुनीक हा त ह तियार रहेको थियो ।

संसारभर आफ्नो सा म्राज्य जमाउँदै हिँडेका अंग्रेजले सिन्धुलीगढीमा पहिलोपटक गोर्खाली से नासँगै हा र बेहोर्नु परेको थियो । सोही कारण नेपालीको शीर सधैं उच्च छ र नेपालले आजसम्म स्वाभिमानी राष्ट्रका रुपमा यस क्षेत्रमा आफूलाई चिनाउँदै आएको छ ।

सिन्धुलीगढीमा नेपाली सेनाले प्राप्त गरेको सफलताकै कारण नेपालले विश्व इतिहासमा सुनौलो अक्षर कोर्न सफल भएको छ । यस कारणले पनि नेपाल कसैको औ पनिवेशिक राष्ट्र बन्नु परेन । जसले नेपालीलाई गोर्खालीको पहिचान दिलायो ।

इतिहासकारको अध्ययन अनुसन्धान अनुसार त्यसबेला हाम्रा पु्र्खाको वुद्धि विकेकले सिन्धुलीगढी यु द्ध नजितेको भए नेपालको एकीकरण असम्भवप्रायः थियो । हामी अंग्रेजहरूको उ पनिवेश बनेर बस्नुपर्दथ्यो । अहिले नेपाल अभिवाज्य राष्ट्रका रुपमा रहन्थ्यो कि रहँदैनथ्यो भनेर यसै भन्न सकिँदैन । त्यसैले नेपालको इतिहासमा सिधुलीगढीलाई राष्ट्रिकै गौरव र सानका रुपमा लिन सकिन्छ ।

सिन्धुलीगढीमा त्यसबेला श त्रुलाई आ क्रमण गर्न निर्माण गरिएका आड तथा दुर्गहरू अहिले पनि छन । गढीमा रहेका किल्ला, दरबार, अदालतको भग्नावशेष अहिले पनि देख्न सकिन्छ । कतिपय संरचनाको भग्नावशेष नै संरक्षण हुन नसक्दा धेरै सम्पदाहरु गायब भएका छन् । धेरै शिलालेखहरू हराएका छन् भने भएका शिलालेखको पनि संरक्षण गरिएको छैन ।

ऐतिहासिक किल्ला पर्यटकीय आकर्षणको केन्द्र अवश्य पनि हो । जापान सरकारको सहयोगमा पूर्वी नेपाललाई जोड्ने बीपी राजमार्ग सिन्धुलीगढीबाटै निर्माण भएपछि यसको आकर्षण थप बढेको हो ।

स्वदेशीमात्र नभइ विदेशी पर्यटकले पनि सिन्धुलीगढीको ऐतिहासिकता तथा किँवदन्तीजस्तै लाग्ने मौलिक यु द्धका विषयमा बुझ्न चाहने गरेका छन् । यसबाट त्यस क्षेत्रको पर्यटकीय महत्व थप बढेको छ ।

तर, पछिल्लो समय सिन्धुलीगढीमा पर्यटकीय विकासको नाममा जथाभावी भौतिक संरचना निर्माण सुरु हुँदा त्यसले यस गढीको मौलिक अस्तित्व नै समाप्त पार्ने हो कि भन्ने चिन्ता सबैमा बढेको छ ।

मेटिएको इतिहास

२०५२ साल फागुन १ गते रोल्पा र सिन्धुलीगढीमा रहेको प्रहरी चौ कीमा एकसाथ आ क्रमण गरेर तत्कालीन माओवादीले ज न यु द्धको सुरुवात गर्‍यो । उक्त ज न यु द्धमा १७ हजारभन्दा धेरै नेपालीले ज्या न गु माएको सत्य खोज्न अहिलेको पुस्ताले कुनै इतिहासको पाना पल्टाइरहनु पर्दैन ।

नेपालको इतिहासमा एउटा नमेटिने घटना हो मा ओवादी ज न यु द्ध । ज न युद्ध सुरु हुँदा आ क्रमण भएको सिन्धुलीगढीको प्रहरी चौकी पछिसम्म भ ग्नाषेशमा थियो । उक्त प्रहरी चौकी मा ओ वा दी ज न यु द्धको संग्रहालय र युद्धको एउटा जीवित दस्तावेज नै बन्न सक्थ्यो ।

