शनिवार, कार्तिक २८ गते २०८३

Saturday 14th November 2026

सिन्धुलीमा कार्यरत ट्राफिक प्रहरी हवल्दार थपलिया सर्वोत्कृष्ट प्रदेश प्रहरी

शुक्रवार , भाद्र ५, २०७७

सिन्धुली,५ भदौ – अस्थायी ट्राफिक प्रहरी पोष्ट सिन्धुलीमा कार्यरत प्रहरी हवल्दार रामप्रसाद थपलिया साउन महिनाको सर्वोत्कृष्ट प्रदेश प्रहरी बन्न सफल हुनु भएको छ ।

बागमती प्रदेश प्रहरी कार्यालयले बिहिबार एक प्रेस विज्ञप्ती जारी गर्दै आफ्नो प्रत्यक्ष मातहतका कार्यालयमा कार्यरत प्रहरी कर्मचारीहरु मध्ये उत्कृष्ट कार्य गर्ने एक जना प्रहरीलाई सर्वोत्कृष्ट प्रदेश प्रहरी घोषणा गर्ने कार्यको थालनी गरेको जनाएको छ ।

प्रहरीलाई आ र्थिक प्र लोभनमा पारी ग लत क्रियाकलाप गर्न खोज्ने सवारी चालकहरुलाई का नुनी का र्बाहीको दा यरामा ल्याउन प्रभावकारी भुमिका निर्वाह गर्दै आफ्नो डि युटीमा ईमान्दारीता प्रर्दशन गरेकोले निजबाट सम्पादित कार्यको उच्च मुल्यांकन गर्दै प्रहरी हवल्दार थपलियालाई सर्वोत्कृष्ट प्रदेश प्रहरी घोषणा गरीएको जनाईएको छ ।

 

सर्वोत्कृष्ट प्रदेश प्रहरी घोषणाको लागि बागमती प्रदेश प्रहरी कार्यालय अन्तर्गतका दश वटा जिल्ला प्रहरी कार्यालय, तालिम केन्द्र, गण, दंगा र प्रदेश ट्राफिक गरी १५ वटा प्रहरी कार्यालयबाट प्राप्त प्रहरी कर्मचारीको कार्य विवरण मघ्ये प्रहरी हवल्दार थपलियाको कार्यविवरण उत्कृष्ट पाईएकाले निजलाई अभिलेखमा जनिने गरी नगद पुरस्कार प्रदान गरीएको हो ।

 

प्रहरी कर्मचारीहरुको मनोबल, साहस र हौसलालाई अभिबृद्धि गर्न र प्रत्येक प्रहरी कर्मचारीहरुलाई रचनात्मक कार्य तर्फ स्वत उत्प्रेरीत गर्न बागमति प्रदेश प्रहरी कार्यालयले गत असार महिनामा उत्कृष्ट प्रहरी छनौट कार्यविधी २०७७ तयार गरी उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीहरुलाई हरेक महिना पुरस्कृत गर्ने कार्यको थालनी गरेको छ । सोही कार्यबिधीकै व्यवस्था अनुसार श्रावण महिनामा मात्रै १५ जना प्रहरी कर्मचारी पुरस्कृत भएका बागमति प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया