शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

 सिन्धुली कोरोना सं क्रमणबाट ४८ बर्षिय पुरुषको मृ त्यु

बिहिवार , कार्तिक २०, २०७७

सिन्धुली,२० कार्तिक – सिन्धुलीको कमलामाई नगरपालिका–५ ढाक्रेबास निवासी ४८ बर्षिय खिलबहादुर मगरको बिहिबार बिहान कोरोना सं क्रमणबाट मृ त्यु भएको छ ।

यो सहित सिन्धुली जिल्लामा कोरोना सं क्रमणबाट ज्या न गु माउनेको संख्या दुई पुगेको सिन्धुली अस्पतालले जनाएको छ । स्वा सप्र श्वा समा स मस्या आएपछि सिन्धुली अस्पतालमा भर्ना गरी आई सियुमा राखेर उपचार गराई रहनु भएका मगरको उपचारको क्रममा बिहिबार बिहान ३ बजे मृत्यु भएको अस्पतालका व्यवस्थापक बिमल श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँका अनुसार श्व ासप ्रश्वासमा स मस्या आएपछि मगरलाई सिन्धुली अस्पतालले कात्तिक १५ गते धुलीखेल थप उ पचारका लागि पठाएको थियो । धुलिखेल अस्पतालले पनि सोही दिन मगरलाई केएमसी अस्पताल सिनामंगल पठाएको थियो । केएमसीले मगरको स्वाब पिसिआर परिक्षण गर्दा कात्तिक १६ गते कोरोना सं क्रमण पुष्टि भएको थियो ।

सं क्रमितको उपचार हुन नसक्ने भएपछि केएमसीले बुधबार घर पठाएको र पुन उप चारका लागि बुधबार राती १० बजे सिन्धुली अस्पतालको आईसियुमा भर्ना गरिएको व्यवस्थापक श्रेष्ठले सुनाउनुभयो । मृ तक मगर म धुमेहको दि र्घ रो गी रहेको बताईएको छ ।

नेपाली सेनाको टोलीले मृतक मगरको शबलाई कमलामाई नगरपालिका–७ गड्यौली खोलामा व्यवस्थापन गरेको पनि अस्पतालले जनाएको छ । यसअघि सिन्धुली जिल्लामा कोरोना सङक्रमणबाट कमलामाई नगरपालिका–६ पानिट्याङ्गकी निवासी ८४ बर्षिया विष्णुमाया बिकको ज्यान गएको थियो ।

आज सुनको मुल्य घट्यो

काठमाडौं २० कार्तिक – नेपाली बजारमा सुनको मूल्यमा आज सामान्य गिरावट आएको छ । बुधबार सुनको मूल्य तोलामा ९६ हजार ३ सयमा कारोबार भएकोमा आज तोलामा एक सयले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

हिजो बुधबार तोलाको ९६ हजार ३ सय रुपैयाँमा कारोबार भएको छा पावाला सुनको भाउ आज तोलामा १ सय रुपैयाँले घटेर ९६ हजार २ सयमा झरेको हो ।

ते जावी सुन पनि आज तोलामा १ सयले नै घटेर ९५ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदीको भाउमा भने आज ५ रुपैयाँले बढेको छ । चाँदी आज तोलाको १२ सय १० रुपैयाँमा कारोबार भईरहेको छ ।

घरेलु मदिराको प्रभाव सिन्धुलीमा धान भन्दा महंगो कोदो

सिन्धुली,– कोदोबाट बन्ने घरेलु मदिराको माग बढ्न थालेपछि कोदोको मुल्य बढ्न थालेको छ । स्थानिय जातको कोदोको मुल्य हाल पाथीकै एक सय रुपैया भन्दा बढीमा कारोबार हुन थालेको स्थानिय बताउछन् । यहाँको महाभारत क्षेत्रमा फल्ने कोदोले मुल्य पाउन थालेको हो । कोदोको मदिरामा उपयुक्त हुने भन्दै कोदोको मदिराको माग बढ्न थालेपछि महाभारत क्षेत्रमा फल्ने कोदोले मुल्य पाउन थालेको स्थानियिको भनाई छ ।

