सिन्धुली,२४ भदौ – सिन्धुलीको कमलामाई नगरपालिकाले पू र्वाधार विकास निर्माणमा २६ करोड ३९ लाख ८७ हजार ९७४ रुपैया ख र्च गरेको छ ।
नगरपालिकाले गत आर्थिक बर्ष ०७६/०७७ मा पूर्वाधार विकासका लागि विभिन्न किसिमका ७७२ वटा योजना सम्पन्न गर्न कुल ३२ करोड ४४ लाख ९९ हजार १९६ रुपैया बिनियोजन गरेको मध्ये उक्त रकम ख र्च भएको जनाएको छ ।
कमलामाई नगरपालिकाको बार्षिक प्रतिवेदन अनुसार बिनियोजन उक्त रकम मध्ये छ करोड पाँच लाख ११ हजार २२१ रुपैया ख र्च हुन नसकी फ्रि ज भएको छ । सो अवधिमा छनौट भएका ७७२ योजना मध्ये ७६३ वटा योजना निर्माणका लागि सम्झौता भएका थिए । बाँकी नौ वटा योजना विभिन्न कारणले सम्झौता हुन सकेको थिएन ।
सम्झौता भएका योजना मध्ये ७३५ वटा निर्माण सम्पन्न भएका छन् । बाँकी मध्ये २३ वटा योजना चालु अवस्थामा रहेका छन् भने पाँच वटा योजनामा काम नै हुन सकेको छैन । नगरपालिकाले सो अवधिमा सडक, खानेपानी, सिंचाई, सामुदायिक भवन, शिक्षा, विद्युत, प्र कोप र विविध सम्बन्धिका योजना सञ्चालन गरेको छ ।

नगरपालिकाले वेभसाईटमा राखेर सार्बजनिक गरेको बार्षिक प्रगती प्रतिवेदन अनुसार गत आर्थिक बर्षमा १४ वटै वडाको वडा भेलाबाट छनौट भई आएका ५१६ वटा, कार्यपालिकाबाट निर्णय भई छनौट भएका ६९ वटा, नगर प्रमुखको निर्णयको १४३ वटा र संघ/प्रदेश/सडक वोर्ड नेपालको तर्फका ४४ वटा गरी कुल ७७२ वटा योजना स्वीकृत भएका थिए ।
स्वीकृत ती योजना मध्ये स्थानीयस्तरमा गठन गरिएका उपभोक्ता समिति मार्फत ७२५ वटा, बोलपत्र मार्फत सञ्चालित २९ वटा, सिलबन्दि दरभाउ पत्रमार्फत सञ्चालित सात वटा र दरभाउ पत्र मार्फत सञ्चालित ११ वटा रहेको नगरपालिकाका ईन्जिनियर बिनोदबाबु खकुराल बताउनुहुन्छ ।
नगरपालिकामा गत आर्थिक बर्षमा सबैभन्दा बढी सडक निर्माणमा ख र्च भएको छ । सडक निर्माण सम्बन्धि ४०४ वटा योजनाका लागि १६ करोड ४७ लाख ७० हजार ५३७ रुपैया बजेट बिनियोजन गरिएकोमा १३ करोड ५१ लाख २० हजार १२ रुपैया ख र्च भएको नगरपालिकाले जनाएको छ । कल्भर्ट, नाला, सोलिङ, ग्राभेल, पिसिसि, आरसिसि, कालोपत्रे, नयाँ ट्रयाक खोल्ने र म र्मतमा उक्त रकम ख र्च भएको जनाईएको छ ।
त्यस्तै सामुदायिक भवन निर्माण सम्बन्धि ९५ वटा योजनाका लागि छ करोड एक लाख २८ हजार ३१८ रुपैया बजेट छुट्याइएकोमा पाँच करोड १६ लाख १२ हजार ५४१ रुपैया ख र्च भएको छ । नयाँ भवन निर्माण, मर्मत, धार्मिक भवन, सौचालय, कम्पाउण्डवाल, प्रतिक्षालय लगायतमा उक्त रकम ख र्च भएको बताईएको छ ।
खानेपानी सम्बन्धित ९४ वटा योजनाका लागि दुई करोड ९० लाख सात हजार २२९ रुपैया बजेट बिनियोजन गरेकोमा दुई करोड २० लाख ३९ हजार ४७० रुपैया ख र्च भएको छ । ट्यांकी निर्माण, ट्यांकी म र्मत, पाईप खरिद, ईनार, धारा निर्माण लगायतमा उक्त रकम ख र्च भएको नगरपालिकाले जनाएको छ ।
सिंचाई सम्बन्धि ७२ वटा योजनाका लागि एक करोड ३८ लाख १४ हजार ५८९ रुपैया बजेट छुट्याईएको थियो । उक्त रकम मध्ये एक करोड नौ लाख ७३ हजार ३४८ रुपैया ख र्च भएको छ । उक्त रकमबाट नयाँ सिंचाई योजना निर्माण र पुराना योजना मर्मत भएको जनाईएको छ ।
शिक्षा सम्बन्धि ४४ वटा योजनाका लागि दुई करोड ४७ लाख ३७ हजार पाँच रुपैया बजेट बिनियोजन गरेकोमा दुई करोड १५ लाख ९६ हजार ८६३ रुपैया ख र्च भएको छ । उक्त रकमबाट नयाँ भवन निर्माण, पु रानो भवन म र्मत, कम्पाउण्डवाल लगायत निर्माण भएको छ ।
प्र कोप सम्बन्धि १२ वटा योजनाका लागि ५४ लाख ९४ हजार ५७१ रुपैया बिनियोजन गरिएकोमा ४३ लाख ७० हजार रुपैया ख र्च भएको छ । यो रकम सात ठाँउमा त टबन्ध निर्माण र पाँच वटा प हिरो नि य न्त्रणमा ख र्च भएको नगरपालिकाले जनाएको छ ।
विद्युत सम्बन्धि सात वटा योजना रहेका छन् । ती योजनाका लागि एक करोड ४३ लाख ६० हजार ३६६ रुपैया बजेट बिनियोजन गरेकोमा ७१ लाख ४३ हजार ९९० रुपैया ख र्च भएको छ । यो रकमबाट मुख्य प्रशारण लाईन र शाखा लाईन बिस्तारको काम भएको नगरपालिकाले जनाएको छ ।
त्यस्तै विविध शिर्षक अन्तर्गतका ४४ वटा योजना मध्ये ३९ वटा योजनाका लागि एक करोड २१ लाख ८६ हजार ५७८ रुपैया बजेट बिनियोजन गरिएकोमा एक करोड ११ लाख ३१ हजार ७५० रुपैया ख र्च भएको जनाईएको छ ।