शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

सिन्धुलीको जनप्रतिनिधिमा कोरोना सं क्रमण देखिएसँगै समुदायमा तरंग

सोमवार , कार्तिक ३, २०७७

सिन्धुली,३ कार्तिक – सिन्धुली जिल्लामा पहिलो पटक राजीतिक दलका नेता तथा जनप्रतिनिधिहरुमा कोरोना सं क्रमण देखिएसँगै समुदायमा त रंग फैलिएको छ ।

दैनिक जसो ठूला–ठूला राजीतिक कार्यक्रम, सभा, सम्मेलन र गोष्ठिमा सहभागि जनप्रतिनिधि तथा राजनीतिक दलका नेताहरुमा नै कोरोना सं क्रमण पुष्टि भएपछि स्थानीयमा त रंग फैलिएको हो ।

अहिले संधिय सांसद गणेश पहाडी, पूर्व संविधासभा सदस्य बिषमलाल अधिकारी दनुवार, गोलन्जोर गाँउपालिका अध्यक्ष पुष्पबहादुर कार्की, नेकपाका नेता  डम्बरबहादुर कार्की कोरोना सं क्रमित भई अहिले होमआ ईसोलेसनमा बसेर उपचार गरि रहेको पारिवारिक स्रोतले जनाएको छ ।

म हामारीको बेला स्थानीय नेताहरुले पार्टी प्रवेश लगायतका भीडभाड हुने कार्यक्रमहरु नगरेको भए उचित हुने कमलामाई नगरपाकिा ४ निवासी बिरबहादुर श्रेष्ठ बताउनुहुन्छ । उहाँले भन्नुभयो, “कम्युनिस्ट पार्टी आवद्ध जनप्रतिनिधिले गरेका भेला र भीडभाडका कार्यक्रमपछि कोरोना बढेसँगै अरु पार्टी र स्थानीय नेतालाई पनि स जग बनाउने काम गरेको देखिएको छ ।”

जनस्तरमा कोरोना देखिएका नेताहरुको ब्यापक बि रोध भएपछि जिल्ला प्रशासन कार्यलय सिन्धुलीले राजनीतिक दलहरुले गर्ने भी डभाड र जमघट कार्यक्रम नगर्न नगराउन गत असोज २० गते सर्बदलीय/सर्वपक्षीय निर्णय गराएको छ ।

सिन्धुलीमा कोरोनाको स्थिति कस्तो हो ? यसै भन्ने स्थिति छैन । स्थानीयका कुरालाई आधार मान्दा स्थिति भ यावह नै छ । अहिलेसम्म जिल्लामा २६९ जनालाई कोरोना सं क्रमण देखिएको छ । १९ जना त आइतबार मात्रै देखिएका छन । कोरोना देखिएकामध्ये ४० जना होम आईसोलेसनमा बसेका छन । सिन्धुलीमा अहिले ४४ वटा आइसोलेसन बेड तयारी अवस्थामा छ । बन्दै गरेको ५० बेडको आइसोलेसन भवन अर्को हप्तासम्म सञ्चालनमा आउने बताइएको छ ।

सिन्धुलीमा आरटी–पिसिआर मेसिन सहितको ल्याब पनि आइसोलेसन भवनसँगै उदघाटन हुने स्रोतले बताएको छ । सिन्धुलीमा अक्सिजन प्लान्ट नहुँदा कोभीड बिरामीका लागि भने समस्या पर्ने देखिएको छ । अहिले पनि सिन्धुलीमा अक्सिजन लिनुपर्ने ३ जना कोरोना बिरामी छन ।

सिन्धुली अस्पतालका ब्यबस्थापक बिमल श्रेष्ठले भन्नुभयो, “आईतबार साँझ २५ वटा अक्सिजन सिलिन्डर झारेकोमा अहिलेसम्म ८ वटा सकिइसक्यो ।” बेलामौकामा सिन्धुलीमा अक्सिजन प्लान्ट राख्ने कुरा चलेपनि ठोस निर्णयको खबर कतै सुनिदैन । अक्सिजन लिन ढल्केवरसम्म जानुपर्ने जानकारहरु बताउँछन । उनीहरुको कुरालाई आधार मान्ने हो भने अक्सिजन लिनुपर्ने केही बिरामी थपिएमा सिन्धुलीको स्थिति भ यावह हुनेछ ।

सिन्धुलीमा कोरोनाको स्थिति बुझ्न सेरोलोजी चेकजाँच हुन नसक्नु दुःखद भएको स्थानीय बताउँछन् । जिल्लामा निश्चित ठाउँमा, टोलमा, समुदायमा, ट्राभल हिस्ट्री समेत हेर्दै रक्त नमुना लिएर गर्नुपर्ने स्याम्पलीङ्ग अझैसम्म गरिएको देखिदैन । जिल्ला स्वास्थ कार्यालयका प्रमुख जितेन्द्र शाहले भन्नुभयो, “सिन्धुलीमा कोरोना झुण्ड–झुण्ड रुपमा देखिएको छ ।” समुदायमा अझै कोरोना नदेखिएको उहाँको दाबी छ ।

उहाले भन्नुभयो, “कमलामाइ र दुधौली नगरमा झुण्ड–झुण्डमा कोरोना देखिएको छ ।” अन्य पालिकामा फाटफुट मात्रै देखिएको जिकिर गर्दै साहले थप्नुभयो, “घ्याङलेकमा कोरोना सं क्रमणको स्थिति जिरो छ ।” तर, दशै जस्तो चाडपर्वमा धेरै भीडभाड हुने भएकाले कोरोनाको जोखिम जिल्लामा उच्च नै देखिन्छ ।

सिन्धुली विशेष गरेर राजधानी काठमाडौंदेखि पूर्वी भेग आउजाउ गर्ने ट्रान्जिट भएकाले कोरोनाको अवस्था भयावह हुनसक्ने धेरैको आशंका छ । यहि रुट भएर जाने यात्रुहरु होटेलमा बास बस्ने, आफन्तकोमा बास बस्ने आदि कारणले कोरोनाको स्थिति घटनुको सट्टा बढिरहेको देखिएको छ ।

गाउँ फर्कनेबाट कोरोना बढ्ने ख तरा

काठमाडौँ,३ कात्तिक – दशैँ मनाउन काठमाडौँ उपत्यका छोडेर आफ्नो घर फर्कनेहरूले उपत्यकामा फैलिएको कोरोना गाउँसम्म पुर्‍याउने सम्भावना बढेको छ । सरकारले जो व्यक्ति जुन ठाउँमा बसेको छ सोही स्थानमै बसेर दशैँ मनाउन आग्रह गरे पनि मानिसहरू दशैँमा आफ्नो थातथलो जान थालेपछि कोरोना स ङ्क्रमण गाउँसम्म पुग्ने ख तरा बढेको हो ।

नुवाकोटको शिवपुरी गाउँपालिका प्रमुख रामकृष्ण थापाले पहिलाको तुलनामा यस वर्ष उपत्यकाबाट गाउँ फर्कने सङ्ख्या केही कम भए ठप्प भने नभएकाले उपत्यकाबाट गाउँ फर्कनेलाई आवश्यक सावधानी अपनाउन आग्रह गरिएको बताउनुभयो । “दशैँ मनाउन गाउँ फर्कनेलाई नाकामै बसेर रोक्ने अवस्था छैन,” उहाँले भन्नुभयो, “आवश्यक स्वास्थ्य सु रक्षाको मापदण्ड पालना गर्न लगाउनुको विकल्प छैन ।”यो समाचाार आजको गोरखापत्रमा नगेन्द्र सापकोटाले लेखेका छन ।

उहाँका अनुसार गाउँपालिकाले कोरोनाको सामना गर्न आठ शयाको आइसोलेसन कक्ष निर्माण गरेको छ । अप्ठ्यारो परेकालाई उक्त आइसोलेसन कक्षमा राख्न सकिए पनि सबैलाई त्यो सम्भव नभएको बताउनुभयो । दशैँ मनाउनका लागि उपत्यकाबाट आ–आफ्ना घर पुगेका स्थानीयलाई आइसोलेसनमा राखी व्यवस्थापन गर्ने कुरा स्थानीय सरकारका लागि चुनौतीपूर्ण बनेको छ ।

कतिपय स्थानीय तहले उपत्यकाबाट दशैँ मनाउन गाउँघर जाने व्यक्तिले अनिवार्य दुई हप्ता घरमै एकान्तबासमा बस्नुपर्ने भनिए पनि दशैँको समयमा त्यो पूर्ण रूपमा सम्भव देखिएको छैन । त्यसो त स्थानीय तहले पर्याप्त मात्रामा संस्थागत आइसोलेसन बनाएका छैनन् । कपितय स्थानीय तहले जिल्ला सङ्कट व्यवस्थापन केन्द्र (सीएमसी)सँग मिलेर केही शøया संस्थागत आइसोलेसन बनाए पनि दशैँको समयमा उपत्यका छोडी घर फर्कने सबैलाई सो पर्याप्त हुँदैन ।

नेपाल नगरपालिका सङ्घ गण्डकी प्रदेश संयोजक एवं गोरखाको पालुङ्गटार नगरपालिका प्रमुख दीपकबाबु कँडेलले आफू बसेकै ठाउँमा दशैँ मान्न गरिएको सरकारका आग्रह सबैले मान्नुुपर्ने बताउनुुभयो ।

उहाँका अनुसार उपत्यकाबाट गाउँ फर्कने स्थानीयले होम आइसोलेसनमा नै बसेर दशँैं मान्नुपर्ने र घरबाट बाहिर ननिस्कनका लागि सबै वडा कार्यालयमार्फत स्थानीयलाई आग्रह गरिएको छ । लक्षणबिना पनि कोरोना सङ्क्रमित हुनसक्ने भएकाले यस वर्षको दशँैं मान्ने क्रममा रमाइलोभन्दा स्वास्थ्य सचेतना अपनाएर मान्नुपर्ने उहाँको भनाइ छ । महानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख ज्ञानबहादुर ओलीले काठमाडौँ महानगरपालिकाको तथ्याङ्कमा आउने अधिकांश कोरोना सङ्क्रमित काठमाडौंँभन्दा बाहिरको भएको बताउनुभयो ।

 

प्रतिक्रिया