तर चौकी रहेको उक्त स्थानमा २ वर्ष अगाडि सिन्धुलीगढी स्मारक खडा गरिएको छ । चौकीको अस्तित्व अहिले देख्न सकिँदैन । अझ विडम्बना के छ भने त्यस बेला पृथ्वीनारायण शाहको छोरा रणबहादुर शाहले गढीको पुनर्निर्माण गरेर लेखिएको शिलालेख गढीको एउटा कुनामा फा लिएको छ ।

अरू थुप्रै शिलालेखको संरक्षण गरिएको छैन । यद्यपि, सिन्धुलीगढी स्मारक बनाउने नाममा मेयर, गणपति र कर्णेलका नाम उल्लेख गरेर नयाँ शिलालेख खडा गरिएको छ । जसले गर्दा पुराना इतिहास मेटेर नयाँ इतिहास खडा गर्ने दुष्प्रयास भइरहेको छ । स्थानीय आफ्नो धरोहर मेटिँदा पनि टुलुटुलु हेरेर बसिरहन विवश छन । गढीमा यस्ता अरू कति पुराना ऐतिहासिक संरक्षणको अस्तित्व मेटिएको छ । त्यसको थप अ नुसन्धान गर्नुपर्ने देखिन्छ ।

एनआरएनको गुरुयोजना

गैरआवासीय नेपाली संघ (एनआरएनए) ले सिन्धुलीगढीको गुरुयोजना बनाएर कमालामाई नगरपालिकालाई हस्तान्तरण गरेको छ । बाहिर सार्वजनिक गरिएको गुरुयोजनाको एउटा एनिमेटड भिडियो हेर्दा आकर्षक त देखिन्छ । तर, सिन्धुलीगढीका संरचनालाई त्यसरी बिगार्ने हो भने गढीको अस्तित्व के नै रहला भन्ने प्रश्न पनि सँगसँगै उठेको छ ।

उक्त गुरुयोजनामा गढीलाइ डोमले छोपिएको, खुल्ला रुपमा रहेको टँुडिखेलमा हेलिप्याड र विभिन्न संरचना बनाउने प्रस्ताव गरिएको छ । त्यस्तै घरवासको नाममा रिसोर्टको परिकल्पना गरिएको छ । त्यही योजनाअनुसार अहिले कमलामाई नगरपालिकाले सिन्धुलीगढी क्षेत्रमा रोसोर्ट बनाउन आशयपत्र माग गरेको छ ।

गैरआवासीय नेपाली संघले बनाएको सिन्धुलीगढी गुरुयोजना पुरातत्वको सहकार्यमा बनाएकोजस्तो देखिँदैन । यदि पुरातत्वको सहमतिमा त्यस्तो गुरुयोजना बनेको हो भने पनि पुरातत्वले पुरातात्विक मर्यादा कायम राख्न सकेन । पुर्खाले छोडेको ऐतिहासिक भूमि सिन्धुलीगढी पूर्ण रूपमा व्यावसायिक प्रयोजनका लागि प्रयोग गरिने मनसाय देखिँदा गढीको मौलिक अस्तित्व यसरी सकिँदै छ ।

जथाभावी निर्माण हुदै भौतिक संरचना

मल्लकालमा उच्च रणनीतिक भूभागमा धेरै गढीहरु स्थापना गरिएको थियो । पूर्वदेखि पश्चिमसम्म अहिले पनि धेरै गढीहरुको भागनाशेष कायम नै छ । त्यहीमध्य सिन्धुलीगढी एक हो । त्यस बेला उपलब्ध सामग्रीले नै गढी स्थापना गरिएको थियो । कतिपय गढीहरुमा राजाहरूको बसोबासको लागि दरबार पनि निर्माण गरिएको थियो । त्यस बेला दु श्मनलाइ आ क्रमण गर्न ढुंगाबाट निर्माण गरिएका बंकर, कोतघर, मन्दिर, पोखरी, इनार, ढुंगेधारा, शिलालेख, वास्तुकलाले भरिएको दरबार र पाटीपौवा, खुल्ला मैदान नै गढीÞको मौलिकता हो ।