यहाँको गोलञ्जोर गाँउपालिका, सुनकोसी गाँउपालिका, तीनपाटन गाँउपालिका, घ्यालेख गाँउपालिका, हरिहरपुरगढी गाँउपालिका लगायतका माथिल्लो भुभागमा फल्ने कोदोले पछिल्लो समय बजार पाउन थालेको किसानले बताएका छन् । सामान्य रोटी तथा ढिडो खान प्रयोग हुदै आएको कोदो पछिल्लो समय घरेलु मदिराका लागि उत्कृष्ठ मानिदै आएको छ । कोदोको रक्सी धेरैको रोजाइमा पर्न थालेपछि ग्रामिण क्षेत्रको कोदोले भाँउ पाउन थालेको किसान बताउछन् । पहिलाको जस्तो कोदो बिक्री हुदैनकी भन्ने कुनै समस्या छैन, हरिहरपुरगढी गाँउपालिकाका स्थानिय चेतराम राईले भन्नु भयो, “धान ६० रुपैया पाथीमा कारोबार हुँदा कोदोको एक सय रुपैया पाथिमा सहजै कारोबार हुन्छ ।” उहाँले आफुहरुले लगाएको कोदोको मदिरा उत्कृष्ठ बन्ने भन्दै स्थानिय स्तरमै मदिरा बनाउन कोदो खपत हुने गरेको बताउनु भयो । विगत दश बर्ष अगाडीसम्म कोदोको भाउ थिएन, उहाँले भन्नु भयो, “होटलमा घरेलु मदिराको कारोबार बढेसँगै कोदोको माग बढेकाले कोदोको मुल्य बढेको हो । उहाँले कोदोको मुल्य बढ्दा किसानलाई फाइदा पुगेको बताउनु भयो ।

हामीले लगाएको कोदो चामलकै भाँउमा विक्री हुन्छ, गोलञ्जोर गाँउपालिका ४, तिनकन्याका अर्का स्थानिय प्रेम ठकुरीले भन्नु भयो,“एक सयदेखि एकसय पचास रुपैया पाथिले घरमै आएर कोदो किन्नेको लर्कोनै लाग्छ । कोदोको रक्सीको माग उच्च हुदै गएपछि विगत केहि बर्ष अगाडीसम्म मान्छेले खाइनसक्दा गाइबस्तुलाई खुवाउनुपर्ने कोदोले हाल मुल्य पाउन थालेको छ ।

धान नफल्ने खेत बारीमा मुख्य बालिको रुपमा मकै लगाइन्छ, मकै भित्र्याउने वित्तिकै कोदो लगाउने गरिन्छ । महाभारत क्षेत्रमा बर्षमा दुई बालि मात्रै हुने र ति दुई बालि मध्ये कोदोलाई पनि प्रमुख बालिकै रुपमा यस क्षेत्रका किसानले लिने गरेका छन् । आर्थिक रुपमा कमजोर र धान फल्ने खेत नभएका किसानले भने मकै र कोदोलेनै पेट पाल्दै आएका किसानलाई पछिल्लो समय चामलकै भाँउमा कोदो विक्री हुन थालेपछि किसानलाई चामलकै भात खान समस्या नहुने भएको छ ।

अब चामल र कोदो सरि साट्न सकिने भएको छ, ति किसानले भन्नु भयो,“त्यसैले यहाँका किसानले कोदो खेतीलाई समेत प्राथमिकतामा राख्न थालेका छन् ।” घरेलु मदिरा(रक्सि) बनाउने धेरैले आफुहरुले लगाएको कोदो किन्न आउने गरेको भन्दै बर्षेनी कोदोको भाँउ बढेको उहाँले बताउनु भयो । गत बर्षको तुलनामा कोदोको माग बढेको छ, अर्का एक किसान भन्नु भयो, “जति कोदोको मदिराको माग बढ्छ त्यतिनै हामी किसानले लगाएको कोदोको भाँउ बढ्छ ।”

व्यापारीले कोदोको मदिरा गाँउघर मात्रै नभएर सदरमुकामका होटलमा समेत राम्रो व्यापार गर्ने गरेका छन् । घरेलु मदिरालाई सरकारले अनुमती दिने भयो र बिक्री वितरणमा सहजता सरकारले ल्याएमा बाहिरी प्याकिङ रक्सि आयातमा घट्ने र किसानलाई समेत फाइदा हुने स्थानियको बुझाई छ । कोदोको रक्सि बिक्रीले कोदो खेती गर्ने किसान समेत बढ्ने भएकाले खेतीमा सरकारले समेत सघाउनुपर्ने स्थानियको भनाई छ ।

