शनिवार, कार्तिक २८ गते २०८३

Saturday 14th November 2026

बेडको अभावमा सिन्धुलीमा कोरोना सं क्रमित बिरामीको उपचारमा ढिलाई

शनिवार , श्रावण ३१, २०७७

सिन्धुली,३१ साउन – सिन्धुली जिल्लामा आईसोलेसन बेडको अभावमा कोरोना सं क्रमित बिरामीले उपचार पाउन सकि रहेका छैनन ।

शुक्रबार कोरोना सं क्रमण पुष्टि भएका १३ जना बिरामी मध्ये आठ जनाले उपचार पाउन नसकेको सिन्धुली अस्पतालले जनाएको छ । अस्पतालमा कोरोना सं क्रमित बिरामीको उपचार गर्न आठ बेडको आ ईसोलेसन बेड रहेका तर ती बेड कोेराना सं क्रमित बिरामीले भरिएकोले बाँकी बिरामीको उपचार हुन नसकेको हो ।

अस्पतालका अनुसार सिन्धुली जिल्लामा अहिले कोरोना सं क्रमित बिरामीको संख्या १६ जना रहेका छन् । अस्पतालका व्यवस्थापक बिमल श्रेष्ठले शुक्रबार कोरोना सं क्रमण पुष्टि भएका १३ जना बिरामी मध्ये ११ जना सिन्धुली जिल्लामा रहेका र ती मध्ये पनि तीन जनालाई मात्रै आ ईसोलेसन बेडमा भर्ना गरी उपचार सुरु गरिएको जानकारी दिनुभयो ।

सिन्धुली अस्पतालमा खाली रहेको आ ईसोलेसनको चार बेडमा कोरोना सं क्रमित अस्पतालकै स्टाफ एक जना, दुई जना नेपाली सेना र एक जना काठमाडौँ टेकु अस्पतालबाट भागेर आएका तीनपाटन गाँउपालिका–९ का ७७ बर्षिय बृद्धलाई भर्ना गरी उपचार सुरु गरिएको छ ।

“नयाँ १३ जना बिरामी मध्ये दुई जना महोत्तरी जिल्लाका हुन्, उनीहरु उतै छन्,” उहाँले भन्नुभयो, “बाँकी आठ जना बिरामीलाई उपचार गर्न शुक्रबारदेखि नै कमलामाई नगरपालिका–६ राममाडीस्थित ऐपोलो अस्पतालमा २० बेडको आईसोलेसन कक्ष बनाउन सुरु गरिएको छ । उक्त बेड तयार भएपछि कोरोना सङक्रमित बाँकी बिरामीको उपचार सुरु हुन्छ ।” बाँकी बिरामी जहाँ जस्तो अवस्थामा थिए, अहिले पनि त्यहाँ त्यही अवस्थामा रहेको पनि उहाँले जानकारी दिनुभयो ।

उपचार सुरु गर्न बाँकी रहेका बिरामी मध्ये सात जनालाई पुरानो जिल्ला प्रशासन कार्यालयको भवनमा ल्याइएको र एक जना कमलामाई नगरपालिका–७ स्थित आफ्नै घरमा होम क्वारेन्टाईनमा बस्दै आएको जिल्ला प्रशासन कार्यालयका प्रशासकिय अधिकृत तथा सूचना अधिकारी उपेन्द्र न्यौपानेले जानकारी दिनुभयो ।

नयाँ आईसोलेनस कक्ष बनाउन सुरु गरिएको अस्पतालमा बेड तयार भएको तर त्यहा चाहिने अन्य पूर्वाधार जुटाउन समय लागेकोले बाँकी बिरामीको उपचार सुरु गर्न ढिलाई भएको उहाँले बताउनुभयो । सिन्धुली जिल्लामा अझै १०७ जनाको पिसिआर रिपोर्ट आउन बाँकी रहको सूचना अधिकारी न्यौपानेले बताउनुभयो ।

प्रतिक्रिया