शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

सिन्धुलीका चौविस जनाको स्वा ब सं कलन गरि पठाईयो

सोमवार , भाद्र ८, २०७७

सिन्धुली,८ भदौ – जिल्ला अस्पताल सिन्धुलीले कोरोना सं क्रमित बि रामी सहित २४ जनाको स्वा ब सं कलन गरी प रिक्षणका लागि सोमबार बिहान हेटौडा पठाएको छ ।

कोरोना सं क्रमित १६ जना बिरामी, राष्ट्रिय बाणिज्य बैंकका तीन जना कर्मचारी र शनिबार फेला परेका गोलन्जोर गाँउपालिका–१ का स क्रमित बिरामीलाई सम्पर्क गरेका पाँच जनाको आईतबार स्वाब संकलन गरिको अस्पतालका व्यवस्थापक बिमल श्रेष्ठले जानकारी दिनुभयो ।

स्वा ब संकलन गरिएका कोरोना सं क्रमित बि रामीहरुमा कमलामाई नगरपालिका–४ का ३८ बर्षिय पुरुष, वडा नं. ६ गैरीबजारका ६६ बर्षिय पुरुष, कमलामाई नगरपालिका–९ निवासी ३८ बर्षिय एक पुरुष, साउन २५ गते संक्रमण पुष्टि भएका दुई जना र साउन ३० गते संक्रमण पुष्टि भएका ११ जना रहेका अस्पतालले जनाएको छ ।

एपोलो अस्पतालमा उपचार गरि रहेको बाँकी पाँच जना बिरामीको स्वाब पिसिआर विधिबाट जाँच गर्ने अवधि नपुगेको अस्पतालका व्यवस्थापक श्रेष्ठको भनाई छ । स्वाबको रिपोर्ट एक/दुई दिनमै आउने उहाँले बताउनुभयो ।

उहाँका अनुसार अहिले सिन्धुली जिल्लामा कोरोना सं क्रमण पुटि भएका बिरामीको संख्या ४४ पुगेको छ । ती मध्ये २० जनाको एपोलो अस्पतालमा, एक जनाको सिन्धुली अस्पतालमा, पाँच जना माझीटारस्थित गढीदरबार होटलको होम आ ईसोलेसनमा, एक जना कनपा ६ रातमाटास्थित आफ्नै निवासको होम आ ईसोलेसनमा र बाँकी पाँच जनाको सिन्धुली जिल्ला बाहिरको अस्पतालमा उपचार भई रहेको छ । १२ जना उपचार पछि कोरोनालाई जितेर घर गएका छन् ।

सिन्धुली जिल्लामा अझै १७७ जनाको स्वाबको पिसिआर रिपोर्ट आउन बाँकी रहेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख जितेन्द्र साहले जानकारी दिनुभयो ।

प्रतिक्रिया