कठमाडौ,२७ भदौ – नेपाली सेनाको ‘लघु चलचित्र प्रतियोगिताका’ २०७६ सालको संस्करणका चलचित्र ‘देशलाई छुने पाइला’ मा सिन्धुलीका प्रसुन सिन्धुलीय उत्कृष्ट निर्देशक घोषित हुनु भएको छ ।
नेपाली सेनाले २०६७ सालदेखि गर्दै आएको ‘लघु चलचित्र प्रतियोगिताको’ २०७६ सालको संस्करणमा प्रसुन सिन्धुलीयद्वारा निर्देशित चलचित्र ‘देशलाई छुने पाइला’ सर्वोत्कृष्ट भएको छ । नेपाली सेनाले एक विज्ञप्ति जारी गर्दै नतिजाको विवरण सार्वजनिक गरेको हो ।
ब न्दा ब न्दीले तोकिएको मिती भन्दा करीब ६ महिना पछाडि धकेलिदिएको समापन र पुरस्कार वितरण समारोह २६ गते शुक्रबार जंगी अड्डा, सुन्धाराको भव्य हलमा उत्कृष्ट दस चलचित्रको प्रोजेक्शन सहित गरिएको थियो ।
समारोहमा प्रधान सेनापति महारथी पूर्णचन्द्र थापासहित निर्णायकहरु र सहधागी अन्य उत्कृष्ट दस चलचित्रका प्रतिनिधिको उपस्थिति थियो । उक्त लघु चलचित्र प्रतियोगितामा ३८ वटा चलचित्र सहभागी भएका थिए । उत्कृष्ट दस स्क्रिप्टलाई जनही ३५ हजार पुरस्कारको व्यवस्था गरिएको थियो ।
प्रतियोगितामा सर्वोत्कृष्ट भएसँगै प्रसुन सिन्धुलीयको टिमले उत्कृष्ट स्क्रिप्टको नगदसहित नगद दुई लाख पैँतिस हजार र प्रमाणपत्र पाएको छ भने दोस्रो हुने पुरुषोत्तम बस्नेतको रगतु र तृतीय हुने वसन्त शर्मा अधिकारीको लक्ष्यु ले क्रमश १ लाख ५० हजार र १ लाख नगद पुरस्कार पाउनु भएको छ ।
पुरस्कार पाएपछि चलचित्र निर्देशक प्रसुन सिन्धुलीयले बन्दाबन्दीले थिलथिलो बनाइदिएको मस्तिष्कलाई पुरस्कारले मलजल गरिदिएकोू अभिव्यक्ति दिनु भयो । “यो मेरो मात्र जित हैन, हाम्रो समूहकै जित हो, सबै सिनियर र साथीहरूको सहयोगले यो सम्भव भएको हो ” उहाँले थपनु भयो ।
सर्वोत्कृष्ट पुरस्कृत भएको फिल्म ‘देशलाई छुने पाइला’ मा रंगकर्मीहरूको वर्चश्व थियो । रंगकर्मी टंक चौलागाईँ, इङ्गी होपो कोइँच सुनुवार,सबिर चुरौटे, सुचित्रा उप्रेती, हीरा महर्जन र लिजा मोतेको अभिनय रहेको थियो । कथा, पटकथा, निर्देशन प्रसुन सिन्धुलीयकै रहेको थियो भने प्रकेश सिन्धुलीयले सम्पादन रहेको थियो ।