शनिवार, कार्तिक २८ गते २०८३

Saturday 14th November 2026

राष्ट्रकवि माधवप्रसाद घिमिरेको नि धन

मंगलवार , भाद्र २, २०७७

काठमाडौं ,२ भदौँ – राष्ट्रकवि माधवप्रसाद घिमिरेको आज साँझ ५ बजेर ५५ मिनेटमा दुःखद् नि धन भएको छ । गत वर्ष शताब्दी वर्ष उमेर पूरा गर्नुभएका उहाँको आज आफ्नै निवास लैनचौरमा नि धन भएको काठमाडौँ महानगरपालिका वडा नं २६ का वडाध्यक्ष ख्यामराज तिवारीले बताउनुभयो ।

कविता र गीतका माध्यमबाट करोडौँ नेपालीको मन र म स्तिष्क छुनु भएका घिमिरेलाई समालोचकहरु परिष्कारवादी धाराका करीब एक मात्र र अत्यन्त महत्वपूर्ण कवि मान्छन् । उहाँका गौरी, राष्ट्रनिर्माता, धर्तीमाता, राजराजेश्वरी, पापिनी आमा, अश्वत्थामालगायत खण्डकाव्य र चैतवैशाख काव्यसङ्ग्रह चर्चित छन् । मालतीमङ्गले उहाँले लेख्नुभएको बहुचर्चित नेपाली नृत्यनाटिका (ओपेरा) हो । अश्वत्थामा(अङ्ग्रेजी) कृति नोबेल पुरस्कारको मनोनयनका लागि पठाइएको थियो ।

घिमिरेका किन्नरकिन्नरी गीतसङ्ग्रह, यो नेपाली शिर उचाली, फूलको थुँगा बगेर गयो, आजै र राति के देखेँ सपना, नेपाली हामी रहौंँला कहाँ नेपालै नरहे बोललगायत थुप्रै गीत तथा निबन्ध एवं बालसाहित्य प्रकाशित छन् । उहाँका थुप्रै बाल कवितामध्ये साना बालबालिकालाई ध्यानमा राखेर ‘मुनुमुनु म्याँ म्याँ ब्रुक ब्रुक‘ अत्यधिक लोकप्रिय मानिन्छ ।

राष्ट्रियता, देशभक्ति, प्रकृति र प्रेमप्रणयका भावले ओतप्रोत उहाँका कृतिमा परिष्कृत र स्वच्छन्दतावादी भावधारा पाइन्छ । नेपाली लोकलयमा प्रभावशाली गीत रचना उहाँको अर्को विशेषता हो । उहाँले संस्कृत छन्दका नियमभित्रै रहेर छन्दोबद्ध कवितालाई सरल र बहुसङ्ख्यक नेपाली पाठकले बुझ्नेस्तरमा उकाल्नुभएको मानिन्छ ।

अल्पायुमै पत्नी गौरीको नि धन भएपछि उहाँले अ त्यन्त प्रभावकारी शैलीमा शो ककाव्यको रचना गर्नुभयो जुन उहाँको काव्ययात्राको कोशेढुंगा सावित भयो । त्यसपछि उहाँले महाकाली घिमिरेसंँग विवाह गर्नुभयो ।

लमजुङको पुस्तुन बाहुनडाँडाबाट काठमाडौं आउनुभएका घिमिरेका काव्यकृतिमा मस्र्याङ्दी नदी र त्यहाँको लोकजीवनले अत्यन्त महत्वपूर्ण पाश्र्वभूमिको काम गरेका छन् । उहाँ नेपाली कवितामा पूर्वीय दार्शनिक भावभूमि र प्रखर राष्ट्रवादका हिमायती हुनुहुन्थ्यो । उहाँको ऋतम्भरा महाकाव्य लेखन अन्तिम चरणमा थियो ।

विसं २०७४ माघ २६ गते उहाँलाई नेपाली सेनाले मानार्थ सहायक रथीको दर्जा दिएको थियो भने सेनाका परमाधिपति राष्ट्रपति विद्यादेवी भण्डारीले सोही साल फागुन २ गते जङ्गीअड्डामा आयोजित समारोहमा दर्जानी चिह्न प्रदान गर्नुभएको थियो । तत्कालीन नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानका कुलपतिसम्म हुनुभएका उहाँलाई विसं २०६० मा राष्ट्रकवि उपाधि दिइएको थियो । उहाँको आजै पशुपतिमा अ न्त्येष्टि गरिने र नेपाली सेनाका एक अधिकृतको नेतृत्वमा रहेको टुकडीले सम्मान गारद प्रदान गर्ने जनाइएको छ ।