अहिले गढीको पर्यटकीय विकासको नाममा जथाभावी भौतिक संरचना निर्माणको काम भइरहँदा त्यसले गढीको मौलिक अस्तित्व नै धरापमा पारेको छ । जथाभावी घर, स्मारक, सिमेन्टको सिँढी, सडक निर्माण भइसकेका छन । भवन, गेट, पार्क बनाउन धमाधाम टेन्डर भइरहेको छ । स्थानीय सरकार र प्रदेश सरकारले गढीमा नयाँ संरचना बनाउन प्रतिस्पर्धा गरिरहेका छन । यसरी निर्माण भइरहेका संरचनाले गढीको मैलिक अस्तित्व मासेर गढी क्षेत्रÞलाई सहरीकरण गर्ने योजनामा उद्यत देखिन्छन ।

यु द्ध संग्रहालय

नेपाली सेनाले सिन्धुलीगढीमा युद्ध संग्रहालय बनाउन एकतले ट्रस भवनको डिजाइन सार्वजनिक गरेको छ । ४ करोड लागतमा बन्ने उक्त संग्राहलय कात्तिक २४ गते शिलान्यास हुँदैछ । अर्कोतर्फ प्रदेश सरकारकोे पुरातत्व विभागले तयार गरेको डिजाइनमा सिन्धुलीगढीमा रहेको राणाकालीन दरबारको पुनर्निर्माण गर्न टेन्डर गर्ने अन्तिम चरणमा छ ।

यो उही कात्तिक २४ गते नै शिलान्यास गरिँदैछ । जसको लागि प्रदेश सरकारले ४ करोड बजेट विनियोजन गरिसकेको छ । १४ ढोका र ५६ झ्याल भएको उक्त विशाल दरबार पुनर्निर्माण भइसकेपछि के गर्ने भन्ने बारेमा कुनै योजना बनिसकेको छैन ।

उक्त दरबारमा संग्रहालय स्थापना गर्नुको सट्टा संग्रहालयका लागि अलग्गै भवन निर्माण गर्नु आवश्यक छैन ।

गढीमा नयाँ भौतिक संरचना निर्माणको प्रतिस्पर्धाले यसरी कुरुप बन्दै गएको छ । एकदेखि अर्को सरकारी निकायबीच नै समन्वय छैन । गढीमा धेरैभन्दा धेरै संरचना बनाउने, उद्घघाटन गर्ने र शिलालेखमा आफ्नो नाम राख्ने होडबाजी नै चलेको छ । जसबाट पुरातात्विक मर्यादामा चोट पुगेको छ ।

विजय उत्सवको भ्र म

विभिन्न सरोकार निकायको सक्रियतामा २०७६ सालदेखि हरेक वर्षको कात्तिक २४ गते अग्रेजसँग यु द्ध जितेको अवसरमा विजय दिवस मनाउने गरिएको छ । गढीको प्रचारप्रसार र इतिहासको सम्मानमा यो प्रशंशनीय कार्य हो । तर सिन्धुलीगढीमा युद्धको मिति यकिन गर्न अध्ययन र छलफल हुँदा असोज १५ गते विजय हासिल तथ्य प्रमाणित भएको छ ।

गढीको यु द्ध सम्बन्धमा समृद सिन्धुली अभियानले पर्यटन बोर्डको हलमा आयोजना गरेको अन्तक्रिया कार्यक्रममा इतिहासविद् प्राध्यापक दिनेशराज पन्त र नेपाली सेनाका पूर्व महासेनानी एवं गढी तथा किल्ला विशेषज्ञ डा. प्रेमसिंह बस्न्यातले सिन्धुलीगढी युद्धले असोज १५ गते नै विजय प्राप्त गरेको पुष्टि गरेका छन ।

कमलामाई नगरपालिकाले २ वर्ष अगाडि स्थापना गरेको स्मारकमा समेत असोज १५ गते विजय भएको लेखिएको छ । इतिहासको तथ्य बाहिर आइसक्दा समेत कात्तिक २४ गते नै विजय दिवस मनाइरहँदा त्यसले बिस्तारै इतिहास तो डमोड हुने चि न्ता छ ।

विजयउत्सव वर्षभरी मनाउन सकिन्छ तर विजय दिवस यकिन मितिमा मनाउनुपर्छ । असोज १५ गते कुनै कार्यक्रम नगर्ने र स्थानीय सरकारले सार्वजनिक बिदा दिएर कार्तिक २४ गते विजय दिवस मनाइरहदा ऐतिहासिक तथ्यलाई गलत सावित गर्ने प्रयास भएको देखिन्छ ।

अबको बाटो

गढीको पुरातात्विक मौलिकता र अस्तित्व जोगाइराख्न अहिले भइरहेका निर्माण तत्काल रोकिन आवश्यक छ । गढीमा नयाँ संरचनाभन्दा पनि गढीमा रहेको पुरानो संरचना जस्ताको तस्तै हेर्न नै पर्यटक आउने हुन ।

