शनिवार, कार्तिक २८ गते २०८३

Saturday 14th November 2026

छेत्र बम्जनले बुझाए गाँउपालिकालाई खल्तिबाटै २८ लाख रुपैया

मंगलवार , श्रावण २७, २०७७

सिन्धुली,२७ साउन – सिन्धुलीको मरिण गाँउपालिकालाई ईम्मानुएल कन्ट्रक्सन कम्पनीले ल कडाउनको बेला संकलन गर्न नपाएको ढुंगा, गिटी, बालुवाको ठेक्काको रकम पनि बुझाएको छ ।

उक्त कम्पनीले गत आर्थिक बर्ष ०७६/०७७ मा गाँउपालिकासँग ढुंगा, गिटी र बालुवाको भ्याट सहित ६८ लाख रुपैयामा ठेक्का लिएको थियो । ल कडाउन घोषणा हुनु अघि उक्त ठेक्काको रकम मध्ये ४० लाख रुपैया मात्रै संकलन भएको उक्त कम्पनिका सञ्चालक छेत्रबहादुर बम्जनले जानकारी दिनु भयो ।

उहाँले भन्नुभयो, “ठेक्का रकममा गाँउपालिकाले एक रुपैया पनि छुट दिएन । बाँकी २८ लाख रुपैया खल्तीबाट थपेर पुरै रकम बुझाई ।” ल कडाउनका कारण दुई महिना गाडी ठ प्प हुदा आफु घा टामा गएको उहाँको गु नासो थियो । “पार्टीकै कारणले छुट दिएनन्” उहाँले भन्नुभयो, “नेकपाको सरकारले काँग्रेसलाई के छुट दिन्थ्यो ?”

ल कडाउनका कारण उक्त कर संकलन गर्न नसकेकालाई कमलामाई नगरपालिकाले २० प्रतिशत छुट दिएको सुनेको र छिमेकी जिल्ला सर्लाहीको बागमति नगरपालिकाले भदौ पछाडी चार महिना ढुंगा, गिटी र बालुवा उठाउन दिने सहमति गरेको उहाँले बताउनुभयो ।

गाँउपालिका अध्यक्ष पानीराज बम्जनले भने आफूहरुले सम्बन्धित निकायहरुसँग छलफल गरेरनै कर उठाउने निर्णय गरेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘लकडाउनले उक्त ठेक्का प्रभावित नभएकाले पुरै पैसा लिने निर्णय भएको हो ।’

मरिण गाँउपालिका उपाध्यक्ष संगिता माझीले भने कर सम्बन्धि जानकारी आफुलाई नभएको बताउनुभयो । हाँले भन्नुभयो, “यस सम्बन्धि मलाई थाहा भएन, पानीराज सर र हाकिमसँग बुझ्नु होला ।”

प्रमुख प्रशासकिय अधिकृत बिनोद पोख्रेलसँग टेलिफोन गर्दा भने सम्पर्क हुन सकेन ।

प्रतिक्रिया