शनिवार, कार्तिक २८ गते २०८३

Saturday 14th November 2026

मल नपाएर सिन्धुलीका किसान आ न्दोलित

बुधवार , श्रावण २८, २०७७

सिन्धुली,२८ साउन – खेतीको सिजनमा मल न पाएपछि सिन्धुलीका किसान आ न्दोलित बनेका छन् ।

लामो समयदेखि रा सायनिक मलको च रम अ भाव खेपी रहेका किसान उक्त मल कमलामाई नगरपालिका–६ रातमाटा स्थित जय बागबानी कृषि सहकारी संस्थामा आएको थाहा पाएपछि बुधबार बिहान कोरोना भा ईरस सं क्रमणको प र्वाह नै नगरी लिन पुगेका थिए । थोरै मल आएको तर लिने किसान धेरै भएपछि सहकारीले मल बिक्री गर्न नमानेपछि किसानहरुले बीपी राजमार्ग जा म समेत गरेर आ न्दोलित बनेका छन् ।

बिहान ९ बजे उक्त सहकारीमा पुगेका किसानले दिउसो २ बजेपछि मात्रै मल पाएको बताएका छन् । त्यही पनि आधाभन्दा बढी किसान मल नपाएर रि त्तो हात फर्किएका थिए । मल लिन आएका किसानको भि ड नि यन्त्रण गर्न श सस्त्र प्रहरी, जनपद प्रहरी र नगर प्रहरी परिचालन गरिए पनि प्रहरीलाई ह म्मेहम्मे परेको स्थानीय बद्री थापाले जानकारी दिनुभयो ।

गत बैशाख महिनाको अन्तिमतिर ल कडाउनको मौका छोपेर ब ढी मूल्यमा मल बिक्री गरेको उ जुरीका आधारमा उक्त सहकारी सञ्चालक युबराज दाहाललाई प्रहरीले प क्राउ गरी का लोबजारी ऐन अन्तर्गत का रबाही प्र कृया अघि बढाएको थियो । उक्त मु द्धा फै सला नभएको बेला अहिले फेरी उक्त मल बिक्री बितरण गर्न कमलामाई नगरपालिकाका मेयर खडगबहादुर खत्रीको रोजाईमा त्यही सहकारी परेको स्थानीयको गुनासो छ ।

 

उक्त सहकारीमा साल्ट ट्रेनिङ लिमिटेडले पठाएको ४२० बोरा मल बुधबार बिहान आएको मा २२० बोरा सहकारीमा भारी २०० बोरा सोही ट्रकमा अनेत्रपठाएका थिए । मेयर खत्रीको सिफारिसमा उक्त सहकारीले मल बितरण गर्न पाएको र किसानलाई मल पुर्‍याउन नसक्ने भएपछि मेयर आएपछि मात्रै बाड्छु भनेर दिनभरी जसो सहकारी सञ्चालक लुकेर बसेको उहाँले सुनाउनुभयो ।

उक्त सहकारी संस्थाले २२० बोरा मल बितरण गरेको र पुर्‍याउन नसकेर तीन जना किसानलाई एक बोराका दरले बितरण गरेको पनि उहाँले बताउनुभयो ।

कोरोना भा ईरसको सं क्रमण बढी रहेको बेला सा माजिक दु री कायम नै नगरी मल लिन लाईनमा बसेर किसानको भि ड लागेपछि स्थानीय समेत आ क्रोसित भएका भए । स्थानीय शिबजी कार्कीले भन्नुभयो, “नगरपालिकाले नै बुधबारदेखि एक सातासम्म ल कडाउन घोषणा गरेर अ त्यावश्यक कामभन्दा बाहेक घरबाट ननिस्किनु भनेर सूचना जारी गरेको छ । अर्कातिर मेयरले नै किसानको भि डजम्मा गरेका छन् । यो के गाईजात्रा हो ?”मेयरबाटै लकडाउन उ लंघन गर्ने काम भई रहेको स्थानीयको भनाई थियो ।

मेयरको सिफारिसमा बुधबार बिहान एक ट्रक रा सायनिक मल आएकोमा २२० बोरा मल उक्त सहकारीमा झारेर र दुई सय बोरा भिमान क्षेत्रमा पठाईएको स्थानीयले बताएका छन् ।