पछिल्लो समय सदरमुकामका अधिकांश होटलमा कोदोको मदिरा पाइन्छ । प्याकिङका ब्राण्डेड रक्सि सरहनै कोदोको रक्सिको व्यापार बढेपछि किसानलाई त्यसको प्रत्यक्ष फाइदा पुगेको हो । हामीकहाँ बाहिरबाट आयात हुने रक्सि भन्दा कोदोको रक्सि खाने ग्राहक बढी छन्, सदरमुकामै एक होटल व्यवसायीले भन्नु भयो, “प्रहरीले घरेलु मदिरा नियन्त्रण गर्ने अभियान राख्छ, तर घरेलु भन्दा आयातित रक्सिलाई बन्देज गरेर घरेलु मदिरालाई प्राथमिकता दिनु भयो यहाँका स्थानियको जिवनस्तरनै उक्सिन्छ ।” उहाँले किसान र व्यापारीलाई समेत प्रत्यक्ष फाइदा पुग्ने भन्दै घरेलु मदिराले गाँउघरका कोदो र मकैले राम्रो मुल्य पाउने बताए । विशेष गरि कोदो मकै तथा चामलको कनिका बाट बनाइने घरेलु मदिरा मध्ये कोदोको मदिराको माग उच्च छ । सबैको रोजाइमा कोदोकोनै रक्सि पर्ने गरेको स्थानिय बताउछन् ।

सिन्धुलीमा स्वास्थ्य चौकी : सु स्त पुनर्निर्माण, सेवामा स मस्या

सिन्धुली, – जिल्लाको हरिहरपुरगढी गाउँपालिका–१ स्थित हरिहरपुरगढी स्वास्थ्य चौकी भवन निर्माण सुरु भएको दुई वर्षमा ३० प्रतिशत काम पनि सम्पन्न भएको छैन ।

२०७२ सालको भु कम्पले क्ष ति पुर्‍याएको स्वास्थ्यचौकी भवन पुनर्निर्माणमा कतैबाट सहयोग नजुटेपछि आफ्नै बजेटमार्फत् गाउँपालिकाले भवन निर्माण थालेको हो । ११ कोठाको दुई तले भवन बनाउन गाउँपालिकाले तीन वर्षमा ५५ लाख विनियोजन गरिसकेको छ ।

गाउँपालिकाका इन्जिनियर भिष्मदीप सुनुवारका अनुसार गाउँपालिकाकै प्राविधिक डिजाइनमा निर्माणाधीन भवन निर्माणको कार्य बजेट अभावमा अहिले रोकिएको छ । भवनको अनुमानित लागत एक करोड १५ लाख रुपियाँ छ ।

गाउँपालिकाको आन्तरिक स्रोत खासै छैन । सोही कारण भवन निर्माणका लागि गाउँपालिकाले हरेक वर्ष बजेट छुट्याउनुपर्ने वाध्यता छ । समयमा नै भवन निर्माण नहुँदा सेवा प्रवाहमा समस्या परेको छ । स्वास्थ्य चौकीका इन्चार्ज सञ्जीव यादव भन्नुहुन्छ, “अ सुरक्षित अस्थायी भवनबाट स्वास्थ्य सेवा प्रदान गरिदै आइएको छ, जसले स्वास्थ्य सेवा प्रवाहमा क ठिनाई छन् ।”

घ्याङ्लेख गाउँपालिकाको वडा नम्बर–१ को अमले स्वास्थ्य चौकी र वडा नम्बर–३ को तामाजोर स्वास्थ्य चौकीको भवन पुनर्निर्माणको प्रक्रिया नै अगाडि बढ्नै सकेको छैन । भवन निर्माणका लागि गाउँपालिकाले जग्गा व्यवस्थापन गरे पनि आर्थिक स्रोत जुट्न नसक्दा पुनर्निर्माण अगाडि बढ्न नसकेको हो । घ्याङ्लेख गाउँपालिकाका अध्यक्ष जगत भोलन भन्नुहुन्छ, “स्वास्थ्य चौकी बनाउन जग्गा तयार छ, सहयोगी निकाय खोजी गरिरहेका छौं ।”

सु रक्षित भवनको अभावमा भू कम्पले क्ष तिग्रस्त भवनबाटै स्वास्थ्य सेवा दिइदै आएको छ । अमले स्वास्थ्य चौकीका इन्चार्ज अहेव विष्णुकुमार राना भन्नुहुन्छ, “भुकम्पले भवनको पर्खाल, छानामा क्ष ति गरेको छ । सामान्य हावाहुरी र पानी परेका बेला झन ड रलाग्दो हुन्छ । भवनले नै थि च्छ कि भनेर डराई डराई सेवा दिनु पर्छ ।”

