सिन्धुली, ५ भदौ – सिन्धुली जिल्लामा कोरोना सं क्रमित बि रामीको संख्या ३५ पुगको छ ।
सिन्धुली जिल्लाको सुनकोसी गाँउपालिका–३ मा शुक्रबार ६२ बर्षिय बृद्धमा कोराना सं क्रमण देखिएसँगै बि रामीको संख्या ३५ पुगेको हो । सुनकोसी गाँउपालिमा भने कोरोना सं क्रमित बि रामीको संख्या दुई पुगको छ ।
सुनकोसी गाँउपालिका स्वास्थ्य शाखा प्रमुख ओमप्रकास झाका अनुसार उक्त गाँउपालिकाले भदौ १ गते ४७ जनाको स्वाब संकलन गरी पिसिआर परिक्षण गर्न धुलिखेल अस्पताल पठाएको थियो ।
उक्त स्वाब मध्ये एक जना (बृद्ध) मा कोरोना पो जेटिभ र बाँकीको निगेटिभ नजिता शुक्रबार आएको उहाँले जानकारी दिनुभयो । सं क्रमित बृद्धलाई आ इसोलेसनमा भर्ना गरी उपचार गर्न सदरमुकाम सिन्धुलीमाढीस्थित एपोलो अस्पतालमा लैजाने तयारी गरिएको उहाँले बताउनुभयो ।
गाँउपालिका अध्यक्ष दिपा बोहोराले सं क्रमित बृद्ध लुकेर बिराटनगर गई झण्डै दुई महिना बसेर स्वाब सं कलन हुनभन्दा एक दिनअघि आफ्नो घरमा आउनु भएको जानकारी दिनुभयो । अहिले सं क्रमित बृद्धको सुनकोसी गाँउपालिका–६ स्थित घर सिल गर्ने र पारिवारका सदस्यलाई गाँउपालिका ल्याउने तयारी भई रहेको उहाँको भनाई छ ।
यसअघि सुनकोसी गाँउपालिकाको वडा नं. ४ कोटगाँउ स्थित सिद्ध माध्यमिक विद्यालयमा कार्यरत एक जना शिक्षकमा कोरोना भा ईरसको सं क्रमण पुष्टि भएको थियो । गाँउपालिकाले कोरोनाका बि रामी देखिसँगै भदौ १३ गतेसमम १५ दिनका लागि स टडाउन घोषणा गरेको छ । गाँउपालिका अध्यक्ष दिपा बोहोराले भन्नुभयो, “सर्बदलिय बैठकले उक्त घोषणा गरेको हो । अत्यावश्यक बाहेक सबै गतिविधि बन्द गर्ने गरी गाँउपालिकाभरी स टडाउन घोषणा भएको छ ।”
हाल एपोलो अस्पतालमा १६ जना, सिन्धुली अस्पतालमा एक जना गरी १७ जना बिरामीको उपचार भई रहेको सिन्धुली अस्पतालका व्यवस्थापक बिमल श्रेष्ठले सुनाउनुभयो । उहाँका अनुसार सिन्धुलीमा भेटिएका कोरोना सं क्रमित चार जना नेपाली सेनालाई भने बलम्बुमा सशस्त्र प्रहरीको क्याम्पमा उपचार भई रहेको र धुलीखेल अस्पतालमा एक जनाको उ पचार भई रहेको उहाँले जानकारी दिनुभयो । उहाँले सबै बिरामीको अ वस्था सामान्य रहेको पनि बताउनुभयो ।
सिन्धुली जिल्लामा अहिलेसम्म १२ जनाले कोरोना जितेर घर फर्किसकेका छन् ।