आधुनिक पार्क, सिँढी, सडक, भवन जहाँ त्यही देखिन्छ । ती संरचना गढीमा बनाइराख्न आवश्यक छैन । पहिलाको समयमा ढुंगाबाट निर्माण गरिएका बंकर, कोतघर, मन्दिर, पोखरी, इनार, ढुंगेधारा, शिलालेख, वास्तुकलाले भरिएको दरबार, पाटीपौवा, खुल्ला मैदान जे जस्तो अवस्थामा छ जोगाइराख्ने र आवश्यक अनुसारको संरचना मात्र पुनर्निर्माण गर्नुपर्छ ।

पुरानो दरबारको पुनर्निर्माण भइरहँदा संग्रहालयको नाममा नयाँ भवनको आवश्यक हुँदैन । उक्त दरबारमा नै संग्रहालय राखिँदा उत्तम हुन्छ । पुरानो चौकी भएको ठाउँमा स्मारक बनाउन मिल्दैन । स्मारक बनाउन परे पनि उपयुक्त स्थानको छनोट गरिनुपर्छ । गढीको पुनर्निर्माण हुँदा पौराणिक र पुरातात्विक मूल्य र मान्यता जोगाउँदै गढीको पुनर्निर्माण हुनुपर्छ । यो सकिँदैन भने नियमित सरसफाइ गरेर भग्नावशेसको संरक्षण गरेमात्र पनि पुग्छ ।

अन्त्यमा,

यस्ता ऐतिहासिक धरोहर र सम्पदाको संरण गर्ने दायित्व पुरातत्व विभागको हो । तर विभागले यसमा खासै चासो र सक्रियता देखाएको देखिँदैन । कतिपय ऐतिहासिक स्थलमा ऐतिहासिक मर्यादा विपरीतको पुनर्निर्माण पुरातत्वको समन्वय भइरहेको उदाहरण धेरै छन । जस्तै, रानीपोखरीमा रहेको बालगोपालेश्वर मन्दिर मल्लकालमा तत्कालीन कलाअनुसार ग्रन्थकुट शैलीमा निर्माण भएको थियो । पछि पुनर्निर्माण हुँदै जाँदा मन्दिरको स्वरूप परिवर्तन हुँदै गए ।

२०७२ को भूकम्पले ध्वस्त भएको उक्त मन्दिरको पुनर्निर्माण पुरातत्वले राणाकालीन गुम्बज शैलीमा निर्माण गर्ने अडान राखेको थियो । तर नागरिकस्तरबाट निरन्तर खबरदारी भएपछि मात्र पुरातत्व पछि हट्यो । अहिले रानीपोखरीको बालागोपालेश्वर मन्दिर मल्लकालीन ग्रन्थकुट शैलीमा पुनर्निर्माण हुँदैछ ।

त्यसैले ऐतिहासिक सम्पदाको संरक्षण र पुनर्निर्माणमा पुरातत्वको मात्र भर परेर हुँदैन । नागरिक स्तरबाट पनि निरन्तर खबरदारी आवश्यक छ र सिन्धुलीगढीमा पनि जथाभावी संरचना बन्नबाट रोक्नैपर्छ ।

भुवन थापाको बल्क पोष्टबाट साभार ।

कोरोना कहर बीच २५३ औं सिन्धुलीगढी बिजय उत्सब मनाईयो

सिन्धुली, – नेपाल एकिकरणका क्रममा सिन्धुलीको कमलामाई नगरपालिका–३ स्थित सिन्धुलीगढी यु द्धमा विश्वमा सा म्राज्य फैलाउदै हिडेको अंग्रेज से नालाई ह राई बिरासत कमाएको दिनको सम्झनामा सोमबार ऐतिहासिक सिन्धुलीढीको २५३ औ बिजय उत्सव मनाईएको छ ।

बिगत बर्षहरुमा कात्तिक २४ गते विभिन्न भव्य कार्यक्रमको आयोजना गरी उक्त दिवस मनाईदै आएकोमा यो बर्ष कोरोना क हरका कारण सिन्धुलीगढीमा सिमित मानिस भेला भई राष्ट्रिय झण्डा फहराएर र नेपाली सेनाले सलामी दिई मनाईएको आयोजक कमलामाई नगरपालिकाले जनाएको छ ।

