सिन्धुली,३१ साउन– सिन्धुली जिल्लामा २०७२ सालको बि नासकारी भु कम्पबाट क्षे ती भएका १८ वटा गुम्बा मध्ये १२ वटाको पुननिर्माण कार्य सकिएको ठडिएको छ ।
बाँकी छ वटा गुम्बा बनाउन अनिच्छुक, बि कट भुगोल, ल कडाउन र स्थान फरक परेकाले पुननिर्माण हुन नसकेको राष्ट्रिय पुननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन ईकाई, अनुदान व्यवस्थापन कार्यालयले जनाएको छ ।
कार्यालय प्रमुख सुर्यप्रकास बिष्टले भन्नुभयो, “ल कडाउनको बेलामा पनि नजिक हुनेले काम गरेर गुम्बाको पुननिर्माण सकेका र टा ढा हुनेले ढूवानीको स मस्याले काम गर्न नसकेको बताएका छन् । कसैले निर्माण गर्न ईच्छा देखाएनन् ।”
उहाँका अनुसार १२ वटा गुम्बा ६५ लाख १६ हजार रुपैया लागतमा बनेको हो । मरिण गाँउपालिका–५ स्थित उर्गेन पेमा छोलिङ गुम्बा एक लाख ८१ हजार ४८५ रुपैया, कनपा–७ स्थित उर्गेन छोईलिङ गुम्बा दुई लाख ८८ हजार ३५२ रुपैया, कनपा–८ स्थित टासी घोले गुम्बा दुई लाख ८९ हजार ६६९ रुपैयाको लागतमा पुननिर्माण भएको हो ।
त्यसैगरी, कनपा–७ स्थित ओरग्यान थरबोलिङ गुम्बा नौ लाख ५८ हजार ४९६ रुपैया, कनपा–६ स्थित शेरब होईसल लिङ गोन्पा (पेमा छोईलिङ गुम्बा) चार लाख ६३ हजार ५२६ रुपैया, कनपा–९ स्थित टासी छ्योलिङ गुम्बा चार लाख ८२ हजार १६४ रुपैया, कनपा–२ स्थित रिबोपोताला गुम्बा नौ लाख ६८ हजार २१ रुपैया र हरिहरपुरगढी गाउपालिका–१ स्थित दोर्जे छेवा गुम्बा चार लाख ८२ हजार ४९५ रुपैयाको लागतमा पुननिर्माण भएको उक्त कार्यालयले जनाएको छ ।
हरिहरपुरगढी गाउपालिका–७ स्थित देछेन गुम्बा नौ लाख ५८ हजार ६०४ रुपैया, घ्याङलेख गाँउपालिका–४ स्थित पेमा देछेन गुम्बा चार लाख ८१ हजार ९४० रुपैया, सुनकोसी गाँउपालिका– मझुवास्थित ङग्छयाङ शाक्य श्हाङपो झयाङतेर ञिङमा गुम्बा चार लाख ८१ हजार ९१८ रुपैया र दुधौली नगरपालिका –१४ स्थित टासी पेमाछ्योलिङ बौद्ध गुम्बा चार लाख ७९ हजार ३२३ को लागतमा निर्माण भएको उक्त कार्यालयले जनाएको छ ।
पुननिर्माणको सूचीमा परेर पनि निर्माण न गर्ने गुम्बाहरुमा हरिहरपुरगढी गाँउपालिका–३ स्थित उग्र्यान छोईफेल साङछु गुम्बार, मरिण गाँउपालिका–३ स्थित ज्याङतेर पेमा गुम्बा, घ्याङलेख गाँउपालिका–४ स्थित टासी छोलिङ गुम्बा, हरिहरपुरगढी गाँउपालिका–५ स्थित समलिङ तीर्थ गुम्बा, दुधौली नगरपालिका–१३ स्थित उर्गेन छोपेमा छ्योलिङ गुम्बा र हरिहरपुरगढी गाँउपालिका–५ स्थित पेमा थर्पालिङ गुम्बा रहेको पनि उक्त कर्यालयले जनाएको छ ।