सिन्धुली,२ भदौ – कमलामाई नगरपालिकामा एक साताका लागि स टडाउन थप गरिएको छ । कोरोना स क्रमण बढ्दै गएपछि नगर प्रमुख खड्ग बहादुर खत्रीको अध्यक्षतामा सोमवार बसेको बैठकले यस्तो निर्णय गरेको हो ।
सोमवार राती १२ बजे देखि ९ गते राती १२ बजे सम्म स टडाउन बढाउने निर्णय भएको नगर पालिकाको सूचना अधिकारी सागर कुमार ढकालले जानकारी दिनुभयो । यसअघि साउन २७ देखि भदौ १ गते सम्म नगरपालिका भरि सटडाउन गरिएको थियो ।
अहिलेलाई एक साताका लागि स टडाउन थप गरिएको र पछि अवस्था हेरेर थपघट हुन सक्ने उहाँले बताउनुभयो । उहाँका अनुसार अत्यावश्यक बाहेकका सेवाहरु सबै बन्द हुनेछन् । सर्वसाधारणलाई आवतजावतमा पनि रोक लगाइएको छ । नगरपालिका मातहत रहेका सरकारी कार्यालयहरु पनि बन्द गरिएका छन् ।