शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

सिन्धुली तीजको दिन मन्दिर तथा अन्य स्थानमा भेलाहुन नि षेध

शुक्रवार , भाद्र ५, २०७७

सिन्धुली,५ भदौ – नेपाली हिन्दु धर्मालम्वी महिलाहरुको महान चार्ड हरितालिका तीजको अबसरमा मन्दिर तथा अन्य स्थानमा पूजाआजा, र ज मघट नर्गन जिल्ला प्रशासन कार्यालय सिन्धुलीले सम्पुर्ण जिल्लाबासीलाई आ ग्रह गरेको छ ।

जिल्ला प्रशासन कार्यलय सिन्धुलीले बिहिबार सूचना जारी गर्दै विश्व म हामारीरुपमा फैलिएको कोभिड– १९ को सं क्रमण सिन्धुलीमा पनि दिनदिनै बढ्दै गएको हुनाले अ न्याबश्यक काम भन्दा बाहेक घरबाहिर हिड्डुल समेत नगर्न आग्रह गरेको छ । आज शुक्रबार पर्नगएको सम्पुर्ण हिन्दु महिलाहरुको महान पर्व हरितालिका तिजको अवसरमा जिल्लाबासी महिलाहरुमा जिल्ला प्रशासन कार्यालय सिन्धुलीको तर्फबाट शुभकामना समेत ब्यक्त गरेको छ ।

कोरोना भा इरसको अझै जोखिम बढिरहेको र जिल्लास्थित सबै मठ मन्दिर पूर्व सूचना अनुसार बन्दनै रहि आएको हुँदा आ–आफ्नो घरमा नै पुजापाठ गर्नको अन्य स्थानमा हुने भे ला नाचगान गर्न गराउन नहुन लागि आग्रह समेत गरेको छ । यदि सूचना विपरित कुनैपनि गतिवीधि गरेको पाएमा रोग संक्रमण ऐन २०२० तथा अन्य प्रचलित कानुन बोमोजिम कारबाहि गर्ने समेत उल्लेख गरिएको छ ।

प्रतिक्रिया