शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

सिन्धुलीमा कोरोना सं क्रमितको संख्या १३२ पुग्यो

मंगलवार , आश्विन २०, २०७७

सिन्धुली ,२० असोज – सिन्धुली जिल्लामा कोरोना सं क्रमितको संख्या १३२ पुगेको छ । मंगलबार एकै दिन २६ जनामा कोरोना सं क्रमण पुष्टि भएको रिपोर्ट आएपछि जिल्लामा सं क्रमितको सं ख्या १३२ पुगेको सिन्धुली अस्पतालले जनाएको छ । अस्पतालका व्यवस्थापक बिमल श्रेष्ठका अनुसार कन्ट्रयाक ट्रेसिङ र क्वारेन्टिनमा बसेका गरी शनिबार ८१ जनाको स्वाब संकलन गरि पिसिआर परिक्षण गर्न धुलिखेल पठाईएको थियो ।

स्वाब पिसिआर परिक्षण गर्न पठाएका मध्ये ५५ जनाको रिपोर्ट निगेटिभ आएको उहाँले सुनाउनुभयो । रिपोर्ट पोजेटिभ आएका २६ जना मध्ये विदेशबाट आई शिबनरस्थित भू–संरक्षण कार्यालयको क्वारेन्टिनमा बसेका फिक्कल गाँउपालिकाका चार जना, नेपाली सेनाका छ जना र बाँकी सदरमुकामका विभिन्न गाँउमा बस्दै आएका स्थानीय व्यक्ति रहेको अस्पतालका व्यवस्थापक श्रेष्ठले बताउनुभयो ।

संक्रमित सेनाका र क्वारेन्टिनका गरी १० जनालाइ उपचारका लागि एपोलो अस्पताल ल्याउने तयारी भई रहेको उहाको भनाई छ । अन्य बाँकी १६ जनाले भने होम आईसोलेसनमा नै बसेर उपचार गर्ने बताएको व्यवस्थापक श्रेष्ठको भनाई छ ।

थपिएका नयाँ सं क्रमित व्यक्तिसहित अहिले कोरोना सक्रिय सं क्रमित बिरामीको सं ख्या ४७ पुगेको सिन्धुली अस्पतालले जनाएको छ । अस्पतालका अनुसार हाल १८ जनाको एपोलो अस्पताल, एक जनाको सिन्धुली अस्पताल र दुई जनाको होम आईसोलेसनमा उपचार भई रहेको छ ।

जिल्लामा अहिलेसम्म उपचारपछि सन्चो भएर ८५ जना सं क्रमित व्यक्ति घर गई सकेको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया