सिन्धुली,२६ साउन – अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीका अविभावकमा कोरोना भा ईरस सं क्रमण पुष्टि भएपछि सिन्धुली अस्पतालको आकस्मिक सेवा बाहेकका अन्य सेवा सोमबारदेखि ब न्द गरिएको छ ।
अस्पतालको प्रयोगशालामा कार्यरत स्वास्थ्यकर्मीका अभिभावक(पिता)लाई आईतबार कोरोना सं क्रमण पुष्टि भएपछि सोमबारदेखि तीन दिनसम्मका लागि अस्पतालको आकस्मिक सेवा बाहेकका अन्य सेवा ब न्द गरेको अस्पताल विकास समितिका अध्यक्ष प्रल्हाद पोखरेलले जानकारी दिनुभयो ।
स्वास्थ्यकर्मीका अभिभावक भने सर्लाही जिल्लाबाट सिन्धुली छोरीको डेरामा आउनु भएको थियो । उहाँ छोरी(स्वास्थ्यकर्मी)सँगै बसेको आफ्नो बि रामी श्रीमतीलाई उपचार गर्न सिन्धुली आएको बेला स्वाब संकलन गरी पिसिआर परिक्षण गर्न पठाएको सिन्धुली अस्पतालले जनाएको छ ।
अस्पतालका व्यवस्थापक बिमल श्रेठले स्वास्थ्यकर्मीको अभिभावकलाई कोरोना सं क्रमण पुष्टि भएपछि उहाँसँगै काम गर्न सिन्धुली अस्पतालका स्वास्थ्यकर्मी सबैको स्वाब संकलन गरी पिसिआर परिक्षण गर्न पठाउने तयारी गरिएको छ ।
आईतबार सिन्धुली जिल्लामा पहिलो पटक एकै दिनमा धेरै कोरोना सं क्रमित व्यक्ति फेला परेका छन् । प्रादेशिक प्रयोगशाला हेटौडाबाट सिन्धुली अस्पताललाई आईतबार बेलुका प्राप्त रिपोर्ट अनुसार एकै पटकमा चार जना नेपाली सेनासहित छ जनामा कोरानो सं क्रमण पुष्टि भएको हो ।
साउन २२ गते २२ जनाको स्वाब संकलन गरी पिसिआर परिक्षण गर्न हेटौंडा पठाईएकोमा छ जनाको कोरोना सं क्रमण पोजेटिभ र बाँकीको निगेटिभ रिपोर्ट आएको स्वास्थ्य कार्यालय सिन्धुलीले जनाएको छ ।
कार्यालय प्रमुख जितेन्द्र साहका अनुसार कोरोना सं क्रमण देखिएकाहरु मध्ये सिन्धुलीकै चन्दनपुरस्थित नेपाली सेनाको पर्याबरण गणमा कार्यरत ३३, ३७, ३७ र ३८ वर्षका चार जना पुरुष, सदरमुकामस्थित क्वारेन्टाईनमा रहेका तीनपाटन गाँउपालिका–४ निवासी २२ वर्षिय पुरुष र एक जना सिन्धुली अस्पतालको ल्यावमा कार्यरत स्वास्थ्यकर्मीका अविभावक (पिता) लाई कोरोना सं क्रमण पुष्टि भएको हा ।
कोरोना सं क्रमित चार जना नेपाली सेनाका पुरुषलाई सदरमुकाम सिन्धुलीमाढीस्थित नेपाली सेनाको ९ नम्बर बाहिनीमा रहेको आईसोलेसन कक्षमा र बाँकी दुई जनालाई सिन्धुली अस्पतालमा रहेको आईसोलेसन कक्षमा भर्ना गरी उपचार सुरु गरिएको उहाँले जानकारी दिनुभयो । सिन्धुली जिल्लामा यति धेरै सं क्रमण एकै पटक भेटिएको यो पहिलो पटक भएको उहाँले बताउनुभयो ।
कोरोना सं क्रमण पुष्टि भएकामध्ये नेपाली सेनाका चार जना घर विदामा गई फर्केर क्वारेन्टाईनमा बसेका व्यक्ति हुन । कोरोना सं क्रमित अर्का तीनपाटन गाँउपालिका निवासी पुरुष दुवईबाट आई सदरमुकामस्थित क्वारेन्टाईनमा बसेका व्यक्ति हुन् ।
कोरोना सं क्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको पनि उहाँले बताउनुभयो । व्यवस्थापक श्रेष्ठका अनुसार यो सहित सिन्धुलीमा कोरोना सं क्रमित व्यक्तिको संख्या २० पुगेको उहाँले जानकारी दिनुभयो । सिन्धुली अस्पतालमा अहिले कोरोना सङक्रमित पाँच जनाको आईसोलेसनमा राखेर उपचार भई रहेको छ । सं क्रमित मध्ये सिन्धुली अस्पतालको आईसोलेसनमा उपचार गराएका १० जना उपचारपछि कोरोनालाई जितेर सञ्चो भई घर फर्किसकेका छन ।
यसैबीच कमलामाई नगरपालिका–६ रातमाटाका बासिन्दाले कोरोना भा ईरस सं क्रमणको जोखिम बढ्दै गएकोले कम्तिमा पनि दुई साताका लागि रातमाटा क्षेत्रलाई सि ल गर्न स्थानीय प्रशासनसँग माग गरेका छन् ।
रातमाटाका बासिन्दाको सोमबार विहान भएको छलफलले उक्त माग गरेको स्थानीय ईश्वर बस्नेतले जानकारी दिनुभयो । त्यो बिषयमा वडा अध्यक्ष, राजीनितक दल, पत्रकारसँग कुरा गरी लबिङ गरेको उहाँको भनाई छ ।
त्यस्तै रातमाटास्थित निलकमल हार्डवयर पनि सोमबारदेखि नै अनिश्चित समयका लागि ब न्द भएको छ । हार्डवयर सञ्चालक नारायण कार्कीका बि रामी दाजुलाई आईतबार कोरोना सं क्रमण पुष्टि भएपछि उक्त पसल ब न्द भएको हो ।
स्थानीयका अनुसार कोरोना सं क्रमित बि रामी तीन दिनअघि उपचारका लागि काठमाडाँै जान भनी तराईबाट सिन्धुली आई कार्कीको घरमा बास बसेका थिए । बि रामी दाजुलाई पु¥याउन नारायण कार्की साँगासम्म गएको र बि रामीको उपचारका क्रममा पिसिआर जाँच हुदा आईतबार काठमाठाँैमा कोरोना सं क्रमण पुष्टि भएपछि पसल ब न्द गरिएको हो । पसलमा काम गर्ने सबै अहिले होम क्वारेन्टाईनमा बसेका छन् ।