राष्ट्रकवि भन्थे : गौरी बितेपछि मलाई पनि मृ त्युदेखि ड र लागेन

घिमिरेले आफूलाई मनपर्ने खाना, पोसाक, अध्ययन, घुमफिर, खेलकुद, चलचित्र, आफ्नो रोग, भाषणशैली, संगीतलगायतका विषयमा खुलेर कुरा गरेका थिए । उनले मृ त्यु बारेमा सोधिएको प्रश्नमा भनेका थिए–मानिस जन्मेपछि म र्नुपर्छ । मृ त्यु भनेको वि श्राम हो । वि श्राम नगरी पुनर्जन्म हुँदैन । पहिले–पहिले मृ त्युदेखि असाध्यै ड र लाग्थ्यो । जेठी श्रीमती (गौरी)को नि धनपछि ड र लाग्न छाड्यो । सयवर्षे जीवनयात्रामा जीवनबोध गरेको छु । जेठी श्रीमतीको नि धन हुँदा आफ्नै मृ त्यु भएकोजस्तो लाग्यो । सपना राम्रो देखेर व्युँझिने लोभ ममा पनि छ नि ।’

मेरो खाना

दालभात, तरकारी असाध्यै मन पर्छ । कतिपय अवस्थामा रायो, चम्सुर, बेथी र पालुंगो साग मिलाएर खाँदा कति मीठो हुन्छ । ती दिव्य भोजन हुन् । गुन्द्रुकको अचार पनि त्यत्तिकै स्वादिलो लाग्छ । मुगीको रोटी मन पर्छ । मस्यौराको तरकारी पनि मीठो लाग्छ । त्यसमा तामा मिसाएर पकाउँदा झन् मीठो । तर, बिरामी भएपछि कतिपय खानेकुरा बार्नुपरेको छ ।

रुख्खा–सुख्खा खाना खान नपरे हुन्थ्यो । स्वा स्थ्यका लागि लाभदायी भए पनि कोदा, फापरको रोटी, ढिँडो त्यति मन पर्दैन । कामविशेषले पुगे पनि खानकै लागि योजनाबद्ध ढंगले रेष्टुरेन्ट जाने बानी छैन ।

मेरो पोसाक

विशेषगरी कमिज र सुरुवाल लगाउने गरेको छु । दौरासुरुवाल, कोट पनि लगाउँछु । मधुरो रङका कपडा रोजाइमा पर्छन् । पहिले–पहिले काठमाडौंको किलागलमा कपडा सिलाउने गर्थें । हिजोआज त टोल (लैनचौर) कै टेलरिङतिर सिलाउने गरेको छु । ढाकाटोपीबाहेक अन्य टोपी लगाइनँ ।

मेरो फिटनेस

योगा नियमित गर्थें । घरवरिपरि खाली खुट्टा हिँड्थे । बि रामी भएपछि छुटेको छ ।

मेरो अध्ययन

हिजोआज वेद र उपनिषद् पढ्दै छु । साहित्यका राम्रा–राम्रा किताब प्रकाशित छन् । त्यही पढ्छु । खलिल जिब्रान, रवीन्द्रनाथ, शरदचन्द्र र वर्स वथका लेखनशैली लोभलाग्दा छन् । उनीहरूले लेखेका किताब पढेको छु । बिरामी परेपछि लेख्न सकेको छैन । मेरो निजी पुस्तकालयमा दुई हजार पाँच सयभन्दा बढी किताब होलान् । पहिले–पहिले किताब किन्थें । पुस्तकालयसम्म पुगेर पढ्थें ।

