न्युयोर्क -४५ औं राष्ट्रपति डोनाल्ड ट्रम्प एवं पूर्वउपराष्ट्रपति जो बाइडेनबीच चुनावी रस्साकसी अन्तिम चरणमा पुगेको छ । झन्डै २३ करोड मतदाता रहेको महाशक्ति अमेरिकामा चुनावी प्रतिस्पर्धा र नतिजाका लागि निर्णायक मानिने झन्डै एक दर्जन राज्यहरूमा केन्द्रित छ । करोडौं डलरको विज्ञापनदेखि चुनावी अभियान यिनै राज्यमा केन्द्रित छ ।
उदार र अनुदारबीचको यो निर्वाचनलाई अमेरिकी इतिहासमै निकै पृथक् मानिएको छ । अमेरिकामा मात्र नभएर संसारकै अत्यधिक चासो अडिएको छ । पृथक् हुनुमा यो निर्वाचनसँग विविध आयामहरू जोडिएका छन् । कोरोना भाइरस र झन्डै अढाई लाख अमेरिकीको मृत्यु यो चुनावको जल्दोबल्दो एजेन्डा हो । विश्वको ठूलो अर्थतन्त्रमा लाखौंको बेरोजगारी एवं ठप्प अर्थतन्त्र अर्को महत्त्वपूर्ण विषय हो ।आजको कान्तिपुरमा दिनेशजंग शाहले खवर लेखेका छन ।
चर्को एवं स्पष्ट विभाजित अमेरिकी राजनीतिमा यस पटक दशकौंपछि नश्लवादले खुलेआम प्रवेश पाएको छ । अमेरिकी नश्लवादको डरलाग्दो वकालत एवं चुनावी नतिजाबारे सम्भावित न्यायालय प्रवेशको विषयले पनि यो निर्वाचनलाई फरक बनाएको छ । राष्ट्रपति ट्रम्पले सत्ता हस्तान्तरणको विषयमा दिएको अभिव्यक्तिले पनि देखाउँछ, यो पृथक् चुनाव हो । उम्मेदवारबीच चरम ध्रुवीकरण छ । एउटा उम्मेदवार अतिवाद निर्देशित, अर्को मध्यममार्गी । यही पृथकता एवं चासोलाई चुनावी दिन अघि नै उर्लिएको करोडौं संख्याको मतदानले पुष्टि गर्छ ।
दस करोडभन्दा बढी अमेरिकीले चुनावी दिन अघि नै मतदान गरेका छन्, जुन अघिल्लो निर्वाचनमा खसेको मतको दुई तिहाइ मत हो । यसै आधारमा पनि यो निर्वाचनमा कीर्तिमानी मत खस्ने आकलन छ । विश्वकै शक्तिशाली प्रजातन्त्रका रूपमा प्रचारित अमेरिकामा मतदानको इतिहास त्यस्तो उत्साहित पार्ने खालको भने छैन । औसतमा अमेरिकी राष्ट्रपति निर्वाचनमा ५० देखि ६० प्रतिशत मत खस्छ ।
जुन विकासोन्मुख देशहरूको तुलनामा कम हो । तथ्यांकहरूमा १९ औं शताब्दीको तुलनामा बीसौं शताब्दीमा मतदाताको सक्रियता घट्दै गएको देखिन्छ । २१ औं शताब्दीमा पहिलो अश्वेत बाराक ओबामालाई निर्वाचित गर्ने क्रममा मतदाताहरूको उत्साह उल्लेखनीय थियो ।
