सिन्धुली,घज्ञ साउन – सिन्धुली जिल्लामा कोरोना सं क्रमित बिरामी बढ्दै गएपछि घरमा आउने पाहुनाबाट कोरोना समुदायमा सल्किने हो कि भन्ने त्रा स बढेको छ ।
कोरोना सं क्रमित पनि पाहुनाको रुपमा आएर बसेका कारण कनपा ७ बुद्धनगरका १७ वर्षीय पुरुषलाई कोरोना पुष्टि भएको छ । समुदायस्तरमा सिन्धुलीमा यतिबेला तनाव देखिन्छ । कमलामाइ ६ स्थित निलकमल हार्डवयरका सञ्चालक नारायण कार्कीका दाजु सिन्धुलीमा पाहुनाको रूपमा बसेर काठमाडौं गएपछि अहिले उक्त हार्डवयर बन्द अवस्थामा रहेको छ । उक्त हार्डवयरमा काम गर्ने कर्मचारीहरु अहिले अहिले होम क्वारेन्टाइनमा बसेका छन ।
उता गोलन्जोर गाउँपालिका–५ बिजयछापका एक व्यक्ति पनि धनुषामा स्वाब दिएर सिन्धुली आएर परिबार र छिमेकीहरुसँग सम्पर्क गर्दा अन्य एक दर्जन बढी मानिसहरु अहिले होम क्वारेन्टाइनमा बस्न बाध्य भएका छन । पिसिआर रिपोर्ट पोजेटिभ आएपछि उनी धनुषा जागिरमा फर्केको स्थानीय शिक्षक लेखबहादुर बस्नेतले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “धनुषा जिल्लाको कुनै एक स्थानीय तहको शिक्षा शाखा प्रमुख ती व्यक्ति स्वाब दिएर बिजयछाप घर आएका थिए । पछि रिपोर्ट पोजेटिभ आएपछि बेलाएर करिब छ दिनअघि पुनः धनुषा गएका थिए ।” उनीमा कोरोना सं क्रमण पुष्टि भएपछि बिजयछाप खनियाखर्कका २२ जनाको स्वाब संकलन गरी पिसिआर परिक्षण गर्न पठाएको उहाँले बताउनुभयो ।
पाहुनाकै रूपमा सिन्धुली आएका सिन्धुली अस्पतालमा कार्यरत एक कर्मचारीका पितामा पनि कोरोना सं क्रमण पुष्टि भएपछि अन्य कर्मचारीहरु पनि हैरानीमा परेका छन । पहिलोपटक पठाइएका अस्पतालका कर्मचारीको कोरोना चेकजाँच पिसिआर नतिजा नेगेटिभ आए पनि दोस्रो पटक फेरि स्वाब दिनु परेको पीडित कर्मचारी बताउँछन ।
दुई सातादेखि होम क्वारेन्टाइनमा रहेका कमलामाइ नगरपालिका प्रवक्ता कर्ण घिसिङ भोलि वा पर्सिबाट बल्ल काममा फर्किने तरखर गर्दैछन । घरमा आएका पाहुनामा काठमाडौं पुगेपछि कोरोना देखिएकाले आफुहरु छुट्टै बसेको उहाँले बताउनुभयो । घिसिङले भन्नुभयो, “दुई नम्बर एरियाबाट आउने पाहुनामा अलि सजग हुनुपर्ने देखियो ।”
सिन्धुलीको तीनपाटन गाउँपालिका–९ रिठ्ठे निवासी ७७ बर्षिय एक बृद्ध पनि टेकु अस्पताल काठमाडौँमा कोरोना देखिएपछि अस्पतालमा बस्ने ठाउँ नपाएको र आफन्तको डेरामा पनि पाहुना बनेर बस्न नसक्ने अवस्था आएपछि रातारात टयाक्सीमा गाउँ फर्किनु भयो । उहाँ र उहाँका छोरा ट्याक्सीमा गाउँ फर्किदा टयाक्सी चालकलाई समेत आफुलाई कोरोना लागेको बताउनु भएन । उहाँ गाउँ पुगेपछि स्थानीय भयभित भए । उपचारका लागि उहाँलाई अहिले सिन्धुली अस्पतालमा ल्याइएको छ । काठमाडौंतिरै रिफर गर्ने तयारी भएको सिन्धुली अस्पतालका अध्यक्ष प्रह्लाद पोखरेलले बताउनुभयो ।
बैज्ञानिक वनबारे बुझ्न पाहुना बनेर केही साता पहिला सिन्धुली आएका पूर्वमन्त्री तथा सांसद प्रदीप यादवमा कोरोना सं क्रमण देखिएपछि सिन्धुलीबासीमा त्रा स देखिएको थियो । पछि कोरोना चेकजाँच गर्दा नतिजा नेगेटिभ आएपछि बिस्तारै स्थानीयमा राहत मिलेको थियो ।
नेपाली सेनाका मध्य पृतनापति सहितको टोली सिन्धुलीमा कोरोना सं क्रमितको मृत्यु भएमा कसरी व्यवस्थापन गर्ने भन्नेबारे तालिम दिन आउँदा यस्तै त्रा सको स्थिति थियो । किनभने उहाँ सिन्धुलीबाट फर्केलगत्तै कोरोना सं क्रमण पुष्टि भएको थियो । पछि यहाँका जनप्रतिनिधिको पिसिआर रिपोर्ट नेगेटिभ आएपछि बल्ल स्थिति शान्त बनेको थियो ।
के साँच्चै पाहुनाले सिन्धुलीमा कोरोनाको तनाव भित्रिएको हो ? अस्पतालका अध्यक्ष पोखरेलले भन्नुहुन्छ, “कोरोनामा पाहुना डेन्जर । म अरुको घरमा नगएको पनि अहिले चार महिना भयो ।” कोरोनाको कहरमा जनप्रतिनिधिहरुले पाहुना ल्याउने लैजाने नगर्दा उचित हुने स्थानीयको पनि भनाइ छ । पहुँचवाला जनप्रतिनिधि पास लिदै तराई र कोरोना सं क्रमित क्षेत्रतिर आउजाउ नगर्दा स्थानीयलाई खुशी मिल्ने जस्तो स्थिति अहिले देखिएको छ ।