सिन्धुली ५ भदौ – आज हरितालिका तीजको अघिल्लो दिन अर्थात् दर खाने दिन । विगतका वर्षमा तीजको एक महिनाअघिदेखि दर खाएर रमाइलो गर्दै आइरहेका महिला यस वर्ष भने कोरोना क हरले घरभित्रै बसेका छन् ।
कोरोना भा इरसका कारण नेपाल पनि ठूलो पी डामा छ । सिन्धुलीका सबै स्थानियतहले कोरोना भा इरसको सं क्रमण बढ्दै गएको जनाउँदै गरेको सटडाउन जारी गरेको छ । यसका कारण अत्यावश्यकबाहेक अन्य सम्पूर्ण सेवा बन्द छन् ।
धार्मिकरुपमा निकै नै महत्व बोकेको हरितालिका तीजमा बाहिर नगई घरभित्रै उपबास बसेर मनाउने तयारीमा रहेको बताउनुहुन्छ सिन्धुली कमलामाई ४ की शोभा रायमाझी । विगतका वर्षमा दिदीबहिनीहरुलाई घरमै बोलाएर दर खुवाउनमा व्यस्त रहने उहाँले यस वर्ष भने कुनै तयारी गर्नुभएको छैन । भन्नुहुन्छ, “दिदीबहिनी बिनाको तीजको के अर्थ ?”
त्यसो त उहाँको मनमा कोरोना लागिहाल्छ कि भन्ने भय नभएको होइन । जथाभावी चाडपर्व मनाउँदा झनै रोगको सं क्रमण बढ्न सक्ने भन्दै सरकारले निषेधाज्ञा जारी गर्नु सकारात्मक रहेको उहाँको तर्क छ ।
उहाँ जस्तै कमलामाई नगरपालिका–९ का ४० वर्षीय ममता बरालं पनि स्थानिय सरकारले गरेको निर्णयप्रति सकारात्मक हुनुहुन्छ । विगत २५ वर्षदेखि तीज पर्व मनाउँदै आउनुभएकी उहाँ अहिलेसम्म पनि यस्तो स्थिति नआएको बताउनुहुन्छ । विगतको तीज खर्चिलो भएको भन्दै उहाँले यस वर्ष खर्चको वचत भएको जानकारी दिनुभयो । “आफ्नै ग ल्तीले रो ग लाग्न दिनुभन्दा सु रक्षित बस्नु धेरै नै उपयुक्त हो”, उहाँ भन्नुहुन्छ, “रो गबाट ब च्न सके अर्काे वर्ष पक्कै मनाउन पाइहालिन्छ नि !”
विगतका वर्षमा दिदीहरुसँग तीज मनाउँदै आउनुभएकी उहाँ कोरोनाले गर्दा यस वर्ष केही ख ल्लो महसुस भएको बताउनुहुन्छ । भन्नुहुन्छ, “यो वर्ष त तीज आए जस्तै लागेको छैन ।” कमलामाई नगरपालिका–४ सरस्वति थापको अनुभव पनि उस्तै छ । विगतका वर्षमा दर खाने दिन किनमेल र पकाउनमा व्यस्त रहने उहाँले माइती जान नपाउनुको पीडा आफूभित्रै दबाउनुपरेको बताउनुभयो । तर सामाजिक सञ्जालबाट प्रत्येक्ष भिडियोमार्फत कुरा गर्न पाउँदा खिन्नता केही कम भएको उहाँले बताउनुभयो । यो पर्वमा विवाहित महिलाले श्रीमान्को लामो आयुका लागि व्रत बस्ने गर्दछन् भने अविवाहित महिलाले भगवान् शिवजस्तै श्रीमान् पाउँ भने बस्दै आएका छन् ।