मतदानबारे अमेरिकी विगतको एउटा स्पष्ट चित्र छ, आन्तरिक झमेलाको समयमा मतदानमा उल्लेखनीय वृद्धि हुन्छ । अश्वेतहरूलाई मतदान प्रक्रियामा ल्याएको समय अर्थात् गृहयुद्धपछिको अमेरिकामा (सन १८७० ताका) कीर्तिमानी मतदान भएको थियो ।
यसपटकको उर्लंदो ‘अर्ली भोटिङ’ ले निर्वाचनलाई ऐतिहासिक बनाएको छ । स्पष्ट छ, यो निर्वाचन धेरै हदसम्म विभाजनको चपेटामा छ । ट्रम्प र उनको अनुदार रिपब्लिकन पार्टीले नश्लवादको एजेन्डालाई उठान गरेको छ । उनीहरूको भाषामा ‘यो देश श्वेत देश हो ।’ ट्रम्पले प्रायः आफूलाई अब्राहम लिंकनको उत्तराधिकारीको रूपमा प्रचार गर्छन् । आफ्नो कार्यकालमा भएका हरेक क्रियाकलापलाई लिंकनसँग जोड्ने ट्रम्पको आधार विभाजित राजनीति हो । स्मरण रहोस्, लिंकनको पालाको रिपब्लिकन पार्टी, अश्वेतहरूको हक–अधिकारको पक्षमा उभिएको थियो तर कालान्तरमा यो पार्टीको आधार श्वेत अमेरिका हुन पुग्यो ।
पछिल्ला अमेरिकी निर्वाचनलाई नियाल्ने हो भने अनुदारवादी उम्मेदवारले प्रायःजसो ६० देखि ६५ प्रतिशत श्वेत मत हासिल गर्छ । ट्रम्पको स्पष्ट रणनीति छ, श्वेतलाई रिझाएर जित्ने । त्यसैले उनी, मूलधारका मिडिया, राजनीतिक विश्लेषक एवं प्रदर्शनकारीलाई ‘फेक’ भन्छन् । अल्पसंख्यकलाई निसाना साध्छन् । आफ्नो पक्षमा अमेरिकी गुमनाम मतदाता रहेको तर्क गर्ने ट्रम्प धेरै हदसम्म रिचर्ड निक्सनबाट प्रभावित छन् । सन् १९६९ ताका, भियतनाम युद्धको विरोधमा लाखौं अमेरिकीहरू सडकमा उर्लेपछि निक्सन भन्थे, ‘हामी यो लडाईं जित्ने छौं । जनताको दुश्मन मिडियाले उचालेका यी आन्दोलनलाई मत्थर पार्न, मलाई मेरो गुमनाम मतदाताको समर्थन र सहयोग चाहियो ।’ उनको स्पष्ट संकेत, ग्रामीण श्वेत मतदातालाई थियो ।
तर सन् १९७० र अहिलेको धेरै बदलाब छ । अल्पसंख्यकको जनसंख्यामा उल्लेखनीय बढावा भएको छ भने ट्रम्पको दाबीविपरीत अश्वेत एवं अल्पसंख्यकको हक अधिकार एवं सुरक्षासम्बन्धी प्रदर्शनमा अधिकांश अमेरिकीको सर्मथन रहेको सर्वेक्षणले देखाउँछ । विश्लेषकहरूको भनाइमा मिनियापोलिसमा प्रहरीको ज्यादतीले मारिएका जर्ज फ्लोयडको विरोधमा अमेरिकामा भएको प्रदर्शन सन् १९६० को सिलिभ राइट्स मुभमेन्ट र भियतनाम युद्धताकाको प्रदर्शनपछिको ठूलो हो । यो निर्वाचनले प्रदर्शनकारीको त्यो एजेन्डा बोकेको छ, अमेरिका श्वेत मात्रको देश हो कि सबैको ?
यो निर्वाचनको मुख्य एजेन्डा भने कोभिडको मार नै हो । ट्रम्प प्रशासनको लापरबाही र ठूलो मानवीय क्षतिको पृष्ठभूमिमा यो विषय ब्यालेटमा छ । विज्ञानको उपलब्धि एवं अनुसन्धानलाई चुनौती दिँदै आएको अमेरिकी राजनीतिबारे यो निर्वाचनले छिनोफानो गर्नेछ । ‘पहिलो अमेरिका’ भन्ने ट्रम्प नीतिकै कारण अन्तर्राष्ट्रिय क्षेत्रमा अमेरिकी नेतृत्वको ओझेललाई पनि यो निर्वाचनले स्पष्ट पार्नेछ । यद्यपि युद्धखाले परिस्थितिबाहेक घरेलु एजेन्डाको तुलनामा विदेश नीतिहरू निर्वाचनमा फितला हुने गर्छन् ।
आफ्नो झन्डै पाँच दशकको राजनीतिक जीवनमा राष्ट्रपति बन्न तेस्रो पटक प्रयास गरिरहेका डेमोक््रयाट बाइडेनले मध्यमार्गी राजनीतिको अवलम्बन गर्ने प्रयास गरिरहेका छन । ३२ वर्षअघि नै बाइडेनले राष्ट्रपति बन्ने अभियान गरेका थिए । बेलायती नेताको भाषण चोरीको आरोप लागेपछि पछि हटेका उनी अमेरिकी राजनीतिका निकै अनुभवी मानिन्छन् । यसपटकको निर्वाचनमा बाइडेनको मध्यमार्गी राजनीतिले बाजी मार्छ कि ट्रम्प श्वेत अतिवादले ? केही समय पर्खनैपर्छ ।
अमेरिकाको नतिजा के आउला ?
काठमाडौँ, – सन् १७७६ मा बेलायतबाट स्वतन्त्रता पाएको अमेरिका पूर्ण संघीय शासन भएको मुलुक हो । विश्वको पहिलो लिखित संविधान सन् १७८९ मा बनाएको अमेरिकामा व्यक्तिगत स्वतन्त्रतालाई विशेष महत्व दिइन्छ ।
प्रत्यक्ष कार्यकारी राष्ट्रपति नै त्यहाँको सर्वाधिक श क्तिशाली पद हो । चार वर्षका लागि चुनिने राष्ट्रपतिले संविधानअनुसार बढीमा दुई कार्यकाल चलाउन पाउँछन् । दोस्रो वि श्व यु द्धभन्दा अघि राष्ट्रपति फ्रयांकलिन डि.रुजबेल्ट भने लगभग चार कार्यकाल नै पदमा रहेका थिए । उनले सन् १९३३ को निर्वाचनमा अ त्यधिक मत ल्याएका थिए भने सन् १९४५ सम्म रहिरहे । उनैको प्रत्यक्ष सहभागिता र पहलकदमीमा अन्तर्राष्ट्रिय शान्ति, सुरक्षा र विकासको मूल प्रस्तावनासहित २४ अक्टोबर १९४५ मा संयुक्त राष्ट्रसंघको जन्म भएको हो । संयुक्त राष्ट्रसंघका पाँच स्थायी मुलुकमध्ये एक रहेको अमेरिकामै संयुक्त राष्ट्रसंघको मुख्यालयसमेत छ ।
गत निर्वाचनमा बाराक ओवामा दुई कार्यकाल राष्ट्रपति निर्वाचित भएका थिए । सन् २०१६ देखि रिपब्लिनकन पार्टीबाट ध नाढ्य डोनाल्ड ट्रम्प त्यहा कार्यरत छन् । यसै वर्ष अर्को निर्वाचन हुँदैछ । सात समुद्रपारिको देश नेपालमा समेत त्यसको अनेक कोण, पक्ष र विषयबाट चर्चा हुने गरेको छ । दुईदलीय प्रणालीजस्तै देखिएको अमेरिकामा अन्य दलले समेत निर्वाचनमा भाग लिन्छन् । क्षेत्रीय स्तरमा विभिन्न साना दल अस्तित्वमा भए पनि मूल रुपमा डेमोक्रेटिक र रिपब्लिकन नै एक अर्काका प्रतिस्पर्धी हुन् । सन् २०२० को निर्वाचनमा रिपब्लिकनबाट राष्ट्रपति ट्रम्प नै प्रतिस्पर्धामा छन् भने डेमोक्रेटिकको तर्फबाट पूर्वउपराष्ट्रपति जोइ बाइडेन आमने–सामने छन् ।
