सिन्धुली,४ भदौ – सिन्धुलीको कमलामाई नगरपालिका–६ शिबनगरमा तीन करोड ३६ लाख रुपैयाको लागतमा ५० बेड क्ष मताको आ ईसोलेसन भवन बनाउन सुरु गरिएको छ ।

यहि भदौ २५ गतेसम्ममा निर्माण पुरा गर्ने गरी बुधबारदेखि काम सुरु गरेको सिन्धुली अस्पताल विकास समितिका अध्यक्ष प्रल्हादकुमार पोख्रेलले जानकारी दिनुभयो । ट्रष्ट राखेर ईटाको गाह्रो जोडेर बनाईने उक्त आ ईसोलेसन भवन विश्व स्वा स्थ्य संगठनको मा प द ण्ड बमोजिमको हुने र तीन वटा आ ईसियु बेड हुने उहाँले बताउनुभयो
उहाँले भन्नुभयो, “आ ईसोलेसन भवनको कुल लागत मध्ये ९७ लाख रुपैया बागमती प्रदेसको सामाजिक विकास मन्त्रालय सहयोग गर्ने भएको छ । बाँकी रकम स्थानीय तह, सामाजिक संघ संस्था र व्यक्तिसँग सहयोग मागि जुटाईने छ ।”

सहयोगका लागि स्थानीय तहलाई पत्रचार समेत भई सकेको उहाँको भनाई छ । “भदौ २५ गतेसम्म सक्ने गरी काम सुरु भई सकेको छ । जगको खाल्टो खन्ने काम हुदै छ,” उहाँले थप्नुभयो, “भवन निर्माणका लागि निर्माण समिति र अनुगमन समिति समेत गठन गरिएको छ ।”
सिन्धुली अस्पताल विकास समितिका अध्यक्ष प्रल्हादकुमार पोखरेलको अध्यक्षतामा बुधबार बसेको बैठकले नेपाल रेडक्रस सोसाईटी सिन्धुलीका सभापति अशोक श्रेष्ठको अध्यक्षतामा निर्माण उपभोक्ता समिति गठन गरेको हो । उक्त समितिमा वडा अध्यक्ष उज्वलकुमार थापा, उद्योग बाणिज्य संघका अध्यक्ष अमरेशचन्द्र बैदार, निर्माण व्यवसायि संघका अध्यक्ष तुल्सीराम श्रेष्ठ, निर्माण व्यवसायि उद्धवप्रसाद दाहाल लगायत रहेका छन ।

यस्तै भवन निर्माणमा गठन गरिएको अनुगमन समितिमा प्रदेश सांसदहरु लेखनाथ दाहाल, विनोदकुमार खड्का, प्रदीप कटुवाल, बुद्धिमान माझी, जिल्ला समन्वय समितिका प्रमुख शंकरराज बर्मा तिवारी, कमलामाई नगरपालिकामा मेयर खड्गबहादुर खत्री, प्रमुख जिल्ला अधिकारी योगेन्द्रप्रसाद पाण्डे, सिन्धुली अस्पताल विकास समितिका अध्यक्ष प्रल्हादकुमार पोखरेल, नेपाली काँग्रेसका सभापति उज्जलप्रसाद बराल, नेकपाका सूर्य पाख्रिन, जनता समाजवादी पार्टीका मोदनाथ तिमल्सिना, नेपाल पत्रकार महासंघका राजन कार्की रहेका छन ।

पछिल्लो समयमा सिन्धुली जिल्लामा कोरोना सं क्रमणका बि रामी थ पिदै गएपछि उक्त भवन निर्माण गर्न सबैले चा सो दिएका हुन् । सिन्धुली जिल्लामा अहिले १७ जना कोरोना सं क्रमित बि रामीको उ पचार भई रहेको छ ।
१६ जनाको राममाडीस्थित एपोलो अस्पतालमा स्थापना गरिएको आ ईसोलेसन र एक जनाको सिन्धुली अस्पतालमा रहेको आ ईसोलेसन बेडमा भ र्ना गरी उ पचार भई रहेको सिन्धुली अस्पतालले जनाएको छ । अन्य एक जनाको धुलीखेल अस्पतालमा र चार जना नेपाली सेनाको बलम्बुमा सशस्त्र प्रहरीको क्याम्पमा उपचार भई रहेको सिन्धुली अस्पतालका व्यवस्थापक बिमल श्रेष्ठले जानकारी दिनुभयो ।
सिन्धुली जिल्लामा अहिलेसम्म कोरोना सं क्रमण पु ष्टि भएका बि रामीको संख्या ३३ जना पुगको छ । ती मध्ये १२ जना बिरामी उ पचार पछि कोरोनालाई जितेर घर गएका छन् । हाल सिन्धुली जिल्लामा हाल जिल्ला अस्पतालमा आठ वटा र एपोलो अस्पतालमा २५ जना कोरोना सं क्रमित बिरामीलाई उ पचार गर्ने आ इसोलेसन बनाईएको छ ।

स्वाब संकलन गरी हेटौडा पठाईएका मध्ये अझै २४५ जनाको पिसिआर रिपोर्ट आउन बाँकी रहेको र शनिबारसम्म आउने व्यवस्थापक श्रेष्ठले बताउनुभयो । कोरोनाको बढ्दो सं क्रमणसँगै आ ईसेलेसन बेडको अ भावमा उपचार न पाएर कोही म र्नु नपरोस भनी शिबनगरमा उक्त भवन बनाउन सुरु गरिएको जनाईएको छ ।