शनिवार, कार्तिक २८ गते २०८३

Saturday 14th November 2026

सिन्धुलीमा भु कम्पपछि पुननिर्माण गरेका घर जस्तापाताले टल्किए

मंगलवार , भाद्र २, २०७७

पहिले खर, अहिले जस्तापाता : सिन्धुलीको कमलामाई नगरपालिका–३ स्थित हायुडाँडा । पहिले खरका छानो भएका यो द लित वस्तीका घर भु कम्पपछि जस्तापाता प्रयोग गरि पुननिर्माणा गरिएको हो ।

सिन्धुली,२ भदौ – तीन दशकभन्दा बढी समयदेखि खरले छाएको घरमा बसेर दिन बिताउदै आउनु भएका कमलामाई नगरपालिका–३ हायुडाँडा निवासी फुच्चे सार्कीको घरको छानो यतिखेर निलो जस्तापाताले टल्किएको छ । भु कम्पपछिको पुनर्निमाणका क्रममा उहाँले जस्तापाताले छाएर घर बनाउनु भएको हो ।

२०७२ साल बैशाखमा आएको बि नासकारी भु कम्पले आफ्नो घर भ त्काएपछि जस्तापाताले छाएर भु कम्प प्र तिरोधी घर एक बर्षअघि बनाई सकेर सरेर बसेको उहाँले सुनाउनुभयो । उहाँले भन्नुभयो, “सरकारले नीजि आवास बनाउन दिएको तीन लाख रुपिया अनुदानमा झण्डै लाख रुपैया थपेर घर बनाए । अब यसैमा जुग विताउने सुरु छ ।”

“पहिले गाँउमा जस्तापाता लगाएर घर बनाउने व्यक्तिलाई गाँउभरिकै हुनेखानेमा गनिन्थ्यो,” उहाँले भन्नुभयो, “पहिले सबैको घर खरले छाएको हुन्थ्यो । जस्तापाताले छानो छाउन निकै मुस्किल हुन्थ्यो । अहिले भु कम्पपछि बनेका सबैको घरका छानो जस्तापाताले टल्किएको छ ।”

सोही ठाँउका अर्का रामबहादुर सार्कीले पनि भु कम्प प्र तिरोधी घर बनाएर छानो निलो जस्तापाताले छाउनु भएको छ । स्थानीय ढुंगा र माटोको प्रयोग गरी भु कम्प प्रतिरोधी घर जस्तापाताले छाएर बनाएको उहाँको भनाई छ । उहाँका अनुसार भु कम्पपछिको पुननिर्माणको क्रममा खरको छानोको सट्टामा जस्तापाताको प्रयोग गरेर घर बनाउने बढ्दै गएका छन् ।

खरका छानोको तुलनामा जस्तापाताको छानो भएको घर आग्लागिको जोखिम पनि कम हुने उहाँको बुझाई छ ।

पछिल्लो समयमा गाँउ गाँँउमा निर्माण भएका सडकका कारण पनि जस्तापाता ढूवानी सहज भएपछि त्यसको प्रयोग गरी घर बनाउने बढ्दै गएको स्थानीय बासिन्दा बताउछन् । उनीहरुका अनुसार २०७२ सालको वि नासका री भु कम्पपछिको पुननिर्माणको क्रममा जिल्लामा सहरी क्षेत्रमा पक्कि घर बनेका छन् भने ग्रामीण क्षेत्रमा अधिकांस जस्तापाता प्रयोग गरि घर बनेका छन् ।

ढुंगा, माटोको गाह्रो र खरको छानो भएका घरहरु वातावरणमैत्री र स्वास्थ्यको लागि उपयुक्त हुने अघिल्लो पुस्ताको भनाई छ । छ दशक उमेर पार गरि सक्नु भएका कमलामाई नगरपालिका–३ निवासी मोहनप्रसाद देवकोटा खरको छाना र ढंगङ्गा माटोको गारो भएका घरहरु जाडोमा न्यानो र गर्मीमा चिसो हुने बताउनुहुन्छ । उहाँले भन्नुभयो, “ढुंगा, माटोको गाह्रो, बाहिरबाट सेतो कमेरो र रातो माटोले पोतेर टिलिक्क टल्कने भित्ता भएको खरले छाएको घर अब दुर्लभ बन्दै गएका छन् । यो गाँउका पुराना घरको पहिचान नै हो ।”

“ढुंगा, माटोको गाह्रो लगाएका घरमा पनि सिमेन्टको डीपीसी र बाहिरबाट सिमेन्ट प्लास्टर गरिएका छन् । अनि सबै घरमा जस्ताका छानाहरु छन्,” उहाँले थप्नुभयो, “यस्ता घरहरुमा जाडोमा निक्कै चिसो र गर्मीमा धेरै गर्मी हुन्छ ।”

राष्ट्रिय पुननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन ईकाइ कार्यालयका अनुसार २०७७ असार मसान्तसम्ममा भु कम्पले पु¥याएको क्षतीका कारण जिल्लामा पुनःनिर्माण तर्फका कुल लाभग्राही ३८ हजार ६१६ जना छन् । ती मध्ये ३३ हजार १४ जनाले दोस्रो किस्ता र २५ हजार ७९३ जनाले घर बनाई सकेर तेस्रो किस्ता समेत लगि सकेका छन् । ग्रामीण क्षेत्रमा बनेका अधिकांस नीजि आवास जस्तापाताले छाएको बनेका छन् ।

कार्यालय प्रमुख सुर्यप्रकास बिष्टले जिल्लमा ९० प्रतिशत घर बन्ने देखिएको जानकारी दिदै भन्नुभयो, “प्रबलिकरण तर्फका लाभग्राही पनि १४ हजार ४४८ जना रहेका छन् । ती मध्ये प्रबलिकरणको काम भर्खरै सुरु भएको छ । १२ हजार २७६ जनाले सम्झौता गरि पहिलो किस्ता लगेका छन् ।”

सुरुमा ऐलानीमा बसेका लाभग्राहीका कारण नीजि आवास पुननिर्माणमा अलिकती समस्या आएको र अहिले ती लाभग्राहीको समस्या पनि हटेकोले नीजि आवास पुननिर्माणले गति लिएको उहाँले बताउनुभयो । अहिलेसम्म नीजि आवास निर्माणको प्रगती ६६ प्रतिशत रहेको र २०७७ चैत मसान्तसम्म म्याद रहेकोले ८५ प्रतिशत लाभग्राहीले नीजि आवास बनाउने देखिएको उहाँको भनाई छ । यही भदौमहिनाको अन्तिमसम्म नीजि आवास निर्माणका लागि सम्झौता गरी पहिलो किस्ता लाने म्याद रहेको जानकारी दिदै उहाँले मंसिर मसान्त सम्म दोस्रो किस्ता र चैत मसान्तसम्म अन्तिम किस्ता लाने समय रहेको बताउनुभयो ।

प्रतिक्रिया