मेरो घुमफिर

त्यतिबेला पनि त्यति घुम्न पाइनँ । साहित्यिक सिर्जनामा नेपालको बयान गरे पनि घुम्नचाहिँ पाएको होइन । इलाम, धनकुटा, इन्द्रावतीवारिपट्टिका गाउँठाउँ, गोसाइँकुण्ड रसुवा, मनाङ, बागलुङ, पाल्पा पुगेको थिएँ । लमजुङको बेसीसहरमाथिको गाउँसहर असाध्यै मन पर्छ । त्यहाँबाट देखिने लोभलाग्दा हिमशृंखलाबारे बयान गरिसाध्य छैन । जीवनमा एकपटक खप्तड पुग्न पाए हुन्थ्यो भन्ने लागेको छ ।

विदेशचाहिँ उस्तो घुमेको छैन ।

मेरो खेलकुद

हेर्दा सबै खेल मन पर्छ । संवत् २००४–००५ सालम्म मैले भलिबलचाहिँ खेलेँ ।

मेरो मोबाइल

मैले मोबाइल प्रयोग गरेको छैन । साहित्यसाधनामा अवरोध गर्ने भएकाले मोबाइल प्रयोग गर्ने रहर भएन । घरमा टेलिफोन जोडिएको छ । सम्पर्क गर्न चाहनेले टेलिफोन गरिहाल्छन् । घरको टेलिफोन ०१५–१६ सालतिर जोडेको हुँ । ‘एकेडेमिसियन’ लाई टेलिफोन जोड्ने सुविधा थियो । त्यही सुविधा सदुपयोग गरें ।

मेरो टीभी

टेलिभिजन छानेरमात्रै हेर्छु । नेसनल जोग्राफी हेर्न असाध्यै मन पर्छ । कथात्मक कार्यक्रम हेर्न जाँगर चल्छ । राम्रा–राम्रा चलचित्र पनि हेर्ने गर्छु । घरमा रहेको टेलिभिजन कुन ब्राण्डको हो थाहा छैन ।

मेरो चलचित्र

पछिल्लोपटक चलचित्र झोला हेरेको थिएँ । झोला हलमै पुगेर हेरेको हुँ ।

मेरो रो ग

नेपालमा रो ग पत्ता नलागेपछि भारतमा उपचार गराएँ । न शा थोरै फा टेर र गत बगेको रहेछ । त्यो टा लिदिए । त्यसपछि दैनिक पाँचपटक औ षधि सेवन गर्दै आएको छु । पाँच महिनाअघिसम्म स्व स्थ नै थिएँ । आफू स्व स्थ रहनुका कारण भगवान्को वरदान हो । यसलाई जीवनको महत्व ठानेको छु । म ख राब चिन्तन गर्दै गर्दिनँ । सकारात्मक चिन्तनमात्रै गर्छु । सिर्जनशील काममा लागिरहे मानिस धेरै बाँच्छ ।

मेरो भाषणशैली

राष्ट्रकवि भएकाले विभिन्न कार्यक्रम, सभा–समारोहका लागि निम्त्याइन्छ । निम्ता गरेपछि पुग्नैपर्यो । पुगेपछि बोल्नैपर्यो । त्यतिबेला आफ्नो सिर्जनाप्रति घ मण्ड गर्छु । सिर्जशीलको अहंकार भनेको सिर्जनाको हो । नजानिँदोपाराले ‘केरे’ भन्ने थेगो प्रयोग गर्दोरहेछु । कतै निम्त्याइँदा तयारीसाथ जाने गरेको छु ।

मेरो मापसे

अहिल्यै मा दक प दार्थको स्वाद थाहा भएन ।

मेरो संगीत

गीत–संगीत असाध्यै सुन्छु । शास्त्रीय संगीत र लोकगीत सुन्दा कहिले दिक्क लाग्दैन । मन पर्ने गायक–गायिका कति छन् कति । सबैको नाम लिन सम्भव छैन । तर पनि नारायणगोपाल, अम्बर गुरुङ, तारादेवीको आवाज श्रवणीय लाग्छ । नयाँ–नयाँ गायक–गायिकाका गीत त्यति सुन्न पाएको छैन ।

गीत लेख्दा गुनगुनाउँदै लेख्ने बानी छ । सामान्य भाकाका गीत गाउन आउँछ ।

मेरो भूल

मानिस भएपछि जान–अ न्जानमा गल्ती हुनु अ स्वाभाविक होइन । मबाट पनि भए होलान् । तर, सम्झन सकिनँ । गल्ती गरें भने छटपटी भइहाल्छ । त्यस्तो नबोले हुन्थ्यो । नगरे हुन्थ्यो भनेर आफैंले आफैंलाई सम्झाउँछु । तुरुन्त आत्मालोचना गरिहाल्छु । ग ल्ती गरेपछि आफूले आफूलाई सजाय दिन्छु । ग ल्ती नगरी पनि स जाय पाएको छु । त्यो अ नौठो होइन ।