कमलामाई नगरपालिकाका मेयर खड्गबहादुर खत्रीले नेपाली राष्ट्रिय झण्डा झण्डोत्तोलन गर्नु भएको थियो भने सदरमुकाम सिन्धुलीमाढी स्थित बद्र्धबहादुर गणका नेपाली सेनाले सलामी अर्पण गरेका थिए ।

सो अवसरमा आयोजना गरिएको समारोहमा कमलामाई नगरपालिकाका मेयर खत्रीले सिन्धुलीगढीको ईतिहासको चर्चा गर्दै २५३ बर्षअघि बिश्वमा सा म्राज्य फैलाउदै हिडेको आधुनिक ह तियारले सुसज्जित अंग्रेज सेनालाई सिन्धुलीगढीमा रोकेर तत्कालिन गोर्खाली से नाले ह राएर राष्ट्रियता जोगाएको बताउनुभयो ।

उहाँले बिं.सं. १८२४ असोज १५ गते सिन्धुलीगढीमा यु द्ध भएर गोर्खाली सेनाले बिरासत कमाएको ईतिहास भएपनि पानी परिरहने मौसम र चाडबाड आदि कारणले बिजय उत्सव भने कात्तिक २४ गते मनाउदै आएको बताउनुभयो ।

सो अबसरमा कमलामाई नगरपालिकाका उपमेयर मञ्जु देवकोटाले स्वागत गर्नु भएको थियो भने प्रमुख जिल्ला अधिकारी योगेन्द्रप्रसाद पाण्डे र नेपाल पत्रकार महासंघ सिन्धुली शाखाका सभापति होमकुमार कार्कीले पनि मन्तव्य दिनु भएको थियो । सिन्धुलीगढीमा निर्माण गरिएको पृथ्वीनारायण साहको सालिकमा माल्यार्पण गरिएको थियो ।

विगत बर्षहरुमा पञ्चेबाजा, सांस्कृतीक कार्यक्रम, विभिन्न जनजातीको झाँकी, खैजेडी भजन लगायतका गतिविधि गरी सिन्धुलीगढी बिजयोत्सव मनाउने गरिएकोमा यो बर्ष कोरोनाका संmमणका कारण सामान्य कार्यक्रम आयोजना गरी बिजयोत्सवलाई निरन्तरता दिएको नगरपालिकाले जनाएको छ । बिजय उत्सवका अनुसार कमलामाई नगरपालिकाल आफु मातहतका सारकारी कार्यालयलाई सोमबार सार्बजनिक विदा दिएको छ ।

वि.सं. २०६७ सालदेखि नेपाल पत्रकार महासंघले सिन्धुलीगढी बिजय उत्सव मनाउन सुरु गरेकोमा स्थानीय तहको निर्बाचनपछि कमलामाई नगरपालिकाले स्वामित्व ग्रहणगरी बिजय उत्सव मनाउदै आएको नेपाल पत्रकार महासंघका शाखा सभापति होमकुमार कार्कीले सुनाउनुभयो ।

नेपाल एकिकरणका बेला बिं. सं. १८२४ असोज १५ गते सिन्धुलीगढीको यु द्धमा काठमाण्डौ कब्जा गर्न ईष्टईण्यिा कम्पनिका कप्तान किनलोकको नेतृत्वमा आएको आधुनिक हतियारले सुसज्जित अंग्रेज सेनालाई बंसु गरुङको नेतृत्वमा गोर्खाली सेनाले हराएर बिरासत कमाएको थियो । त्यसैको खुशीयालीमा सिन्धुलीगढीलाई अन्तराष्ट्रिस्तरमा चिनाई पर्यटकिय क्षेत्रको रुपमा विकास गर्न स्थानीय रुपमा कात्तिक २४ गते सिन्धुलीगढी बिजय उत्सव मनाउन सुरु गरिएको नगरपालिकाले जनाएको छ ।

सिन्धुली जिल्लाको प्रमुख ऐतिहासिक स्थल मध्येको एक सिन्धुलीगढीको गुरु योजना नै बनार कमलामाई नगरपालिकाले पर्यटकिय क्षेत्रको रुपमा बिकास र संरक्षण गर्दै गएको छ । नेपाली सेनाको नागरिक सहयोग अभियान अन्तर्गत सिन्धुलीगढीमा यु द्ध संग्राहलय निर्माण भई रहेको छ । कमलामाई नगरपालिकाको समन्वयमा निर्माण भएको उक्त संग्राहलय निर्माणको जिम्मेवारी सदरमुकाम सिन्धुलीमाढीस्थित नेपाली सेनाको बद्र्धबहादुर गणले पाएको छ ।

गणका अनुसार नेपाली सेनाको पूर्व–पश्चिम एकिकरण पदमार्ग विकास गर्ने र उक्त पदमार्गमा परेका गढी तथा किल्लाको संरक्षण गर्ने अभियान अन्तर्गत सिन्धुलीगढीमा युद्ध संग्राहलय निर्माण सुरु गरिएको हो । चार करोड १७ लाख रुपियाँ लागतमा युद्ध संग्राहलय निर्माण सुरु गरिएको हो । सुरुमा निर्माण सुरु गरेको मितिले नौ महिनाभित्र सक्ने भनिए पनि लकडाउनका कारण निर्माण कार्य प्रभावित भएको छ ।

उक्त गणका गणपति बिजय थापाले विभिन्न कारणले तोकिएको समयमा निर्माण पुरा गर्न नसकिएकाले छ महिना म्याद थप भएको बताउनुभयो । उहाँले भन्नुभयो, “सरकारले छ महिना म्याद थप गरि दिएको छ । अब त्यही समयभित्र निर्माण पुरा गर्दछौं ।” उहाँले पनि कमलामाई नगरपालिका र बद्र्धबहादुर गण मिलेले सिन्धुलीगढी यु द्धमा प्रयोग भएका युद्ध सामग्री खोज्ने क्रम सुरु भएको सुनाउनुभयो ।

संग्राहलय निर्माणका लागि ढुंगा र सिमेन्टको प्रयोग गरिएको उक्त गणले जनाएको छ । गणका अनुसार पुरानो र नयाँ मिश्रित मोडलमा संग्राहलय निर्माण भई रहेको छ । संग्राहलय भित्र वृत चित्र मार्फत गढीको ऐतिहासिक सामरिक महत्व प्रर्दशन गर्न सकिने थिएटर, तत्कालिन समयमा सेनाले प्रयोग गरेका घरेलु हात हतियार, तोप, गोला, दस्ताबेज, तत्कालिन यु द्धकालिन समयमा घरेलु सेना र बिपक्षी सेनाको पोशाक प्रर्दशन लगायत संग्रहित गरि राखिने छ ।

करिब छ हजार २८१ स्क्वायर फिट क्षेत्रफलमा छ कोठे एक तल्ले संग्राहलय बन्न लागेको हो । उक्त लागत स्ट्रक्चर निर्माणको मात्र हो । संग्राहलयको आन्तरिक सजावट कमलामाई नगरपालिकाको बजेटबाट गरिने उक्त गणले जनाएको छ ।

नेपाल सरकारले गत बर्ष घोषणा गरेको नयाँ पर्यटक गन्तव्य मध्येको एक ऐतिहासिक सिन्धुलीगढीको मुख्य दरबार (ठुलो गढी ) प्रदेश नं ३ सरकारले बनाउने भएको छ । प्रदेश सरकारले बहुबर्षे योजनामा समेटेर सिन्धुलीगढीको मुख्य दरबार बनाउने भएको हो । उक्त दरबार बनाउन टेण्डर आह्वान भई सकेको नगरपालिकाले जनाएको छ । यु द्ध संग्राहलय निर्माणसँगै चियाबारीदेखि सिन्धुलीगढीसम्म पाँच किलोमिटर लामो किनलोक पदमार्ग निर्माण गर्न सुरु गरिएको छ । सामरिक दृष्टिकोणले महत्वपुर्ण स्थानमा अवस्थित सिन्धुलीका दुई प्रमुख ऐतिहासिक सम्पदाहरु सिन्धुलीगढी र हरिहरपुरगढी जोड्न एकिकरण पदमार्ग गत बर्षदेखि निर्माण सुरु भई सकेको छ ।

नेपाल एकिकरणका दौरानमा पृथ्विनारायण शाह र उहाँको फौजले प्रयोग गरेको मार्गलाई जोडेर पदमार्गको रुपमा बिकास गर्न हरिहरपुरगढी देखी सिन्धुलीगढी ७२ किलोमिटर लामो पदमार्ग निर्माण सुरु गरिएको नेपाली सेनाले जनाएको छ ।

 

प्रतिक्रिया