शनिवार, कार्तिक २८ गते २०८३

Saturday 14th November 2026

आकर्षक पर्यटकीय गन्तव्य बन्दै सिन्धुलीको हरिहरपुरगढी

शनिवार , श्रावण ३१, २०७७

सिन्धुली,३१ साउन – वाग्मती प्रदेशको पूर्वी पहाडी जिल्ला सिन्धुलीको कर्णाली भनेर चिनिने एक स्थानीय निकाय हो हरिहरपुरगढी गाउँपालिका । सिन्धुली जिल्लाको पश्चिमी क्षेत्रमा अवस्थित साविकका चार वटा गाविस महेन्देझ्याडी, हरिहरपुरगढी, क्यानेश्वर र पीपलमाडी मिलेर हरिहरपुरगढी गाउँपालिका बनेको छ । पूर्वमा मरिण गाउँपालिका, पश्चिममा मकवानपुर र रौतहट, उत्तरमा काभ्रे जिल्ला र दक्षिणमा सर्लाही जिल्लासम्म सिमाना फैलिएको यस गाउँपालिकाको क्षेत्रफल २४३.९ वर्ग किलोमिटर रहेको छ ।

हरिहरपुरगढी मल्लकालीन समयमा मध्य तराईबाट पनौती हुँदै काठमाडौँ निस्कने प्रमुख पैदल मार्गका रूपमा रहेको थियो । महेन्द्र राजमार्गको निर्माणपछि यो मार्ग ओझल पर्दै गयो । व्यापारका लागि पनौती, बनेपा, भक्तपुरबाट हरिहरपुरगढी नजिकैको बसेरी गाउँ पुगेका नेवार समुदाय पनि घ ण्टेमा झरे । घ ण्टेका नेवार अहिले व्यापार होइन कृषि पेशामा आबद्ध भइसकेका छन् ।

हरिहरपुरगढी किल्लाको संरक्षण र व्यवस्थापनमा स्थानीय र प्रदेश सरकाको ध्यान दृ ष्टि पुगेको छ । सोही क्रममा हरिहरपुरगढी क्षेत्रमा पर्यटन विकास, पर्यटन प्रवद्र्धन, प्रचारप्रसार, पर्यटकीय क्षेत्रको पहिचानलगायतका विषयमा कसरी अगाडि बढ्ने भन्नेमा निरन्तर औपचारिक तथा अनौपचारिक छलफल हुने गरेका छन् ।

सिन्धुली जिल्ला क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य हरिबोल गजुरेलको निर्वाचन क्षेत्र रहेको यस क्षेत्रमा पुरातात्विक महत्वलाई प्राथमिकतामा राख्दै गढीको संरक्षण र व्यवस्थापनमा ध्यान दिन आवश्यक थप पहल निरन्तर भइरहेको छ ।

प्रदेश सरकारले एक जिल्ला एक पर्यटकीय गन्तव्यलाई प्रवद्र्धन गर्ने योजनाअनुसार हरिहरपुरगढीलाई प्राथमिकतामा राखेको छ । सो परियोजनाका लागि रु एक करोड विनियोजन गरिएको सांसद गजुरेलले बताउनुभएको छ । हरिहरपुरगढी संरक्षण तथा व्यवस्थापन समितिका अध्यक्ष कमलजंग राई, प्रदेशसभा सदस्य बुद्धिमान माझीलगायतको ध्यान पुगेको यस क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटक आकर्षणमा थप मद्दत पुगेको हरिहरपुरगढी गाउँपालिकाले जनाएको छ ।

मकवानपुर राज्यको प्रमुख प्रशासकीय कि ल्लाका रूपमा इतिहासमा अंकित हरिहरपुरगढी सिम्रौनगढका राजा हरिसिंहदेवले निर्माण गरेको इतिहासमा पाइन्छ । सन् १३२६ मा दिल्लीका सुल्तान गयासुद्दीन तुगलगको नेतृत्वमा आएको मुस्लिम से नाले कला, संस्कृति र आर्थिक हिसाबले समृद्ध सिम्रौनगढ राज्यमाथि आ क्रमण गरेपछि केही से ना र सहयोगीसहित राजा हरिसिंह देव, रानी देवलदेवी, मन्त्री चण्डेश्वर ठाकुरलगायत उत्तरतिर भागेका थिए । त्यही क्रममा हरिहरपुरको जंगलबीचको डाँडामा कि ल्ला बनाई बसेको जानकारले बताएका छन् । सोही कि ल्लामा पछि मकवानपुरका सेना राजाले आ क्रमण गरेपछि हरिसिंहदेव पूर्वतिर भा गेर तिनपाटन भन्ने ठाउँमा पुगेर किल्ला बनाई बसे र त्यसको केही समयपछि सोही स्थानमा राजा हरिसिंह देवको नि धन भएको इतिहासमा उल्लेख गरेको पाइन्छ ।

