शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

सिन्धुलीमा कोरोनाले मृ त्यु भएमा चुरेमा श व व्यवस्थापन गरिने

सोमवार , भाद्र १, २०७७

सिन्धुली,१ भदौ – सिन्धुली जिल्लामा कोरोना भा इरस सं क्रमणबाट कुनै व्यक्तिको ज्या न गएमा कमलामाई नगरपालिका–९ स्थित चुरे र कार्की खोला बीचमा श व व्यवस्थापन गरिने भएको छ ।

जिल्लाका सरोकारवाला निकायहरु, निर्बाचित जनप्रतिनिधिहरु, जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरु, पार्टी प्रतिनिधिहरु र संघ संस्थाका प्रतिनिधिको उपस्थितीमा आईतबार निमित्त प्रमुख जिल्ला अधिकारी ऋद्धिप्रकास सिटौलाको अध्यक्षतामा बसेको जिल्ला विपद् समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

श व व्यवस्थापनमा अन्य जिल्लाहरुमा स मस्या देखिएपछि सिन्धुलीमा पूर्वतयारी स्वरुप स्थान छनौट गरिएको जिल्ला प्रशासन कार्यालयका प्रशासकिय अधिकृत तथा सूचना अधिकारी उपेन्द्र न्यौपानेले जानकारी दिनुभयो ।

उक्त बैठकले थप ५० शथ्याको आ ईसोलेसन भवन निर्माण गर्न स्थान छनौट, भवन निर्माणका लागि जिल्ला रेशक्रस शाखा सभापति असोक श्रेष्ठको संयोजकत्वमा भवन निर्माण समिति गठन, क्वारेन्टाईन तथा आईसोलेसनमा बसेका व्यक्तिहरुको खाना, खाजा र पानी खर्च स्थानीय तहले आ–आफ्नो गाँउ तथा नगरपालिकाले व्यहोर्ने, स्थानीय तहले विद्यालयबाट क्वारेन्टाईन हटाई अन्यत्र व्यवस्थापन गर्नु पर्ने निर्णय गरेको सूचना अधिकारी न्यौपानेले बताउनुभयो ।

सिन्धुली जिल्लामा अहिले कोरोना भा ईरस सं क्रमण पुष्टि भएका २० जना अस्पतालको आईसोलेसन कक्षमा भर्ना भई उपचार गरी रहेका सिन्धुली अस्पतालले जनाएको छ । अस्पतालका अनुसार सिन्धुली जिल्लामा अहिलेसम्म ३३ जनामा सं क्रमण देखिएको छ भने १२ जना कोरोना जितेर घर गएका छन ।

जिल्लाबाट प्रादेशिक अस्पताल कोरोना चेकजाँचका लागि सय जना बढीको स्वाब पठाइएको छ । अहिले जिल्लाका पाँच स्थानीय तहले कोरोना सं क्रमण नफैलियोस भनेर ल कडाउन पनि गरेका छन । प्रायः सबै स्थानीय तहमा अत्यावश्यक बाहेक सबैजसो ब्याबसाय र कार्यालय बन्द छन ।

प्रतिक्रिया