सिन्धुली,२ भदौ – कमलामाई नगरपालिका–६ मा रहेको माध्यमिक विद्यालय पानीट्याङकीले विद्यालयको नाम परिवर्तन भएको छ ।
माध्यमिक विद्यालयको सट्टामा श्री सिद्धबाबा माध्यमिक विद्यालय, पानीट्याङकी राख्ने निर्णय भएको कमलामाई नगर शिक्षा शाखाले जनाएको हो । नगर कार्यपालिकाको साउन २७ गते बसेको बैठकले विद्यालयको नाम परिर्वतन गरेको नगर शिक्षा अधिकारी शंखरराज लुईटेलले जानकारी दिनुभयो ।
विद्यालय व्यवस्थापन समितीको निर्णय, वडा समितीको सिफारिस, नगर शिक्षा ऐनको परिच्छेद १ दफा ४ को उपदफा २ मा भएको व्यवस्था, शिक्षा नियमावली २०७५(पहिलो संशोधन २०७६ असार १०)को परिच्छेद १२ नियम ७० को उपनियम १ मा भएको व्यवस्था र नगर शिक्षा समितीको २०७७ साउन १९ को सिफारिसका आधारमा विद्यालयको पुनः नामाकरण गर्न सकिने उहाँको भनाई छ ।
कमलामाई नगरपालिकाका शिक्षा सहजकर्ता डाक्टर हरि प्रसाद पोख्रेलले विद्यालय व्यवस्थापन समितीले विद्यालयको नामाकरण गर्ने निर्णय गरेर शिक्षा शाखामा बुझाएपछि नगर शिक्षा समिती वा गाउँ शिक्षा समितीले उचित ठ हराएमा नाम परिर्वतन गर्न सकिने प्रावधान रहेको जानकारी दिनुभयो ।
नगर शिक्षा सहजकर्ता डा. पोख्रेलका अनुसार विद्यालयको नाम स्थानीयता झल्कने हुनुपर्छ । संस्थागत रुपमा विद्यालयको नाम परिर्वतन गर्न आर्थिक भार नपर्ने र व्यक्तिको नाममा विद्यालयको नामकरण गर्दा ख र्चिलो हुने उहाँले बताउनुभयो ।