शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

सिन्धुलीमा कोरोनालाई जि त्ने बढ्दै

आइतवार , भाद्र २१, २०७७

सिन्धुली,२१ भदौ – सिन्धुली जिल्लामा देखा परेका अधिकांस कोराना सं क्रमित बिरामी उपचारपछि कोरोनालाई जितेर घर जाने क्रम बढेको छ ।

जिल्लामा आईतबार एकै पटक १७ जनाले कोरोना जितेर घर गएको सिन्धुली अस्पतालले जनाएको छ । अस्पतालका व्यवस्थापक बिमल श्रेष्ठका अनुसार होम आ ईसोलेसनमा बसेर र अस्पतालको आईसोलेसन कक्षमा भर्ना भई उ पचार गरिरहेका १७ जनासहित ४९ जनाको स्वाब संकलन गरेर पिसिआर परिक्षण गर्न भदौ १८ गते धुलीखेल पठाएकोमा सबैको रिपोर्ट निगेटिभ आएको हो ।

यो सहित सिन्धुली जिल्लामा कोरोनालाई जितेर सन्चो भई घर जाने बिरामीको सङख्या ५० पुगेको उहाँले सुनाउनुभयो । अस्पतालका व्यवस्थापक श्रेष्ठले भन्नुभयो, “सिन्धुली जिल्लामा अहिलेसम्म कोरोना सं क्रमित बि रामीको संख्या ६२ पुगेको छ । ती मध्ये अहिले उ पचार गराई रहेका बाँकी बिरामीको संख्या नौ रहेको छ । अरु तीन जना बि रामी सिन्धुली जिल्ला बाहिर गई उपचार गरेर सन्चो भई घर गई सकेका छन् ।”

सुनकोसी गाँउपालिका–३ रातमाटा निवासी ६२ बर्षिय बृद्ध उद्धब गिरी समेत कोरोनालाई जितेर घर जानु भएको व्यवस्थापक श्रेष्ठले जानकारी दिनुभयो । कोरोनालाई जितेर घर जाने सबैलाई अबिर र खादा लगाई बिदाई गरेर घर पठाएको उहाँको भनाई छ ।

कोरोना सं क्रमण देखिएपछि तीन सातासम्म होम आईसोलेसनमा बसेर उपचार गराई आईतबार मात्र डिस्चार्च हुनु भएका कमलामाई नगरपालिका–६ रातमाटा निवासी केदार कार्की भन्नुहुन्छ, “यो बीचमा मैले गुर्जोको लहरोको पानी र बेसार खाएर नै कोरोनालाई जिते ।”

“बिहान खाली पेटमा र बेलुका सुत्ने बेलामा बेसार मिसाएर गुर्जोको पानी खान्थे, अरु केही उपचार गरिन,” उहाँले भन्नुभयो, “झण्डै एक महिनासम्म घरबाट बाहिर निस्किन नपाउदा तनाब हुन त स्वभाविक नै हो । डाक्टरहरु आएका थिए । केही समस्या भए भन्नु भनेर गएका थिए । तर मैले केही खबर गरिन ।”

उहाँले साउन ३२ गते स्वाब दिएपछि भदौ ५ गते कोरोना सं क्रमण पुष्टि भएको जानकारी दिदै भन्नुभयो, “त्यसपछि भदौ १२ गते स्वाब दिई, १५ गते रिपोर्ट पोजेटिभ आयो । फेरी भदौ १८ गते स्वाब दिदा बल्ल आईतबार (भदौ २१) रिपोर्ट निगेटिभ आएपछि घरबाट बाहिर निस्किदै छु ।”

अस्पतालका व्यवस्थापक श्रेष्ठका अनुसार कोरोना सं क्रमित बाँकी नौ जना बिरामी मध्ये जिल्ला प्रहरी कार्यालयका सात जना प्रहरी उक्त कार्यालयकै क्वारेन्टिनमा बसेर उपचार गरि रहेका छन् । दुधौली नगरपालिका–१ निवासी ३५ बर्षिय एक पुरुषको एपोलो अस्पतालमा र सुनकोसी गाँउपालिका–१ निवासी ६१ बर्षिया एक महिलाको सिन्धुली अस्पतालको आईसोलेनसन कक्षमा भर्ना गरी उपचार भई रहेको छ ।

कोरोना पोजेटिभ देखिएका प्रहरीलाई जिल्ला प्रहरी कार्यालयमा रहेको क्वारेन्टिमा नै राखेर उपचार गरिएको प्रमुख जिल्ला अधिकारी योगेन्द्रप्रसाद पाण्डेले बताउनुभयो । उहाँले भन्नुभयो, “सं क्रमित ती प्रहरीहरु २ नम्बर प्रदेशबाट तालिम सकेर भर्खरै सिन्धुली आएका हुन् । आउने बित्तिकै उनीहरुलाई शंका लागेर छुट्टै क्वारेन्टिनमा राखेका थियौं ।”

उनीहरुको अन्य प्रहरीसँग सम्पर्क नभएकोले उनीहरुलाई मात्रै प्रहरीकै क्वारेन्टिनमा राखेर उपचार गरे पुग्ने उहाँले बताउनुभयो ।

उनीहरुको थप पिसिआर परिक्षण गर्न समय भई नसकेकाले उपचार गरी रहेको उहाँको भनाई छ । अस्पतालका अनुसार सिन्धुली जिल्लमा जेठ २२ गते पहिलो कोरोना सङक्रमित बिरामी फेला परेका थिए । कमलामाई नगरपालिका–१४ स्थित चन्दनपुर निवासी २३ बर्षिय ती व्यक्तिमा कोरोना सं क्रमण पुष्टि भएपछि उपचार गरी सन्चो भएर घर गई सकेका छन् ।

सिन्धुलीको एपोलो अस्पतालको आईसोलेसनमा भर्ना भई उपचार गरी कोरोनालाई जितेर निको भएका व्यक्तिलाई घर पठाउन बिदाई गरिदै ।

प्रतिक्रिया