सिन्धुली,२ साउन – सिन्धुली जिल्लामा साउन महिनामा ट्राफिक प्रहरीले सबारी साधन का रबाहीबाट झण्डै १४ लाख रुपैया राजश्व संकलन गरेको छ ।
साउन महिनामा ट्राफिक नियम उ लंघन गर्ने एक हजार छ सय वटा सबारी साधन का रबाही गर्दा १३ लाख ९५ हजार पाँच सय रुपैया राजश्व संकलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय प्रमुख कृष्णबहादुर क्षेत्रीले कार्यालय स्थापना भएदेखि अहिलेसम्मकै एक महिनामा सबैभन्दा बढी राजस्व संकलन भएको दाबी गर्नुभयो । सवारी पास बिना चलेका गाडी, बढी भाडा लिएका, भाडामा प्रयोग गरेका नीजि गाडी, सिट क्षमता भन्दा बढी यात्रु ओसार–पसार गर्ने, मा दक पदार्थ सेवन गरि सवारी चलाउने तथा हेल्मेट नलगाई सवारी चलाउने सवारी साधनलाई कारबाही गर्दा उक्त राजश्व संकलन भएको उहाँको भनाई छ ।
कार्यालयका अनुसार भाडामा प्रयोग गरेका नीजि गाडी, माइक्रो बस, अटो, जिप र कार गरी २९५ लाई कारबाही गर्दा दुई लाख ९८ हजार ५०० राजस्व संकलन भएको छ । यस्तै सिट क्षमता भन्दा बढी यात्रु ओसार पसार गर्ने बस, जिप, कार, ट्रक, अटो गरी २०० वटा सवारी साधनलाई कारवाहि गर्दा दुई लाख ७३ हजार ५०० रुपैयाँ राजस्व संकलन भएको छ ।
यसैगरि विना सवारी पास तथा अनुमति वेगर संचालन भएका मिनि–ट्रक, बस, माइक्रोबस, जिप, कार, भ्यान, अटो गरी ३०५ वटा सवारी कारवाहि गर्दा दुई लाख ७२ हजार ५०० रुपैयाँ राजस्व संकलन भएको पाइएको छ । यसैगरि बढी भाडा लिएका सवारीबाट तोकेको भन्दा बढी रकम फिर्ता गराई सात वटा सवारी साधनलाई कारबाही गरिएको र १४ हजार राजस्व संकलन भएको ट्राफिक प्रहरी प्रमुख क्षेत्रीले जानकारी दिनुभयो ।
मा दक पदा र्थ सेवन गरि सवारी चलाउने, लाइसेन्स विना सवारी चलाउने, हेल्मेट नलगाउने, ओभरटेक गरी ट्राफिक नियम उलंघन गर्ने ७९३ वटा सबारी साधन कारबाही गर्दा छ लाख ३६ हजार राजस्व संकलन भएको ट्राफिक प्रहरी प्रमुख क्षत्रीले बताउनुभयो ।