भिमान क्षेत्रमा पठाएको मलमध्ये कमलामाई नगरपालिका–९ भिमानका धनेन्द्र कार्कीलाई १५० बोरा र वडा नं. ८ को हितैसी कृषि सहकारी संस्थालाई ५० बोरा दिन मेयरले सानो स्पाईरल कापीको पन्नामा रातो मसीले लेखेर सिफारिस गर्नुभएको छ । त्यस्तै वडा नं. ११ को फडिलेटार सहकारीलाई पनि ५० बोरा दिन सिफारिस गरिएको छ ।

मेयरको सिफारिस लिएर मल लिन आउनु भएका फडिलेटार सहकारीका समर कार्कीले भन्नुभयो, “उक्त मल बितरण गर्न वडा अध्यक्षले बोरा भाग लगाई टोल छुट्याएका छन् । यहाँ मानिनसको भिड हेर्दा पाईएला जस्तो छैन ।”

यता कमलामाई नगरपालिकाका मेयर खड्गबहादुर खत्री पनि आफुले कृषि मन्त्रीलाई भनेर नगरपालिकाका लागि दुई ट्रक रासायनिक (युरिया) मल मगाएकोमा एक ट्रक मात्र आएको बताउनुहुन्छ । “उक्त मल कमलामाई नगरपालिका कार्यालयमा आएको हो, मैले सहकारीलाई बाँडिदिन मात्रै सिफारिस दिएको हुँ,” उहाँले भन्नुभयो, “बाँड्दा पनि सुख छैन, नबाँड्दा पनि सुख छैन ।”

“तत्काल अप्ठेरो परेका किसानलाई मिलाएर बाँड्नु सहकारीलाई भनेको छु,” उहाँले थप्नुभयो । कमलामाई नगरपालिका–४ का किसान देवचन्द्र श्रेष्ठ मल लिन विहान ९ बजेदेखि नै आफु लाईनमा बसे पनि नपाएको गुनासो गर्नुभयो । उहाँले भन्नुभयो, “१७ कठ्ठामा रोपेको धानका लागि मल लिन आएको । अझै पाईएको छैन ।”

त्यस्तै सिन्धुलीमाढीस्तित सिद्धेश्वर बहुउद्देश्यि सहकारी संस्थाले पनि सा ल्ट ट्रेडिङ लिमिटेडबाट ल्याएर मंगलबार २१० बोरा युरिया मल बेचेको तर मल लिन आएको आधाभन्दा बढी किसानलाई पुर्‍याउन नसकेको जनाएको छ । उता सिन्धुली जिल्लासहित रामेछाप र दोलखा जिल्लामा स्थानीय कृषि सहकारी संस्था माफर्त रासायनिक मल बिक्रि गर्दै आएको कृषि सामग्री कम्पनि लिमिटेड सिन्धुलीले गत जेठ महिनाको अन्तिमदेखि नै रा सायनिक मलको अ भाव भएको र अझै भदौको अन्तिम साता नभई मल नआउने उक्त कम्पनीका प्रमुख नबराज महतले जानकारी दिनुभयो ।

कम्पनिले २०७६ साउन महिनादेखि २०७७ असारसम्म एक हजार ८९४ दशमलब ३५० मेट्रिक्टन, डिएपी ५२५ दशमलब ४५० मेट्रिक्टन र पोटास ३६ दशमलब ७५० मेट्रिक्टन स्थानीय कृषि सहकारी संस्था मार्फत बिक्रि गरेको छ ।

यो मध्ये सिन्धुली जिल्लामा युरिया एक हजार ९३ दशमलब चार मेट्रिक्टन, डिएपी ३०३ दशमलब चार मेट्रिक्टन र पो टास १६ दशमलब २५० मेट्रिक्टन बिक्री भएको छ । रामेछाप जिल्लामा यु रिया ४१४ दशमलब ३५० मेट्रिक्टन, डिएपी ९६ दशमलब एकसय मेट्रिक्टन र पो टास चार दशमलब १५० मेट्रिक्टन पठाईएको छ । त्यस्तै दोलखामा युरिया ३६८ दशमलब छ सय मेट्रिक्टन, डिएपी १२५ दशमलब ९५० मेट्रिक्टन र पोटास १६ दशमलब ३५० मेट्रिक्टन बिक्री गरिएको उक्त कम्पनीको भनाई छ ।

सिन्धुली जिल्लामा ५४ वटा, रामेछाप जिल्लामा १३ वटा र दोलखा जिल्लामा १२ वटा सहकारी संस्थाले किसानलाई मल बिक्री गर्दै आएको कृषी सामग्री कम्पनीले जनाएको छ ।

प्रतिक्रिया