सिन्धुली,२९ साउन – सिन्धुली जिल्लामा पछिल्लो सात बर्षमा सवारी दु र्घटनामा परि २३० जनाले ज्या न गु माएका छन् ।
सो अवधिमा भएको २०३ वटा सवारी दु र्घट्नामा ती व्यक्तिको ज्या न गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । कार्यालयका अनुसार बीपी राजमार्ग, मदन भण्डारी लोकमार्ग, मध्यपहाडी लोकमार्ग र जिल्लाका भित्री सडकमा भएको सवारी दु र्घट्नामा ती व्यक्तिको ज्या न गएको हो ।
ज्या न गु माएका मध्ये महिला ३२ जना, पुरुष १७३ जना, बालक १५ जना र बालिका १० जना रहेको प्रहरी नायब उपरिक्षक श्यामबहादुर खत्रीले जानकारी दिनुभयो । सबारी साधनको ओभरस्पीड, चालकको मदिरा सेव, सिट क्षमताभन्दा बढी यात्रु बोक्नु र ट्राफिक समस्या लगायतका कारणले सवारी दु र्घटना बढेको उहाँको भनाई छ ।
सबारी दु र्घट्नालाई न्यूनिकरण गर्न सचेतनामूलक कार्यक्रम, ट्राफिक जाँच, मापसे जाँच लगायतका गतिविधि गर्दै आएको उहाँले जानकारी दिनुभयो । कार्यालयका अनुसार सो अवधिमा महिला, पुरुष, बालक र बालिका गरी ३६९ जना दु र्घट्नामा परि घाईते भएका छन् ।
ती मध्ये सबैभन्दा बढी सबारी दु र्घटनाको मु द्धा आर्थिक बर्ष ०७४/०७५ मा ४० वटा दर्ता भएको छ । आब ०७०/०७१ मा ११ वटा, आब ०७१/०७२ मा २३ वटा, आब ०७२/०७३ मा २५ वटा, आब ०७३/०७४ मा ३१ वटा, आब ०७४/०७५ मा ४० वटा, आब ०७५/०७६ मा ३८ वटा र आब ०७६/०७७ मा ३५ वटा सबारी दु र्घट्नाका मु द्धा जिल्ला प्रहरी कार्यालयमा दर्ता भएको छ ।