सिन्धुलीगढीबाट प राजित भएर भागेका अंग्रेज कप्तान किनलक बाँकी रहेका सेना लिएर बारातिर अड्डा जमाउन थालेका थिए । बागमतीको किनार पछ्याउँदै हरिहरपुरगढी भएर पनौती निस्कने योजनाअनुसार अभियान थाल्ने क्रममा हरिहरपुरगढीमा कि ल्ला जमाएर बसेका गोर्खाली सेनासँग पुनःभि डन्त भएको इतिहासकार बाबुराम आचार्यले पृथ्वीनारायण शाहको जीवनी पुस्तकमा चर्चा गर्नुभएको छ ।

मकवानपुरका राजा हेमकर्ण सेनकी छोरी इन्द्रकुमारीसँग पहिलो विवाह गरेका पृथ्वीनारायण शाहसमेत हरिहरपुरगढीमा पटकपटक पुग्नुभएको इतिहासमा पाइन्छ । हेमकर्ण सेनले घण्टेमा महादेव मन्दिर स्थापना गरी घण्ट चढाएको शिलालेखमा उल्लेख छ । मन्दिरमा प्राप्त शिलालेखमा हेमकर्णेश्वर महादेव भनेर उल्लेख गरिएको सो मन्दिरलाई घण्टे महादेवका नामले समेत स्थानीयले पुकार्ने गरेको पाइन्छ । वाग्मती नदिको मैदानी भागमा रहेको मन्दिर क्षेत्रमा रहेको गाउँलाई घण्टे गाउँका रूपमा चिनिन्छ । मन्दिरको छेउमा हेमकर्ण सेनको शीतकालीन दरबारसमेत रहेको छ । सो दरबारको संरक्षणमा स्थानीय सरकारले ध्यान दिन आवश्यक रहेको छ ।

हरिहरपुरगढीमा रहेको देवीको मूर्ति चो री भइसकेको छ भने सिंहको प्रस्तरकला टु टफु टको अवस्थामा छ । गढी नजिकै बसेरी गाउँमा हरिसिंह देवले नै स्थापना गरेको विश्वास गरिने कालीदेवीको मन्दिरसमेत रहेको छ । संरक्षणको पर्खाइमा रहेको मन्दिरभित्र टु टफुटको अवस्थामा रहेको पुरातात्विक मूर्तिसमेत रहेको छ । बसेरी गाउँमा रहेको रानी धारा, हेमकर्ण सेनको मुकामका रूपमा रहेको गुरुज्यूडाँडा, बाबुराम आचार्यले उल्लेख गर्नुभएको खुँ डाघाट, हरिहरपुरगढी गाउँपालिका–७ मा रहेको प्राकृतिक कुण्ड पोखरीलगायत स्थलको खोजी गरेर इतिहासमा उल्लिखित स्थानको संरक्षण र प्रवद्र्धन गर्नसके हरिहरपुरगढीलाई एउटा प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सकिने प्रचुर सम्भावना रहेको छ ।

सो क्षेत्रमा बसोबास गर्ने दनुवार जातिको कला, संस्कृति, भाषा, दैनिकी र जनजीवनलाई समेत संरक्षण गरी पर्यटकीय उत्पादनका रूपमा प्रस्तुत गर्न सकिन्छ । वाग्मती र मरिणको किनारमा ठूलाठूला टार क्षेत्र भएकाले कृषि उत्पादनको पनि प्रमुख क्षेत्रका रूपमा विकास गर्न सकिन्छ ।

कृषि र पर्यटनमार्फत स्थानीयवासीको आर्थिक उन्नतिमा टेवा पुर्याउन सकिने सम्भावनालाई ध्यान दिएर समृद्ध सिन्धुली अभियानले घण्टेदेखि हरिहरपुरगढी हुँदै सिन्धुलीगढीसम्मको पदयात्राको सम्भाव्यता अध्ययनसमेत गरेको छ । सोही क्रममा घण्टेदेखि हरिहरपुरगढी हुँदै बसेरी भएर जितपुरबाट भीमगाडसम्म पदमार्गको निर्माणसमेत सम्पन्न भइसको छ । सो पदमार्ग निर्माणमा सांसद गजुरेलले सांसद क्षेत्र विकास कोषबाट बजेट विनियोजन गर्नुभएको थियो । सिन्धुलीको कर्णाली भनेर चिनिने यस गाउँपालिकामा सात वटा वडा रहेका छन् । वन, जङ्गल, डाँडापाखा र हरियाली रहेको यस गाउँपालिकामा मिश्रित जातजातिको बसोबास रहेको छ ।

प्रतिक्रिया