सिन्धुली,३० साउन – कमलामाई नगरपालिकामा कोरोना भा ईरस सं क्रमण नियन्त्रणका लागि नगरपालिकाले मंगलबार राती १२ बजेदेखि एक हप्ताका लागि जारी गरेको लकडाउनको प्रभाव खासै नदेखिएको नगरबासीले गुनासो गरेका छन् ।
सरकारले १२० दिन ब न्दाबन्दी गर्दा नियन्त्रण नभएको कोरोना कमलामाई नगरपालिकाको एक हप्ते ब न्दाबन्दीले कोरोना कसरी नियन्त्रण होला भन्दै नगरबासी टिप्पणी गर्न थालेका छन् । विद्यार्थी नेता उत्पल खड्का लकडाउन घोषणा गरेर मात्र कोरोना भा ईरस नियन्त्रण नहुने बताउनुहुन्छ ।
“लकडाउनको खासै प्रभाव देखिएको छैन,” उहाँले भन्नुभयो, “कतै भिड देखिन्छ, कतै बि रोध सुनिन्छ । सडकमा मानिस हिडिरहेका छन्, यातायातका साधन गुडी रहेका छन् । बरु त्यसको सट्टामा सचेतना बढाउनुका साथै पिसिआर परिक्षणको दायरा बढाउनु पर्छ ।”
उहाँले अगाडी थप्नुभयो, “तीस जनामा कोरोना सं क्रमण एकै चोटी पुष्टि भयो भने उपचार गर्ने ठाँउ छैन । आईसियु र भेन्टिलेटर स्थापना गर्न जोड दिनु पर्यो । सबै स्थानीय तहले एक/एक करोड दिए भने त संभव पनि हुन्छ ।”
युवा नेता मुकेश घिमिरेले कमलामाई नगरपालिकाले सुरु गरेको ब न्दाबन्दी उपयुक्त नभएको बताउनुभयो । उहाँले भन्नुभयो, “परीक्षणको दायरा बढाउनु यो समयमा उत्तम बिकल्प हो । अन्यथा ब न्दाबन्दी गर्ने नै हो भने, गरिब र निमुखा जनताको बाँच्ने आधारको प्रत्याभूति गर्नुपर्छ ।” उहाँले व्यापारीको विश्वास जितेर अत्यावश्यक कार्यमा अवरुद्ध नगरी सुरक्षित कार्य व्यवस्थापन गर्दै ब न्दाबन्दी गर्नुपर्नेमा जोड दिनुभयो ।
कमलामाई नगरपालिका–४ निवासी डम्बर कार्की पनि कोरोना नियन्त्रणलाई प्रभावकारी बनाउन सवारी साधन मात्र रोकेर नहुने र सरकारी तथा गैरसरकारी संस्थाहरु पनि पूर्ण रुपमा बन्द गर्नु पर्ने बताउनुहुन्छ । उता कमलामाई नगरपालिकाले किसानका लागि मल वितरणमा स्वास्थ्य सुरक्षा सतर्कता नअपनाएको भन्दै सर्बत्र आलोचना भइरहेको छ । खेतीमा मल हाल्ने बेलामा सहज रुपमा मल उपलब्ध गराउन नसकेको आरोप किसानहरुको छ ।
कमलामाई नगरपालिका–६ का बासिन्दा शिवजी कार्की नगरपालिकाले एक दिनअघि गाँउको बीचमा ल्याएर मानिसलाई भिड गराई रासायनिक मल बितरण गर्दा उल्टै कोरोनाको जोखिम बढेको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “नगरपालिकाले नै बुधबारदेखि एक सातासम्म लकडाउन घोषणा गरेर अत्यावश्यक कामभन्दा बाहेक घरबाट ननिस्किनु भनेर सूचना जारी गरेको छ । अर्कातिर मेयरले नै किसानको भिडजम्मा गरेका मल बाड्न लगाएका छन् । यो के गाईजात्रा हो ?”
मेयरबाटै लकडाउन उलंघन गर्ने काम भई रहेको स्थानीयको भनाई थियो । कमलामाई नगरपालिकाका प्रमुख खड्ग बहादुर खत्रीले कोरोना जोखिम बढ्दै गएपछि ब न्दाबन्दीभन्दा अर्को उत्तम बिकल्प रहेको बताउनुभयो । उहाँले नगरवासीको स्वास्थ्य नै प्रमुख र महत्वपूर्ण भएको चर्चा गर्दै भन्नुभयो, “एकथरि छन् जो कुरा काट्नलाई पल्केका तिनैले नै आलोचना गरिरहेका छन् ।”
उहाँले कोरोना सं क्र्रमणको यो भयावह अवस्थामा आलोचना गरेर हिँड्नुभन्दा ब न्दाबन्दीको पालनामा सघाउनु नै बुद्धिमत्तापूर्ण कार्य हुने बताउनुभयो ।