सिन्धुली, ३० साउन – सिन्धुलीको कोरोना सं क्रमित व्यक्ति अस्पतालमा उपचार नगराई काठमाडौँ बाट आज रातरात आफ्नै घर तिनपाटन गाउँपालिका वडा नम्बर ९ मा आएका छन ।
यहि साउन २८ बुधबारको दिन तिनपाटन गाउपालिका वडा नम्बर ९ रिठ्ठे निवासी एक ७७ बर्षको बृद्वलाई काठमाडौँको टेकु अस्पतालले कोरोना पुष्टी गरीएको थियो ।
कोरोना सं क्रमित बृदमा कोरोनाको कुनै पनि ल क्षण नदेखिएको र अस्पतालमा पनि उपाचार कक्ष खालि नभएको कारण घरमै एकान्तबास राख्न डाक्डरले सुझाब दिएको थियो ।
काठमाडाँैमा कोठा लिएर बस्ने परिवारमा एकान्तमा राख्ने बाताबरण नभएको कारण आज रातारात घरमा आउनु परेको सं क्रमित ब्यक्तिको परिवार श्रोतले जानकारी दिएको छ ।
हिजो सांझ सात बजे काठमाडौँबाट एउटा ट्याक्सि दश हजारमा रिर्जभ गरी हिडेको र तिनपाटनमा रातको ३ बजेको आईपुगेको जनाईएको छ ।
सं क्रमित ब्यक्तिसंग बर्ष ४३ को छोरापनि संगसगै आएका थिए । छोराले दिएको जानकारी अनुसार ट्याक्सि चालकलाई पनि कोरोना सं क्रमित भनेर जानकारी नदिएको जनाइएको छ ।
कोरोना सं क्रमित ब्यक्ति गाउँमा आए पछि गाउँनै त्रसित बनेको छ । सं क्रमित व्यक्तिलाई गाउँपलिकाले उपचार गर्नको लागि कुनै पनि पहल नगरेको भनि स्थानिय युवाहरुले आ रोप पनि लागाएका छन । अहिले गाउँको युवाहरुको सक्रियतामा छुट्टै बस्ने बासको व्यबस्था गरीएको स्थानिय राम मगरले जानकारी दिनु भयो ।
उता गाउँपालिकाले भने ति सं क्रममित ब्यक्तिलाई उपाचारको लागि जिल्लामा समन्वय भईरको उपाध्यक्ष पदम माया तामाङले बताउनु भयो । त्यस्तै स्वास्थ्यकर्मि र सु रक्षाकर्मिलाई पनि सं क्रमित ब्यक्ति कहाँ खाटाई सकेको जनाईएको छ ।