यसअघि ट्रम्प क ट्टर एवं उग्र राष्ट्रवादी नारा उछालेर निर्वाचनमा जित्न सफल बनेका थिए । तत्कालीन समय निकै प्रभावशाली मानिएकी पूर्वराष्ट्रपति बिल क्लिन्टनकी श्रीमती हिलारी थोरै इलोक्टोरल मतले हारेका थिइन् । आप्रवासी र विदेशी कामदारप्रति निकै क डा रुपमा प्रस्तुत भएका ट्रम्प मुस्लिमप्रति पनि रु खो र आ क्रामक थिए । ‘मेक अमेरिका ग्रेट अगेन’ भन्ने मूल नारा अघि सारेका ट्रम्पले अमेरिका छिर्ने विदेशीलाई रोक लगाउन छिमेकी मेक्सिकोमा पर्खाल नै लगाउने भनेका थिए । तर, हालसम्म त्यसको थालनी हुन सकेको छैन । अफ्रिकी–अमेरिकन काला जातिप्रति अति कडा नीति लिएका ट्रम्पको शासनकालमै हजारौंले ज्यान गुमाएको बाइडेनले प्रेसिडेन्टल डिबेट (विवाद) मा सवाल उठाएका छन् । काला जातिकै फ्योएड नामका व्यक्तिलाई प्रहरीेले घाँटी थिचेर मा रेको घटनाले अमेरिकामा मात्र होइन, विश्वभर चर्चा र आलोलना भएको थियो ।
बजारमा सहजै ब न्दुक किन्न पाइने प्रजातान्त्रिक र मानवअधिकारको बढी वकालत गर्ने अमेरिकामा आज पनि ३१ राज्यमा मृ त्युदण्ड दिने कानुनी व्यवस्था छ । जातीय हिं सा, लु टपाट, ह त्या, चो री, ब ला त्का र, वि भेदजस्ता आपराधिक र सामाजिक समस्याले ग्रस्त अमेरिकामा हालैको कोरोना महामारीले अर्थतन्त्र ध्वस्तप्राय बनेको भन्ने गरिन्छ । स्वयं राष्ट्रपतिलाई नै कोरोना लागेको छ । कोरोनाको महामारी पनि निर्वाचनको प्रमुख मु द्दा बन्दै आएको छ । विश्वमा कोरोनाको संख्या पनि अमेरिकामै सबैभन्दा बढी छ ।
राष्ट्रपति ट्रम्पलाई गत निर्वाचनमा जस्तो सहज स्थित देखिन्न, उनका कतिपय वाचा पूरा भएका छैनन् । कोरोनाका कारण लगभग ३ करोडले रोजगारी गुमाइसकेका छन् । अमेरिकामा कतिपय नेपाली संगठनले खुला रूपमै बाइडेनको पक्षमा चुनावी प्रचार गर्न थालिसकेका छन् । हालैको दशकमा डिभी, पर्यटन तथा अन्य भिसाबाट नेपालीहरू उल्लेख्य संख्यामा अमेरिका पुगिसकेका छन् र पुग्दै छन् । राम्रो कमाइ हुने, स्वतन्त्रता, सुरक्षा तथा समृद्धिको तीव्र चाहनाले विश्वबाट अमेरिकाको बाटो रोज्ने मानिसको संख्या करोडौं छ ।
निर्वाचनको अनेक पक्षबाट विश्लेषण गर्न सकिन्छ । फलानो दल र फलानो उम्मेदवार विजयी भए हुने थियो भन्ने खालको कामना र चाहना गर्न सकिन्छ तर खासमा चुनावको दिनसम्म आउने राजनीतिक मुद्दा, मत जाहेर गर्ने मतदाता वा अमेरिकी नागरिकको मूल प्रवृत्ति र छनोट कता पर्छ त्यसैले कुन दल विजयी होला भन्न सकिन्छ । चुनावअघिका सबै अनुमान विगतमा कर्कलाको पानीजस्तै भएका थिए । तर, यसपालि पुन ः ट्रम्पले जित्न सक्ने थोरैलाई मात्र विश्वास रहेको देखिन्छ । अमेरिकी निर्वाचनले विश्व राजनीति निरन्तर तात्दै गएको छ ।
जन आस्थाबाट साभार