स्वास्थ्य सेवा लिन आउने सेवाग्राहीसमेत भवनभित्र असुरक्षा महशुस गर्छन् । अमले स्वास्थ्य चौकीमा सेवा लिन आएका स्थानीय वीरमान भोलन स्वास्थ्य सेवाजस्तो संवेदनशील क्षेत्रको भवन पुनर्निर्माणमा ढिलाईहुँदा सहज रुपमा सेवा लिन नपाएको गुनासो गर्नुहुन्छ ।

सुनकोशी गढतिरको गोलञ्जोर गाउँपालिका–२ वितिजोर स्वास्थ्य चौकीको भवन समेत पुनर्निर्माण हुन सकेको छैन । गाउँपालिकाले गत वर्ष जग्गाको व्यवस्थापन गरेपनि आर्थिक स्रोत व्यवस्थापन नहुँदा निर्माण सुरु कहिले हुने भन्ने कुनै टुङ्गो छैन ।

सिन्धुलीका तीन गाउँपालिकाका यी घ टना प्रतिनिधि होइनन्, प्रायः सबैतिर अवस्था उस्तै छ । जिल्लाका अन्य पाँच वटा स्वास्थ्य चौकी भवन पुनर्निर्माण कार्य अझै अन्योलमा छ । गोलञ्जोर गाउँपालिका– २, वितिजोर–५ रतनचुरा र ६ तीनकन्या स्वास्थ्य चौकीको पुनर्निर्माण प्रक्रिया अलपत्र छन् । दुधौली नगरपालिका–१२ को जिनाखु स्वास्थ्य चौकीको पुनर्निर्माण पनि अ न्योलमा छ ।

स्वास्थ्य चौकी निर्माणका लागि जग्गाको व्यवस्थापन हुन नसक्दा पुनर्निर्माण कार्य प्रभावित बनेको बताइएको थियो । अहिले स्थानीय तहले जग्गा व्यवस्थापन गरे पनि आर्थिक स्रोत सुनिश्चित नहुँदा भवन निर्माण कार्य अगाडि बढ्न नसकेको स्थानीय तहका जनप्रतिनिधिको गुनासो छ । सुरक्षित भवन निर्माण नहुँदा केही स्वास्थ्य चौकीले अस्थायी भवन र केही स्वास्थ्य चौकी भूकम्पले क्ष ति पुर्‍याएका जीर्ण भवनबाट सेवा प्रवाह गर्न बाध्य बनेका छन् ।

सिन्धुलीकै फिक्कल गाउँपालिका ३ मा १५ शैय्याको अस्पताल निर्माण हुने भएपछि सोही वडाको खोलागाउँस्थित स्वास्थ्य चौकी भवन निर्माण नहुने भएको छ । आर्थिक बर्ष २०७५/०७६ बर्षको बजेटमार्फत् स्थानीय तहसंगको लागत सहभागिताका आधारमा दुई बर्षभित्र सबै वडाहरुमा न्युनतम एक स्वास्थ्य संस्था स्थापना गरिने नीति सरकारले लिएको थियो ।

सोअनुरुप सबै वडामा स्वास्थ्य चौकीको भवन निर्माण हुन सकेको छैन । फिक्कल गाउँपालिकाका स्वास्थ्य संयोजक लेखनाथ पौडेलका अनुसार, एउटै वडामा अस्पताल पनि र स्वास्थ्यचौकी पनि आवश्यक नपर्ने भनेर सहमति मै स्वास्थ्य चौकी निर्माण रोकिएको हो । यद्यपि, बन्दैगरेको अस्पताल टाढा भएकाले स्वास्थ्य चौकी बन्नुपर्ने माग स्थानीयको छ ।

भू कम्पले जिल्लाका १२ वटा स्वास्थ्य चौकी भवन पूर्ण क्षति भएको थियो । भु कम्प गएको झन्डै छ बर्ष पुग्नै लाग्दासम्म पनि सात वटा भवनको पुनर्निर्माणले गति लिन सकेको छैन । २९ वटा स्वास्थ्य चौकीहरुमा आंसिक क्षति पुगेको बताइए पनि हालसम्मको प्रगति विवरण जिल्लाका कुनै पनि निकायसँग छैन । उक्त स्वास्थ्य चौकीको मर्मत, सेवा प्रवाहको अवस्थाबारे राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई (भवन) सिन्धुली पनि वेखबर छ ।

 

प्रतिक्रिया