सिन्धुली,८ भदौ- बिरामी भएपछि उ पचारका लागि जिल्ला कारागार सिन्धुलीबाट केन्द्रीय कारागार पठाइएका एक कैदीमा कोरोना भाइरस सं क्रमण पुष्टि भएको छ। जिल्ला कारागार सिन्धुलीमा क र्तव्य ज्या न मु द्दामा कै द भुक्तान गरिरहेका धनुषा जिल्ला फुलगावाका ७१ वर्षका कैदीमा कोरोना देखिएकाे हाे।
सिन्धुली अस्पतालमा ३ दिन उ पचार गर्दासमेत निको नभएपछि थप उ पचारका लागि केन्द्रीय कारागारमा सरुवा गरी उनलाई पठाइएकाे जिल्ला कारागार कार्यालयले जनाएको छ। सिन्धुली अस्पतालमा उपचारका क्र ममा मु टु र क लेजाेमा स मस्या देखिएको र अवस्था ग म्भीर भएपछि साउन २६ गते काठमाडाैं पठाइएको सिन्धुली कारागार प्रमुख मात्रिकाप्रसाद पहाडीले जानकारी दिनुभयो ।
कारागार कार्यालय सिन्धुलीमा हाल २ सय ४९ कैदीबन्दी छन् । जसमा ६ जना महिला रहेका प्रमुख पहाडीले जानकारी दिनुभयो । उनी २०७६ वैशाख १२ गते सिन्धुली कारागार आएका थिए। उनमा कसरी कोरोना सं क्रमण भयो भन्ने श्रोत समेत खुलेको छैन।
कैदी बिरामी परी कोरोना आशंका भएदेखि नै कारागार कार्यालय सिन्धुलीले आफन्तसँगको भेटघाटलाई ब न्द गरेको पहाडीले बताउनु भयो ।