शनिवार, कार्तिक २८ गते २०८३

Saturday 14th November 2026

सिन्धुलीका यी ठाउँका ६ जनामा कोरोना सं क्र मण

आइतवार , श्रावण २५, २०७७

सिन्धुली– सिन्धुलीमा आज ६ जना कोरोना सं क्र मित थपिएका छन् । साउन २२ गते २२ जनाको स्वाब पठाइएकोमा ६ जनामा कोरोना सं क्र मण देखिएको जनस्वास्थ्य कार्यालय सिन्धुलीका प्रमुख जितेन्द्र शाहले बताउनुभयो ।

कोरोना सं क्र मि तमध्य ४ जना आर्मी रहेका छन् । उनीहरु सिन्धुलीको रानिवासमा रहेको आर्मी व्यारेकमा क्वारेन्टिनमा बस्दै आएको सिन्धुली अस्पतालका व्यवस्थापक विमल श्रेष्ठले जानकारी दिनुभयो । सं क्र मित आर्मीहरु सबै पुरुष हुन् ।सुनसरीका ३५ वर्षिया र २८ वर्षिया पुरुष, दोलखाका ३५ वर्षिया र बर्दिबासको ३३ वर्षिया पुरुष रहेका छन् । त्यसैगरि, तिनपाटन गाउँपालिका–४ को २२ वर्षिया पुरुषमा सं क्र मण देखिएको छ । उनी कमलामाई नगरपालिकाको क्वारेन्टिनमा बस्दै आएका थिए । सर्लाहीका ४८ वर्षिया पुरुषमा पनि कोरोना संक्र म ण देखिएको छ । उनी जिल्ला अस्पताल सिन्धुलीमा कार्यरत कर्मचारीको बुवा भएको खुल्नमा आएको छ ।

प्रतिक्रिया