सिन्धुली,३१ साउन– सिन्धुली जिल्लामा कोभिड–१९ को सं क्रमण बि रुद्ध स्थानीय तह एक जुट भएर क ठोर ब न्दै गएका छन् ।
पछिल्लो समयमा जिल्लामा कोभिड–१९ (कोरोना भाईरस) सं क्रमणका बि रामी बढ्दै गएपछि त्यसको जोखिम न्युनिकरण गर्न स्थानीय तह क ठोर ब न्दै गएका हुन् । कोरोना भाईरस सङक्रमणको जोखिम न्युनिकरण गर्न स्थानीय तहले लकडाउन घोषणा, मानिसको आवागमनमा कडाई, बजार ब न्द, सरकारी कामकाजका लागि दिने सिफारिस समेत ब न्द गरेका छन् ।
सिन्धुली जिल्लामा अहिलेसम्म कोरोना सं क्रमितको संख्या ३३ पुगेको जिल्ला स्वास्थ्य कर्यालयले जनाएको छ ।
सुनकोसी गाँउपालिकाले वडा नं. ४ कोटगाँउ स्थित सिद्ध माध्यमिक विद्यालयमा कार्यरत एक जना शिक्षकमा बिहिबार कोरोना भाईरसको सं क्रमण पुष्टि भएसँगै शुक्रबार राती १२ बजेदेखि भदौ १३ गतेसमम १५ दिनका लागि लकडाउन घोषणा गर्ने तयारी गरेको जनाएका छन् ।
कोरोना सं क्रमित ती शिक्षकलाई सिन्धुली अस्पतालको आ इसोलेसन कक्षमा भर्ना गरी उपचार सुरु गरिएको उहाँले बताउनुभयो । गाउँपालिकाले बैकल्पिक माध्यमबाट विद्यालय कक्षा सञ्चालन तयारी गरेपछि शिक्षकहरु गाउँपालिकामा केन्द्रित भएका थिए । कोरोना पोजेटिभ भएका शिक्षक सिरहाबाट नौ दिनअघि आएका थिए ।
रातमाटा स्वास्थ्य चौकीका प्रमुख माधव प्रधानले सुनकोशी गाउँपालिकाबाट ४४ जनाको नमूना संकलन गरी परीक्षणका लागि धुलिखेल पठाइएकोमा एक जना शिक्षकको पोजेटिभ पाइएको बताउनुभयो । गाउँपालिकाले विभिन्न होटलमा शिक्षकलाई राखेको थियो । पोजेटिभ देखिएका शिक्षक साइटारस्थित हाम्रो होटलमा बस्दै आएका थिए । अहिले उक्त होटल सील गरिएको गाँउपालिकाले जनाएको छ ।
दुधौली नगरपालिकाले पनि बिहिबारदेखि अनिश्चित समयका लागि प्रत्येक दिन बिहान १० बजेपछि बजार ब न्द गरी मानिसको आवागमनमा शसक्त कडाई गरेको छ । मेयर घनश्याम राउतका अनुसार कार्यपालिकाको बैठकबाट निर्णय गराई बजार ब न्द गरिएको हो ।
“बजार ब न्द गरी कम्तिमा एक हप्ता हेछौं, परिणाम के आउछ,” उहाँले भन्नुभयो, “मानिसका अनावश्यक प्रवेशमा रोक लगाउन दुधौली प्रवेस गर्ने खोक्सा नाकामा शसस्त्र प्रहरी, झुँगा र सिम्राही नाकामा नेपाल प्रहरी र नगर प्रहरी परिचालन गरेका छौं ।”
दुधौली नगरपालिकाले शुक्रबार क्वारेन्टाईनमा बसेका २९ जना र स्वास्थ्य चौकीमा काम गर्ने स्वास्थ्यकर्मी गरी ३४ जनाको स्वाब संकलन गरी पिसिआर परिक्षण गर्न हेटौडा पठाएको उहाँले जानकारी दिनुभयो । दुधौलीमा यसअघि ४२१ जनाको स्वाब सङकलन गरि परिक्षण गर्दा तीन जना सङक्रमित फेला परेका र उनीहरु निको भई घर गई सकेका नगरपालिकाले जनाएको छ ।
त्यस्तै कमलामाई नगरपालिकाले पनि मंगलबार राती १२ बजेदेखि एक साताका लागि लकडाउन घोषणा गरेको छ । जिल्लामा कोराना भाइरस सं क्रमितको सङख्या बढ्दै गएको र मानिसको चहलपहलका कारण कन्ट्याक ट्रेसिङमा समस्या आएपछि एक साताको लागि अत्यावश्यक सेवा बाहेक अन्य गतिविधि ब न्द गरिएको नगरपालिकाले जनाएको छ ।
सिन्धुलीमा आईतबार एकै पटक ६ जनामा कोरोना सं क्रमण पुष्टी भएसँगै नगरपालिकाले यस्तो निर्णय गरेको हो । दुध र औषधि पसल बाहेक मानिसको आवागमनमा कडाई गर्नुका साथै बजारहरु, तरकारी तथा खाद्यान्न पसल, कलकारखाना, सार्बजनिक तथा नीजि यातायातका साधन, सामाजिक सङघ संस्था, बित्तिय संस्थाहरु ब न्द गरिएको मेयर खड्गबहादुर खत्रीले जानकारी दिनुभयो ।
उता मरिण गाँउपालिकाले पनि सदरमुकाममा भएको ब न्दले गाँउपालिकालाई धेरै सहयोग पुगेको जनाएको छ । “मानिसहरु कमलामाई नगरपालिका हुदै यस गाँउपालिकामा प्रबेश गर्ने हुन्” गाँउपालिका अध्यक्ष पानीराज बम्जनले भन्नुभयो, “जिल्लामा जानु पर्ने हरेक कार्यालयका कार्यहरुका लागि गाँउपालिका र वडा कार्यालयबाट दिईने सिफारिस सबै रोकेका छौं । प्रत्येक वडामा पनि त्यही अनुसार सूचना जारी गरेका छौं ।”
त्यस्तै तीनपाटन गाँउपालिकाले पनि भदौ १ गतेदेखि ७ गतेसम्म सार्बजनिक तथा नीजि सबारी साधन ब न्द गर्ने बिहिबार बसेको कार्यापालिकाको बैठकले निर्णय गरेको जनाएको छ । गाँउपालिका अध्यक्ष कर्ण थापामगरले खाद्यान्न र निर्माण सामग्री ढूवानी गर्ने गाडीमा एक जना चालक र एक जना सहचालक मात्र बसेर सञ्चालन गर्न पाउने गरी सबै खालाका यातायात सेवा ब न्द गरेको जानकारी दिनुभयो ।
प्रचार प्रसारका लागि भदौ १ गतेदेखि ब न्द गर्ने निर्णय गरेको उहाँको भनाई छ । गाँउपालिका कार्यालय, प्रत्येक वडा कार्यालयमा स्यानीटाईजर तथा माक्सको अनिवार्य व्यवस्था र सर्बसाधारणले माक्स लगाएर मात्र हिड्न पाउने निर्णय गरिएको उहाँले बताउनुभयो ।