शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

रकम लिएर द लाल बे पत्ता

मंगलवार , भाद्र २३, २०७७

सिन्धुली,२३ भदौ – पारिबारीका रुपमा आर्थिक अ भाव झे लिरहनु भएका सुनकोसी गाउँपालिका–४ सिउडीबारका २५ बर्षिय सनकबहादुर वाइवा कामको खोजीमा करिब चार बर्षअघि काठमाडौँ पुग्नु भयो । काम खोज्ने क्रममा काठमाडौँमा उहाँको छिमेकी गाँउ घ्याङलेख गाँउपालिका–१ अमेले निवासी सुर्य ब्लोनसँग भेट भयो । सुर्यले उहाँलाई जापान पठाई दिने र आकर्षक तलब हुने सुनाउनुभयो ।

सिउडीबारका सनकबहादुरलाई सुर्यसँगेको भेटले हाल कमलामाई नगरपालिका–६ रातमाटामा बस्दै आउनु भएका ३९ बर्षिय कुनसाल दोर्जे लामासँग पनि जोडायो । सर्लाहीको इश्वरपुर नगरपालिका–१२ निवासी कुनसाल तीनबर्ष मलेसिया बसेर स्वदेस फर्किनु भएको थियो । स्वदेश फर्किएपछि काम नपाएर बे रोजगार बस्नु परेको पीडाले कुनसाल फेरी विदेस जाने सोचमा बस्नु भएको थियो । उहाँको पनि यही समयमा सुर्यसँग भेट भयो ।

सनकबहादुरका अनुसार सुर्यले दुवै जनालाई आर्कषक तलवहुने भन्दै जापान पठाइ दिने बताउनुभयो । दुवैजनाले सुर्यको कुरा सुनेपछि जापान गएर धन कमाउने र परिवारलाई सु:खसंग पाल्ने सपना बुन्न थाले । सनकले भन्नुभयो, “सुर्यले कन्सल्टेन्सीबाट होटलको कुक भिषामा जापान पठाइ दिने बताएका थिए । सुरुमा मासिक एक लाख तलव हुने लोभ पनि देखाए ।”

जापान जान प्रतिब्यक्ति छ लाख ५० हजार रुपैया लाग्ने सुर्यले बताएको उहाँले सुनाउनुभयो । “आर्कषक तलव हुने भनेपछि हामी दुवै जना सा हुकोमा ऋ ण गरेर जाने निर्णयमा पुग्यौ,” उहाँले थप्नुभयो, “२०७४ सालतिर मैले ऋ ण गरेर पेश्की स्वरुप तीन लाख ३४ हजार पाँच सय र कुन सालले पाँच लाख १६ हजार रुपैया सुर्यलाई बुझायौं ।’

जापान जान नपुग रकम दिन ऋ ण खोज्दै गरेको अवस्थामा सुर्यको फोन नै लाग्न छा डेको अर्का पी डित कुनसालको गुनासो छ । सुर्य पैसा लिएर सम्र्पकविहिन भएपछि जापान जान पाईनभन्दा पनि साहुको ऋ ण का ढेर दिएको पेश्की रकम डु ब्यो भन्ने चि न्ताले सताएको उहाँको भनाई छ । उहाँले भन्नुभयो, “अझै सम्मपनि ऋ ण तिर्न सकेका छैनौँ । ऋ णको चि न्ताले हरेक रातहरु अ निदो वित्छन् ।”

जापान पठाउन लोभ्याउने सुर्य कसैगरी पनि सम्र्पकमा नआएपछि बा ध्य भएर न्याय सहित ठगीएको रकम उ ठाउन का नुनी प्रक्रिया अ बलम्न गर्न थालेको उहाँहरुको भनाई छ । वैदेशिक रोजगारको लागि सु रक्षित आप्रवासन परियोजना(सामी), सिन्धुलीका संयोजक सुष्पा भुजेलले सनक र कुनसालले ठगी रकम फिर्ता पाउ भनि दुवै जानाले गत असार २२ गते निवेदन दिएको जानकारी दिनुभयो ।

सनक र कुनसालले बताए अनुसार जापान लगि दिने भन्दै ठ गी गर्ने मुख्य नाईके सुर्य ब्लोन नै हुन् । तर निवेदनमा तीनपाटन गाउँपालिका–१० लाम्पान्टारस्थित चकमके बजारकी २५ वर्षिया अनिता तामाङले ठगी गरेको भनिएको छ । निवेदनमा न्या य सहितको रकम फिर्ता पाऊँ भनि उल्लेखछ ।

ठ गी गर्ने मुख्य ना इके सुर्य भएको बताइ रहदा निवेदन चाही किन अनिता वि रुद्ध ? भन्ने प्रश्नमा पी डितले भनेका छन्, “सुर्यले अनिताको खाता नम्बर पठाएका थिए । हामीले पैसा आ इएमी गरिदियौँ । यसको प्रमाण हामीसंग सुरक्षित छ ।”

नगद रकम सुर्यकै हातमा दिएको कुनसालले बताउनुभयो । उहाँले थप्नुभयो, “बैंक मार्फत पठाएको रकमको प्रमाण छ । यही प्रमाणका आधारमा अनिता वि रुद्ध नि वेदन दिएका हौँ ।”

सुर्यले अनिता आफ्नो श्रिमती भएको भन्दै उनकै खातामा पैसा पठाउन लगाएको पी डितको भनाई छ । “यता अनिताले भने सुर्य आफ्नो श्रीमान नभएको बताउनु भएको छ । तर पनि यस कार्यमा सुर्यसंगै अनिता पनि संलग्न हुनुहुन्छ,” सनकले भन्नुभयो ।

“सुर्यसंग सम्पर्क नभए पनि हाम्रो अनितासंग एकचोटी फोन सम्वाद भएको थियो,” पी डित कुनसानले भन्नुभयो, “उहाँले सुर्य मेरो श्रीमान हैनन् । तर पनि म तपाईहरुको पैसा फिर्ता गराउन सहयोग गर्नेछु भन्नु भएको थियो ।” अहिले भने अनिता पनि सम्पर्क वि हिनभएको पी डितको भनाई छ । कुनसानका अनुसार सुर्यले “यदी जापान पठाउन नसकेमा रकम फिर्ता दिने” भनि बैकं खातामा रकम नभएको बा उन्स चेक अग्रिम दिएका थिए ।

पी डितको निवेदका आधारमा प्र हरीले खो जी गरेको भएपनि सुर्य सिन्धुलीमा बसोबास नगर्ने र परिवारको सम्र्पकमा नभएकोे जनाइएको छ । सुरक्षित आप्रवासन परियोजना (सामी) को समन्वयमा पीडितहरुले २०७७ साल साउन २१ गते जिल्ला प्रशासन कार्यालय सिन्धुलीमा रकम फिर्ता पाउँ भन्दै कारबाहीको लागि पुनःनिवेदन दिएका छन् । सामी परियोजा सिन्धुलीका संयोजक भुजेलका अनुसार जिल्ला प्रशासन कार्यालय सिन्धुली मार्फत समन्वय गरि काम कारबाहिको लागि बैदेशिक रोजगार बिभागलाई पत्रचार गरिएको छ ।

प्रतिक्रिया