शनिवार, कार्तिक २८ गते २०८३

Saturday 14th November 2026

कमलामाईमा दुध र औषधी बाहेक सबै सेवा ब न्द

मंगलवार , श्रावण २७, २०७७

सिन्धुली २७ साउन – कोरोना भाइरस सं क्रमण रोकथामको लागि कमलामाइ नगरपालिकाले आज मध्येराती १२ बजेदेखि अहिलेसम्मकै कडा लकडाउन गरेको छ । कोराना भाइरस सं क्रमितको संख्या बढेको र कन्ट्याक ट्रेसिङमा समस्या आएपछि एकसाताको लागि कमलामाइ नगरपालिकाले कडा लकडाउनको घोषाणा गरेको जनाएको छ ।

नगरप्रमुख खड्गबहादुर खत्रीले मंगलवार पत्रकार सम्मलेनको आयोजना गरि दुध र औषधी पसल बाहेक नगर क्षेत्रमा सबै वन्द हुने बताउनुभयो । यो पटक कडा लकडाउन नगरे कोरोना भा इरस सं क्रमण फैलिएर भ यावह अवस्था आउन सक्ने भन्दै नगरप्रमुख खत्रीले लकडाउनको पूर्ण पालनमा जोड दिनुभयो । यस पटक सरकारी सवारीलाइ पनि छुट दिइने छैन्, उहाले भन्नुभयो, “ भोलीको अवस्थाको परिकल्पना गर्दा सबैको आङ जिरिङ्ग हून्छ, यस्तो अवस्था आउन कुनै हालतमा दिंइदैन् ।”

अत्यावश्यक सेवा बाहेक सबैले लकडाउनको पूर्ण पालना गर्नेमा विश्वस्त रहेको बताउदै मेयर खत्रीले खाद्यान्न र तरकारी पसल पनि ब न्द हुने जनाउ दिनुभयो । यो नगरवासीकै लागि हो, उहाले थप्नुभयो, “भुषको आगो जस्तै भित्रभित्रै सल्किन लागेको छ, संक्रमितको सम्पर्कमा रहने व्यक्तिको पहिचान गर्नगाह्रो भै सक्यो, अब लकडाउनको पूर्ण पालना गरेर, आफु पनि बचौ र अरुलाइ पनि बचाऔं ।”

प्रहरी, प्रशासनसग समन्वय गरेर चुरे सिमाबाट नै एम्बुलेन्स, दमकल, शवबाहन, प्रेस बाहेक पूर्ण ब न्देज गरिने नगरप्रमुख खत्रीको भनाइ थियो । ल कडाउन पूर्ण पालनाको अनुगमनका लागि नगर प्रहरी र आफु लगाएतका पदाधिकारी समेत खट्नेमा नगरप्रमुख खत्रीले बताउनुभयो ।

क्वारेन्टाइन र आ इसोलेसन थप गर्न कुराकानी भैरहेको उहाले जानकारी दिनुभयो । सिन्धुली अस्पतालमा संक्रमित बिरामी राख्ने क्षमता ७ जना भन्दा बढिको नभएको भन्दै नगरप्रमुख खत्रीले तत्काल समन्वय समितिले ९ वटै स्थानीयतहका प्रमुख बोलाएर कोरोना अस्पताल निर्माण हुनुपर्ने खाचो औल्याउनुभयो ।

प्रतिक्रिया