मेरो घर

म बस्दै आएको घर ०१९ मा बनाएको हुँ । घर बनाउँदा पुख्र्यौली सम्पत्ति थोरै परेको थियो । घर बनाउँदा बठ्याइँ गरेको थिएँ । ‘एकेडेमिसियन’ भइसकेकाले त्यतिबेला घर बनाउँछु भनेर निवेदन दिँदा चार रूख पाइन्थ्यो । निवेदन दिएपछि दुई चाँप र दुई सालका रूख पाएँ । यहाँ ल्याइसकेपछि चाँपका चाहिँ कसैले किन्न मागे । मैले पनि १५–२० हजार रुपैयाँमा बेचिदिएँ । त्यति रुपैयाँले घर उठाउन थोरै सहयोग भयो ।

तपाईं पत्याउनुहुन्छ ? यो घर त्यतिबेला ६५ हजारमा ठडिएको हो । वास्तुशास्त्र हेराएरै घर बनाएको थिएँ ।

मेरो राशी

मेरो राशी कन्या हो । पछिल्लो समय ग्रहदशा हेराएको छैन । ग्रहशान्ति पनि गराएको छैन । ग्रह, नक्षत्रप्रति उति विश्वास पनि लाग्दैन । हिन्दु धर्मावलम्बीको घरमा गरिने पूजापाठ मेरोमा पनि हुन्छ । देब्रेहातमा गणेशको औंठी लगाएको छु । शुभ हुन्छ भनेकाले लगाएको हुँ । दुई–तीन वर्षअघि फुकालेर राखेको थिएँ, केही समयअघि सम्झेपछि लगाउन थालेको हुँ ।

मेरो सौन्दर्यचेत

कहिलेकाहीं कपालमा तेल लगाउँछु । ‘सेभिङ’ गरेपछि ‘आफ्टर सेभ’ प्रयोग गर्छु । पफ्र्युम प्रयोग गर्दिनँ ।

मेरो प्रेम

मैले दुई बिहे गरेको हुँ । पहिलोपटक बिहे गर्दा १४ वर्षको थिएँ । १४ वर्षमा प्रेम गर्ने कुरै भएन । त्यो उमेरमा बिहे गर्नु भनेको पुतली खेलेजस्तै त हो नि । जेठी श्रीमतीको निधन भएपछि दोस्रोपटक बिहे गर्नुपर्यो ।

मेरो सपना

मैले परिकल्पना गरेको नेपालको पहाडी भू–भाग हरियो हुनुपर्छ । पहाडका फाँटमा कृषिजन्य बालीनालीले भरिपूर्ण होस् । तराईमा सुनौला फूल फुलेका हुन् । मुलुकमा भएका सबै रूखको गणना गरेर राख्नुपर्छ । हामीले पाएका सम्पदाको सही सदुपयोग गर्न जान्नुपर्छ । पहाडी भू–भागका निश्चित जंगलमा कस्तूरी फार्म नै तयार गर्नुपर्छ ।

आफ्नो क्षेत्रको सबैभन्दा ठूलो मान–सम्मान भनेकै राष्ट्रकवि हो । त्यो पाएको छु । योभन्दा अरू लोभ छैन ।

मेरो मृत्यु

मानिस जन्मेपछि म र्नुपर्छ । मृ त्यु भनेको विश्राम हो । वि श्राम नगरी पुनर्जन्म हुँदैन । पहिले–पहिले मृ त्युदेखि असाध्यै ड र लाग्थ्यो । जेठी श्रीमतीको नि धनपछि ड र लाग्न छाड्यो । सयवर्षे जीवनयात्रामा जीवनबोध गरेको छु । जेठी श्रीमतीको नि धन हुँदा आफ्नै मृ त्यु भएकोजस्तो लाग्यो । सपना राम्रो देखेर व्युँझिने लोभ ममा पनि छ नि ।

प्रतिक्रिया